२०८२ माघ १७

Author: admin

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

शेयर बजार
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (वैशाख २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांशमा अर्थ मन्त्रालयका सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ। ...
विचार ः सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नयाँ लडाइँ

विचार ः सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नयाँ लडाइँ

विचार, विचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ वैशाखमा काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भन्नुभएको थियो, ‘‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको छ ।यो लडाइँमा जनयुद्धको जस्तै साथ चाहिएको छ । विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न सकिदैन । त्यसमा पनि तपाईंहरुको हिजो (जनयुद्ध)को जस्तो साथ सहयोग आवश्यक छ । म तपाईंहरुसँग अपिल गर्न चाहन्छु ।’’ साथै, उहाँले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको उल्लेख गर्दै भन्नुभएको थियो, ‘‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनीहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले ...
विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ

विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ

अर्थतन्त्र
नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को पहिलो सत्र ‘वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानी’मा बोल्ने विज्ञले सरकारले लगानी भित्र्याउनका लागि नीतिगत सुधारका साथै सरकारको सकारात्मक धारणा बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले नेपालमा लगानी ल्याउनका लागि आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै नेपालमा लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्र मुद्रास्फीतिलगायतका समस्याका बाबजुद पनि स्थिर रहेको अर्थतन्त्रमा कैयन समस्या ह...
‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार

‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार

शिक्षा
स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । उक्त पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू गरिएको छ । निर्माण गरिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, संस्कृतिलगायत विविध पक्षको संरक्षण र संवद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग पु¥याउने विश्वास छ । स्थानीय पाठ्यक्रममार्फत बालबालिकामा आफ्नो परिवेशबाट सिक्ने, नजिकको वातावरण, भूगोलसँग सम्बन्धित ज्ञान आर्जन गरुन् भनेर पाठ्यक्रम निर्माण गरिएको स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन समितिका संयोजक टिकेन्द्रराज भट्टले बताउनुभयो । निर्माण गरिएको पाठ्यक्रमका माध्यमबाट बालबालिकाले नजिकको ज्ञान, सीप र अनुभवलाई फराकिलो पार्दै विश्वव्यापी ज्ञानसँग समिश्रण गर्ने सामाजिक मुद्दासँग प...
चलचित्र ‘हल्कारा’ प्रदर्शनमा

चलचित्र ‘हल्कारा’ प्रदर्शनमा

नेपाली चलचित्र
अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो । उहाँले नेपालमा गरिएका सोमार्फत चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको बताउनुभयो । “हामीले देखाउन खोजेको विषयलाई दर्शक बनेर विशेष प्रदर्शनीमा हेर्नुभएकाले महसुस गर्नुभयो । सार्वजनिक प्रदर्शनमा पनि दर्शकको मन जित्नेमा विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ ।” हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको सो चलचित्रमा गाउँको परिस्थिति र...
चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ

चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ

उद्यमशीलता
वर्षमा नौ महिना चौँरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन् । हिमाली भेगका किसानको प्रमुख आयस्रोत चौँरीपालन हो । चौँरीको दूध र छुर्पी बेचेरे नै यहाँका किसानले गुजारा चलाउँदै आएका छन् । खासगरी जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हिमाली भेगका किसान चौँरीपालन गर्दै आएका छन् । जीविकोपार्जनका लागि अन्य स्रोत नभएपछि चौँरीपालन गर्न बाध्य भएको जुगल गाउँपालिका दिपुका म्ङिमालमू शेर्पा बताउनुहुन्छ । सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरूलाई अहिलेसम्म कुनै अनुदान नमिलेको उहाँले गुनासो गर्नुभयो । जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा सरकारले चौँरीपालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौँरीपालन गर्न तयार रहेको बताउनुहुन्छ । “अहिले त जीवन निर्वाहका लागि मात्...
लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

देश, समाचार
बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीनदिने सो मार्ट सुरु भएको हो । लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान दीप प्रज्ज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको मार्टको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एकपटक भए पनि बुुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसङ्ग उल्लेख गर्दै विश्वभरका बौद्धमार्गीहरूले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिनुभयो । बुद्धकालीन अवस्थाबाटै भ्रमण यात्रा सुरु भएको...
कडीपत्ता बेचेर जीवन निर्वाह

कडीपत्ता बेचेर जीवन निर्वाह

उद्यमशीलता
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्ष हुनुभयो । उहाँ डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरी खल्ला झर्नुभएको थियो । जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर बुढाले जीविकोपार्जन गर्दै आइरहनुभएको छ । “छोराहरू स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छु”, उहाँले भन्नुभयो, “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु ।” टुँडिखेलका लोकबहादुर थापाले पनि यसलाई आम्दानीको स्रोत बनाउनुभएको छ । बस्ती नजिकैको वनबाट सङ्कलन गरेर भारतमा बिक्री गर्ने उहाँले यसबाट मनग्य आम्दानी गर्नहुन्छ । “पत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्छौँ, यो काम गर्न थालेको धेरै भयो”, उहाँले भन्नुभयो, “उब्जाउ हुने जमिन छैन, खेतीपाती हँुदैन, यसैबाट रासनको जोहो गर्नुपर्छ ।” चुरे भेगमा पर्ने भीमदत्त नगरपालिका–९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयको आम्दानीको स...
‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’

‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’

देश
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उहाँले वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले वन क्षेत्र विस्तारले सकारात्मक एवं नकारात्मक दुवै असर पारेको चर्चा गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले सामुदायिक वनको माध्मबाट मुलुकमा रोजगारी सिर्जना, राजस्व वृद्धि, उत्पादकत्व वृद्धि, पर्यटन क्षेत्रमा योगदान, वन पैदावरको विकास भएको बताउनुभयो ।साझा सभ्यताको स्रोत एवं सबै समुदालाई जोड्ने भएकाले प्रदेशको नाम रुपमा ‘कोशी’ राखिएको जानकारी दिँदै उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९२ प्रतिशतको मतदान, ...
मुकेशलाई शहीद घोषणा गरिन्छ :मन्त्री मोदी

मुकेशलाई शहीद घोषणा गरिन्छ :मन्त्री मोदी

देश, समाचार
सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो । बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।“ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भन्नुभयो । लोकतन्त्र प्राप्तिमा मुकेशले पु¥याउनुभएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उहाँले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गर्नुभयो । मन्त्री मोदीले भन्नुभयो “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो ।” सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको...