२०८१ जेष्ठ ६

Tag: SYM NETWORK

रास्वपालाई गगनको प्रश्न : सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्दैन ?

रास्वपालाई गगनको प्रश्न : सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्दैन ?

राजनीति
२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने बताएका छन् । तर एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि यस्तै प्रश्न उठ्ने उनले बताए । बुधबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भने, ‘हम करेतो रासलिला, तुम करे तो क्यारेक्टर ढिला !’ पछिल्लो समय यस्तो प्रश्न गर्दा पन्छाउने वा व्यक्तिगत रुपमा लिन थालिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । अदालतको निन्दा किन ? कांग्रेस महामन्त्री थापाले एमाले नेतृत्वमाथि अदालतको निन्दा किन भनेर प्रश्न गरेका छन् । अदालतको फैसला चित्त नबुझ्न सक्ने र त्यो निर्णयको पक्ष र विपक्षमा बहस छलफल हुनसक्ने बताए । तर एमाले नेतृत्वले पछिल्लो समय संसद र सार्वजनिक मञ्चहरुबाट अदालतको निन्दा गर्न थालेको भन्दै उनले भने, ‘स्वतन्त्र न्...
‘छक्कापञ्जा ४’ नेपाल र विदेशी ठूला बजारमा सँगै, पहिलो भाग चीनमा रिलिज गर्ने तयारी

‘छक्कापञ्जा ४’ नेपाल र विदेशी ठूला बजारमा सँगै, पहिलो भाग चीनमा रिलिज गर्ने तयारी

नेपाली चलचित्र
काठमाडौं । ‘छक्कापञ्जा ४’ नेपालसहित विश्वका ठूला बजारमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनबारे जानकारी गराएका हुन् । फागुन १९ गते (मार्च ३) यो फिल्म नेपालसहित अमेरिका, जापान, बेलायत, युरोप र मध्यपूर्वका देशमा रिलिज हुने निर्माता दीपकराज गिरीले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रदर्शनबारे अनलाइनखबरसँग गिरीले भने, ‘सबैजसो ठूला फिल्म बजारमा रिलिज गर्नका लागि सम्बन्धित मुलुकमा चलचित्र जाँचपासको प्रक्रियामा काम भइरहेको छ । नियमित शोमै फिल्म प्रदर्शन हुनेछ ।’ छिमेकी मुलुक भारतमा रिलिजबारे टुंगो भइनसकेको उनले बताए । गिरीले सकेसम्म विश्वभर एकैदिन रिलिजको लागि प्रयत्न हुने बताए । छक्कापञ्जाको चौथो श्रृंखलालाई हेमराज बीसीले निर्देशन गरेका हुन् भने प्रमुख कलाकारमा दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, मलिना जोशी, बेनिशा हम...
भोलि उच्चस्तरीय संयन्त्रको बैठक, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

भोलि उच्चस्तरीय संयन्त्रको बैठक, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

राजनीति
२५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’ राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आ...
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

राजनीति
२३ माघ, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् । नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा द...
कालीगण्डकी किनारमा पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी किनारमा पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

देश
२३ माघ, रामपुर (पाल्पा) । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ । नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् । पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्ध...
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

राजनीति
२३ माघ, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुरुङले बताए । आमचुनाव पछि एमालेको पहिलोपटक बैठक बस्न लागेको हो । ...
सुपरमाई हाइड्रोपावर आईपीओ खुल्यो

सुपरमाई हाइड्रोपावर आईपीओ खुल्यो

शेयर बजार
२३ माघ, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले २३ माघ सोमबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएकेा थियो । जसमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्कासन गरिसकेकेा छ । त्यस्तै २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गर...
नागरिकसँग सरोकार राख्ने विधेयक संसदमा लैजानेबारे गृहकार्य

नागरिकसँग सरोकार राख्ने विधेयक संसदमा लैजानेबारे गृहकार्य

राजनीति
सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा छलफल गर्न आज बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो। व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लगिनेछ। जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो। ...
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राजनीति
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
मधेश प्रदेश सभाको पाँचौ स्थापना दिवस मनाइँदै

मधेश प्रदेश सभाको पाँचौ स्थापना दिवस मनाइँदै

देश, राजनीति
२१ माघ, जनकपुरधाम । मधेश प्रदेश सभाले आज आफ्नो पाँचौ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा आज प्रदेश सभा सचिवालयमा विभिन्न कार्यक्रम आयोजना गरेको ५ । रक्तदान, उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण, केही दिनअघि देखि हुने गरेको खेलकुदको प्रमाणपत्र वितरण, मन्तव्य कार्यक्रम आयोजन गरेर स्थापना दिवस मनाउने क्रम जारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बैठक बसेको थियो । सो अवसरमा पत्येक वर्ष माघ १ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ । ...