२०८१ बैशाख १४

Tag: SYM NETWORK

नागरिकता विधेयकको मस्यौदा पेस

नागरिकता विधेयकको मस्यौदा पेस

देश, समाचार
‘सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेस गरेको छ । अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा आज गृह सचिव विनोदप्रकाश सिंहलाई हस्तान्तरण गर्नुभयो । मस्यौदा हस्तान्तरण कार्यक्रममा श्रेष्ठले नागरिकतासम्बन्धी विद्यमान विवादहरू समाधानका लागि कानुन संशोधन गर्नुपर्ने बताउनुभयो । मस्यौदामा जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता दिने, आमा भएका तर बाबुको पहिचान नभएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने, बाबु र आमाको ठेगान नभएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने, विदेशी पुरुषसँग विवाह गरेकी नेपाली नागरिक महिलाका सन्तानलाई नागरिकता प्रदान गर्ने र नेपाली नागरिक पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता प्रदान गर्नेसम्बन्धी विवाद समाधानका लागि पहल गर्नुपर...
निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

SYM शुद्ध सकारात्मकता
गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आउनुभएको छ । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उहाँले समाजसेवीको रुपमा बिना तलब एम्बुलेन्स चलाउन थाल्नुभएको हो । लामो समयसम्म वैदेशिक रोजगारीमा रहनुभएका वडासदस्य थापा विदेशबाट फर्केपछि पनि आफ्नो सीपअनुसार वडामा सेवा गरिरहनुभएको हो । चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उहाँले जानकारी दिनुभयो । सोही सेवाभावका कारण गत स्थनीय तहको निर्वाचनमा उहाँले नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाउनुभयो । निवार्चित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालक...
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

नेपाली चलचित्र
अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो । सङ्घका अध्यक्ष पुष्कर लामाले यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेफ्टा अवार्ड जेठ १३ गते विधिवत्रूपमा सञ्चालन हुनेछ । अमेरिकामा आयोजना गरिनुको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्नु हो ।” अवार्ड कार्यक्रमका लागि जुरीले २०७९ वैशाखदेखि चैत मसान्तसम्म रिलिज भएका चलचित्र हेर्ने काम सुरु भइसकेको उहाँले बताउनुभयो । चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष भुवन केसीले नेफ्टा अवार्ड कार्यक्रमले अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउन सेतुको काम...
यसरी लेखियो गुलाबीे

यसरी लेखियो गुलाबीे

नेपाली चलचित्र
चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी ः एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उहाँ पारालैङ्गिक महिला देखिनुभएको छ । ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गर्नुभएको देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गर्नुभएको हो । “हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएकी छु । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ”, निर्देशक भट्टले भन्नुभयो, “यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।” निर्माणसम्बन्धी सोच कोभिड–१९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म राहत वितरण गर्न जाने क्रममा नीलह...
निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध

निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध

देश
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताउनुभएको छ । निर्वाचन प्रणाली र व्यवस्थापन प्रक्रियाबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानले गरेको अध्ययनको प्रारम्भिक निष्कर्षको प्रस्तुतिकरण गर्न सिंहदरबारमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकोले त्यसका लागि समयानुकूल परिष्कृत निर्वाचन कानूनको आवश्यकता रहेको औँल्याउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र तथा मौजुदा कानूनमा संशोधन र परिमार्जन गर्नुपर्ने विषय पहिचान गरी राजनीतिक दल तथा अन्य सरोकारवालाको राय सुझावसहित निर्वाचन व्यवस्थापन र सञ्चालन सुझावसहित एकीकृत कानूनको मस्यौदा तयार भइसकेको जनाउनुभयो । ...
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता

देश, समाचार
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा साउदी अरबिया सरकारलाई नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री पौड्यालले साउदी अरबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा श्रम सम्झौता गरेर दक्षजनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । सो अवसरमा राजदूत हैमेदले साउदी अरबियाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गर्नुहुँदै आफ्नो देशमा विकास निर्माणका काम तीव्रगतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाउनुभयो। ...
Industry Minister vows to help grow industrial sector

Industry Minister vows to help grow industrial sector

अर्थतन्त्र, आर्थिक
Minister for Industry, Commerce and Supplies, Damodar Bhandari, has said the government was moving ahead with a determination to transform national challenges into opportunities. He said that the government was serious for the promotion of the industrial sector. During a programme organised by the Kailali Chamber of Commerce in his honour today in Dhangadhi, the Minister said the cooperation from the private sector would be sought to revive some of the sick industries. Bhandari was of the opinion that more areas of industrial potentialities should be explored with a focus on the Sudurapschim Province for new achievements ahead. Stating that prompt service delivery was the priority of the government, the Minister assured that the incumbent government would reflect its dedicat...
‘स्वस्थ पाँचखाल’ सम्झौता

‘स्वस्थ पाँचखाल’ सम्झौता

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन बिहीबार सम्झौता गर्दै नगर प्रमुख महेश खरेल र काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्ल । स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत,साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेलगायत छ बुँदामा सम्झौता गरिएको छ । तस्बिर ः राजकुमार पराजुली÷रासस ...
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

शेयर बजार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अङ्कले उकालो लागेर चार सय १५ दशमलव ४२ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, ५८ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा छ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ५६ लाख ४८ हजार दुई सय १२ कित्ता शेयर रु दुई अर्ब छ करोड २० लाख ५८ हजार सात सय ४९ मूल्यमा कारोबार भएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँज...
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । यसका लागि झण्डै ७० वर्ष लामो सङ्घर्ष गर्नुप¥यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा विमति पनि होलान् तर हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो...