२०८० चैत्र १६

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल




लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री लीला गिरीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिनुहुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


Advertisement


प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार मानिने मुख्य न्यायधिवक्ताले संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको अन्य अधिकारीलाई रायसल्लाह दिनुपर्ने हुन्छ । मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।



रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी निवासी मुख्य न्यायाधिवक्ता पौडेल यसअघि लुम्बिनी प्रदेश सरकारका कानुन आयोगको सदस्य र कानुन कार्यदलको सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र समाजशास्त्र विषयमा स्नात्तकोत्तर गर्नुभएका उहाँले विगत २३ वर्षदेखि कानुन व्यवसायीको रुपमा काम गर्नाका साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुटवल बहुमुखी क्याम्पसमा समाजसास्त्र विषय प्रध्यापन पनि गर्दै आउनुभएको थियो ।

Copy link
Powered by Social Snap