लालबन्दीबाट एक अर्बको तरकारी निकासी
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार आव २०७९÷०८० को साउनमा रु २० करोड दुई लाख, भदौमा रु १८ करोड ८५ लाख ५२ हजार, असोजमा रु २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रु सात करोड १० लाख ६८ हजार, पुसमा रु १७ करोड १५ लाख ८८ हजार र माघमा रु २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन छ ।
चालु आवको सात महिनामा रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिनुभयो । जिल्लाको लालबन्दी, हर...









