‘भूपि पुरस्कार’का लागि कृति आह्वान
धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कविता कृति आह्वान गरिएको छ । प्रतिष्ठानको बैठकले आगामी वर्ष प्रदान गरिने सो पुरस्कारका लागि विसं २०७८ र ०७९ मा प्रकाशित गद्य शैलीका कविता कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले स्रष्टा र साहित्यिक संस्थालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । विसं २०८० को भूपि जयन्तीमा स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । पुरस्कारको राशि रु २५ हजार छ । देशभरबाट प्राप्त हुने कृतिमध्ये निरुपण मण्डलले उत्कृष्टलाई पुरस्कारका लागि छनोट गर्नेछ ।
कवि भूपि शेरचनकै शैली पछ्याएर लेखिएका काव्यकृतिले मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने प्रतिष्ठानका अध्यक्ष रोशनले बताउनुभयो । यसअघि उक्त पुरस्कारबाट साहित्यकार प्राडा सुधा त्रिपाठी, सुकुम शर्मालगायत पुरस्क...









