२०८१ बैशाख ६

विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै




विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो ।


Advertisement


महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफँै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो । तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो ।



विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताउनुभयो । म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र सबै तार व्यवस्थापन गरिसक्ने कोइरालाले जानकारी दिनुभयो ।

Copy link
Powered by Social Snap