२०८२ चैत्र ४

Tag: SYM NETWORK

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

देश, विदेश / एन.आर.एन
कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आउनुभएको छ । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ । “हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भन्नुभयो “बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।” यही मार्च महिनामा अन...
किराँत सङ्ग्रहालयको काम अन्तिम चरणमा

किराँत सङ्ग्रहालयको काम अन्तिम चरणमा

समाचार
Representation Image किराँत राईको बाहुल्यता रहेको भोजपुरमा सङ्ग्रहालयसहितको यलम्बर सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । किराँत राइको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको सङ्ग्रहालय(माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको किराँत राईयायोक्खा भोजपुरका संयोजक दिलमान खिम्दुङ वान्तवा राईले जानकारी दिनुभयो । कोसी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको रू तीन करोड १७ लाख लागतमा भवन निर्माण भइरहेको छ । भोजपुर नगरपालिका–६ देउरालीमा चार रोपनी नौ आना क्षेत्रफलमा निर्माण भइरहेको तीनतले सभाहलको पहिलो तलामा किराँत सङ्ग्रहालय, दोस्रो तलामा पाटी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमाथि २० फिट अग्लो किराँत राईको विभिन्न संस्कारमा प्रयोग हुने चिन्डो(वाबुक) राखिने उहाँले बताउनुभयो । सङ्ग्रहालयलाई विश्वको अनुसन्धान केन्द्रकारु...
लेकसाइडमा रङमा रमाए पर्यटक

लेकसाइडमा रङमा रमाए पर्यटक

समाचार
पोखरा, २२ फागुन ९रासस० ः नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए । होलीको रङसँगै रमाइरहनुभएका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताउनुभयो । “निकै खुसी लागेको छ, पोखरामा आएर रङसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुसी देखेको ...
डोटीका ३२ विद्यालयलाई वाइफाइ डिभाइस

डोटीका ३२ विद्यालयलाई वाइफाइ डिभाइस

SYM शुद्ध सकारात्मकता
डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताउनुभयो । उहाँले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषय वस्तुको बारेमा जानकारी गराउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । बडीकेदार गाउँपािलकाअन्तर्गत ३२ वटा आधारभूत र नौ वटा माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय छन् । पालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पहिल...
छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

देश
धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो । गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “धान उत्पादनमा केही भए पनि लागत घटाउने उद्देश्यले प्रविधिको प्रयोग गरेर परीक्षण खेती सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “परिणाम कस्तो आउँछ ? त्यो हेर्न बाँकी छ ।” अहिलेकै अवस्था हुने हो भने कृषकले धानखेती गर्न छाड्ने उहाँको भनाइ छ । उत्पादनमा उच्च लगानी र मूल्य नपाउँदा किसानले आफूले खाने मात्र धान उत्पादन गर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । छरुवा धान खेतीको प्रविधिबाट किसानको ब्याड बनाउने, बीउ उखेल्ने र रोप्ने खर्च बच्ने जनाइएको छ । यो प्रविध...
काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ

काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ

समाचार
होली पर्वलाई मध्यनजर गरी आज काठमाडाँै उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँले इच्छाविपरीत कसैलाई रङ ...
बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

SYM शुद्ध सकारात्मकता, शिक्षा
OLYMPUS DIGITAL CAMERA काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीतिअनुसार गाउँपालिकाले उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पू्रा भई १३ वर्ष ननाघेका बालबालिका समेट्ने छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षकमार्फत शिक्षा दिइने बताउनुभयो । कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने तथा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिनेछ । साथै सूचक बनाएर टोली खटाइने योजना बनाइएको छ । वडा स्तरमा जनप्रतिनिधि (वडा सद...
आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

अर्थतन्त्र, देश
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताउनुभयो । मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उल्लेख गरिएको उहाँले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्व र विशेषतालाई प्रवद्र्धनका लागि उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त...
होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

देश, विचार
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताउनुभएको छ । होलीका अवसरमा शुुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।” होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्वद्र्धन गर्नसके राष्ट्रिय गौरवको धरोहर जगेर्ना हुने उहाँले विश्वास व्यक्त, गर्नुभयो । होलीलाई खुसी र सद्भावको पर्वका रुपमा मनाउनुपर्नेमा प्रमुख शर्माको जोड छ । “फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढङ्गबाट हामीले मनाउनुपर्दछ”, प्रमुख शर्माले भन्नुभयो । ...
राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

राजनीति
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफ...