व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार
काठमाडौँ, २० फागुन (रासस) : प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –३, हैबुङमा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म ।
दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पु¥याउनुभएको छ । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ । फार्ममा माछापालनलाई कृत्रिम तथा प्राकृतिक १६ जलाशय र ह्याचरीलाई साना १४ पोखरी छन् । प्रोटिन बढी हुने यस किसिमका माछालाई आवश्यक पर्ने चारा तथा दाना बनाउने व्यवस्था फार्ममा गरिन्छ...









