राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान
राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उहाँले केहीबेर अघि मतदान गर्नुभएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताउनुभयो । उहाँले निर्वाचित भएमा जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिने छैन । सडकमा सवारी जाम तथा हवाई यात्राका क्रममा आकाशमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुने छैन । जनतालाई सास्ती हैन, अभिभावकको महसुस गराउनेछु ।”
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै ...









