२०८१ बैशाख १४

प्रदर्शनीमा निःशुल्क स्वास्थ्य सेवा




घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा निःशुल्क स्वास्थ्य सेवा लिनेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।


Advertisement


कक्ष नं २ मा बिएस डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक प्राली र जय माता दि सेनेटरी उद्योग प्रालीले नियमित स्वास्थ्य सेवा प्रदान गरिरहेका आयोजक मूल समितिले जानकारी दिएको छ । प्रदर्शनीको स्वास्थ्य कक्षबाट हालसम्म १० हजार बढी मास्क, एक हजार बढी स्यानेटरी प्याड निःशुल्क वितरण र एक सय ६१ जनाको रगत जाँच गरिएको आयोजक मूल समितिका संंयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।



उहाँका अनुसार एमबिबिएस एमडी इन्टरनेशनल मेडिसिन कन्सल्टेन्ट फिजिसियन डा प्रकाश सुवेदीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हालसम्म चारसय ४५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि पनि निःशुल्करुपमा प्रदान गरिएको छ ।

–––

Copy link
Powered by Social Snap