डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण
वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ ।
प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गर्नुभयो ।
पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ ।
पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको छ । चार सय ५२ पृष्...









