युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताउनुभएको छ ।
नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताउनुभयो ।
“विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ”, कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ ।
मुलुकमा भ्रष्टाचार, कुशासन र महँगी अनियन्त्रित भएकाले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै नेता कोइरालाले अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत...








