विकासमा सबैकाे अधिकार सुनिश्चित गर्न गैसस महासङ्घको माग
गैरसरकारी संस्था महासङ्घ नेपालले विपद् जोखिम न्यूनीकरणका लागि भूउपयोग र सुरक्षित बसोबास योजना ल्याउन तथा विपद् व्यवस्थापन संयन्त्रको सही परिचालन गर्न माग गरेको छ ।
यही चैत २३ र २४ सम्म चलेको महासङ्घको राष्ट्रिय नागरिक सम्मेलनले १९ बुँदे ‘नागरिक सम्मेलन घोषणापत्र’ जारी गर्दै सुरक्षित सडक सञ्जाल निर्माण एवं जलवायु न्याय कार्यमार्फत विपद् उत्थानशील राष्ट्र निर्माण हुनेगरी सरोकारवालासँग सहकार्य गर्न माग गरेको हो ।
महासङ्घले जलवायु परिवर्तनको असरस्वरुप देशका विभिन्न भूभाग बाढी, पहिरो, डुबान, कटानका कारण उच्च जोखिममा रहेको र ठूलो क्षति व्यहोर्नु परेको जनाएको छ । घोषणापत्रमा दिगो विकास लक्ष्यको मर्मलाई आतमसात् गर्दै सबै सरोकारवालासँगको सहभागितामा कार्यान्वयनको योजना निर्माण गरी स्थानीयकरण गर्न र हासिल भएका उपलब्धिलाई एकीकृत तथ्याङ्ककीकरण प्रणाली विकास गरी विकासमा सबैको अधिकार सुन...









