भलिबलको उपाधि एपिएफलाई
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
प्रतियोगितामा उपाधि हात पारेसँगै एपिएफले रु दुई लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता त्रिभुवन आर्मी क्लबले रु एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ‘बेष्ट अफ फाइभ’मा खेलाइएको खेलमा एपिएफले आर्मीमाथि पहिलो सेटमा २५–२०, दोस्रो सेटमा १७–२५, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २९–२७ को जित निकाल्दै उपाधि हासिल ग¥यो ।
चौथो राउण्डमा निकै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको त्रिभुवन आर्मी एपिएफको सामाना गर्न सकेन् र उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल टोलीले तृतीय स्थान ह...









