२०८१ बैशाख १३

Tag: death

सिन्धुली बोलेरो दुर्घटना : एक महिलाको मृत्यु

सिन्धुली बोलेरो दुर्घटना : एक महिलाको मृत्यु

देश, समाचार, सामाजिक
सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । Advertisement दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय  पृथ्वीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए । घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धु...
तीन सातामा चार जना मजदुरको  मृत्यु

तीन सातामा चार जना मजदुरको मृत्यु

देश, समाचार, सामाजिक
भक्तपुर । भक्तपुरमा केही दिनयता लगातार मजदूरहरुको मृत्यु भइरहेको छ । निर्माण तथा विद्युतीय क्षेत्रमा काम गर्नेसहित तीन सातामा ४ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।  आइतबार दिउँसो भक्तपुर नगरपालिका–२, कालोपाटीमा निमार्णाधीन घरमा इट्टाको गाह्रो लगाउँदै गर्दा एक मजदूरको लडेर मृत्यु भयो ।  Advertisement पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा महोत्तरी बर्दिबास घर भई हाल सुर्यविनायक नगरपालिका- ५ कटुन्जे बस्ने ३५ वर्षका डम्बर मगर काम गर्ने क्रममा खस्न पुगे । पाँच तला माथिबाट लडी भुइँ तलामा बजारिँदा गम्भिर घाइते भएका मगरलाई तत्कालै स्थानीयहरुको सहयोगमा उपचारका लागी डा.इवामुरा अस्पताल भक्तपुर लगियो । उपचारकै क्रममा आज करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । यसबारेमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधि...
पोखराका अस्पतालमा चरम लापरबाही :आलटालमा बिरामी को मृत्यु

पोखराका अस्पतालमा चरम लापरबाही :आलटालमा बिरामी को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । देशकै सुविधा सम्पन्न सहर पोखराका अस्पतालमा घुम्दाघुम्दै उपचार नपाएर एक सर्वसाधारणको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ३ काँडेमा बसोबास गर्दै आएका राजेश कार्कीको अस्पतालमा घुम्दाघुम्दै बुधबार राती ज्यान गएको हो । अस्पताल पुगेका कार्कीको अस्पतालले भर्ना लिन नमान्दा ज्यान गएको उनका आफन्तहरुले आरोप लगाएका छन् । ललिपुर स्थायी ठेगाना भएका कार्की पछिल्लो समय अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ काँडेमा बसोबास गर्दै आएका थिए । पेशाले ट्रक चालक रहेका कार्कीलाई बुधबार बेलुका श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा मेट्रोसिटी अस्पतालमा पुर्याइएका कार्कीलाई अस्पतालले भर्ना लिन नमानेका मृतकका आफन्तहरुले बताएका छन् । मेट्रोसिटीले भर्ना लिन नमानेपछि उनका आफन्तले लेकसिटी अस्पताल पुर्याए । ‘मणिपालमै लग्ने भनेका थियौं । दिदीले मेट्रोसिट...
८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु : गोरखा अस्पताल

८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु : गोरखा अस्पताल

देश, समाचार, सामाजिक, स्वास्थ्य
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।  Advertisement फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि  अस्पतालको सघन उपचार कक्षमा  भर्ना गरिएको  अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।  ...
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको निधन

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको गएराति निधन भएको छ । नगरप्रमुख अशोककुमार मण्डलका अनुसार वडा नं. ७ का वडा सदस्य मोहम्मद हासिम अंसारीको निधन भएको हो । Advertisement १५/२० दिन अगाडि अचानक श्वासप्रश्वासमा गडबडी भई दम बढेर  सिकिस्त बिरामी भएर भारत बिहारको सीतामढीमा उपचार गराउन गएका वडा सदस्य अंसारीको गएराति निधन भएको हो । वडासदस्य अन्सारीको निधनले नगरपालिकालाई ठूलो क्षति भएको तथा सम्पूर्ण नगरपालिका स्तब्ध भएको मेयर मण्डलले आज जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ । तत्कालिन माओवादी केन्द्रबाट उनी निर्वाचित भएका हुन् ।  साभार: रातोपाटी ...
दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी गए राति अरनिको राजमार्गखण्डअन्तर्गत  सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो ।  Advertisement भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । ...
मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतिको मृत्यु

मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतिको मृत्यु

देश, समाचार, सामाजिक
साभार: रातोपाटी हेटौंडा । मकवानपुर  जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको  छ ।   मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीले जानकारी दिए । Advertisement उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको  थियो ।  केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।  ...
रोल्पामा गोठ भत्किँदा दुई बालकको मृत्यु, आमा र हजुरआमा  घाइते

रोल्पामा गोठ भत्किँदा दुई बालकको मृत्यु, आमा र हजुरआमा घाइते

देश, समाचार
साभार: सेतोपाटी रोल्पामा गोठ भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्। जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ आपे निवासी ८ वर्षीय अमर घर्ती र ११ वर्षीय युवराज घर्तीको मृत्यु भएको छ। Advertisement गएराति साढे १२ बजे गोठ भत्किँदा उनीहरूकी ३० वर्षीया आमा ननकली घर्ती मगर र ५० वर्षीया हजुर आमा च्यापिएर घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए। घाइतेहरूलाई अस्पताल ल्याउन लागिएको प्रहरी निरिक्षक खड्काले बताए। ...
धरानमा सिरहाका संक्रमितको मृत्यु

धरानमा सिरहाका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १३ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । Advertisement ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । ...
हृदयघातबाट वडाध्यक्षको मृत्यु, अस्पताल पुगे पनि बेड पाएनन्

हृदयघातबाट वडाध्यक्षको मृत्यु, अस्पताल पुगे पनि बेड पाएनन्

समाचार
साभार: सेतोपाटी सुनसरीको कोसी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ। घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए। उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्‍याइए पनि कोरोना भाइरसका कारण अस्पतालहरूमा भेन्टिलेटर र अक्सिजन बेड अभावका भएपछि उनलाइ झापाको बिएण्डसी अस्पताल पुर्‍याइएको थियो। समयमै उपचार सम्भव नभएकै कारण उनको ज्यान गएको अन्सारीले बताए। ...