२०८१ बैशाख ८

रोल्पामा गोठ भत्किँदा दुई बालकको मृत्यु, आमा र हजुरआमा घाइते

साभार: सेतोपाटी

रोल्पामा गोठ भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।

जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ आपे निवासी ८ वर्षीय अमर घर्ती र ११ वर्षीय युवराज घर्तीको मृत्यु भएको छ।


Advertisement


गएराति साढे १२ बजे गोठ भत्किँदा उनीहरूकी ३० वर्षीया आमा ननकली घर्ती मगर र ५० वर्षीया हजुर आमा च्यापिएर घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए।

घाइतेहरूलाई अस्पताल ल्याउन लागिएको प्रहरी निरिक्षक खड्काले बताए।

Copy link
Powered by Social Snap