२०८१ बैशाख ७

Tag: covid-19 nepal

नेपालका ८१ प्रतिशत बिरामी कोरोनामुक्त

नेपालका ८१ प्रतिशत बिरामी कोरोनामुक्त

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।  वितेको २४ घन्टामा १० हजार ४२३ नमूना परीक्षणमा एक हजार ६७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् ।  यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको छ ।  Advertisement पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८८७ पुरुष र ६२५ महिलासहित एक हजार ५१२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४९४, प्रदेश २ ७७, बागमती एक हजार ६९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ सङ्क्रमित थपिएका छन् ।  ३५ हजार ४३५ सक्रिय सङ्क्रमित छन् । ती मध्ये ३६५ को आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछि...
देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितको २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।  Advertisement यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घघण्टामा १७ जनाले ज्यान गुमाएका छन् ।  आज १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । यस्तै हाल देशभर ११४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मना...
काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

काँग्रेसका पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
काठमाडौं । नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना सक्रमणपछि बडु, पाण्डे, परियार, यादव, सिद्दिकी र घिमिरेला होम आइसोलेसनमा बसेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणमा उनीमा कोरोना संक्रमण देखिएको हो । Advertisement शुक्रबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठकका लागि केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीयको कोरोना परीक्षण गरिएको थियो । पार्टी विवाद समाधान नहुँदा र केन्द्रीय सदस्यमा कोरोना देखिएपछि २४ गतेका ल...
कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु : बुटवल

कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । बुटवलको कोरोना विषेश असपतालमा थप एक पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका वाड नं. १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलका आज मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा.बिष्णु गौतमले रातोपाटीलाई बताए । Advertisement कार्तिक ११ गते कोरोना संक्रमण पुष्टी भएपछि १२ गते अस्पताल भर्ना भएका उनको कोरोना अस्पताल भर्ना गरिएको हो । संक्रमित पुरुष मधुमेह, उच्च रक्तचाप र पित्तथैलीको दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ । योसँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ र लुम्बिनी प्रदेशमा १९१ पुगेको  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साभार: रातोपाटी ...
५३ जना कोरोना संक्रमित थपिए : कर्णाली

५३ जना कोरोना संक्रमित थपिए : कर्णाली

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगसालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार ५३ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये सुर्खेतका मात्रै ४० जना रहेका छन । जसमध्य थुनुवा र व्यपारी पाँच/पाँचजना, कर्मचारी ६ जना, विद्यार्थी दुईजना, नेपाल आर्मी, स्वास्थ्यकर्मी, सवारी चालक र शिक्षक एक/एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । Advertisement त्यस्तै दैलेखका आठजना, जाजरकोट, कालिकोट र जुम्लाका एक/एकजना र अन्य प्रदेशका दुईजना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार ५७ पुगेको छ । महाशाखाको पछिल्लो...
थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । Advertisement नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् । Credit: OnlineKhabar ...
काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । संक्रमितमा ५६९ महिलार ७८८ पुरुष रहेका छन् ।  यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा देशभर भने २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।  Advertisement यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३...
कोरोना सङ्क्रमणबाट  इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । Advertisement श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । साभार: रातोपाटी ...
थप २२२५ जनामा कोरोना संक्रमण

थप २२२५ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, काठमाडौं । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । Credit: OnlineKhabar ...
आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

देश, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उनले भने, “शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।” अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा.राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आइ...