राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने-गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे।
Advertisement
सम्झौता अनुसार सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी सेवा, २४ सै घण्टा रक्तसंचार सेवा, २४ सै घण्टा फार्मेसी सेवा, २४ सै घण्टा रेडियोलोजी-इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), २४ सै घण्टा प्याथोलोजी ल्य...









