युरो २०२० : रोनाल्डोलाई गोल्डेन बुट, को बने सर्वोत्कृष्ट खेलाडी?
युरो २०२० को सर्वोत्कृष्ट खेलाडी इटालीका गोलकिपर जियानलुगी डोन्नरुम्मा घोषित भएका छन्।
इंग्ल्यान्डविरुद्धको फाइनल भिडन्तमा उत्कृष्ट प्रदर्शन गरेका डोन्नरुम्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
Advertisement
पेनाल्टी सुटआउटमा पुगेको फाइनल खेलमा उनले इंग्ल्यान्डका जाडोन साञ्चो र बुकायो साकाको पेनाल्टी रोकेका थिए।
जससँगै इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गरेको थियो।
डोन्नरुम्माले प्रतियोगिताभर तीन क्लिनसिट राखेका थिए।
प्रतियोगितामा स्पेनका मिडफिल्डर पेड्रीले उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए।
१८ वर्षीया पेड्री प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। युरो अघि उनले स्पेनिस टिमबाट चार खेल मात्र खेलेका थिए।
यता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट पाए। उनले प्रतियोगिताभर पाँच गोल गरेका थ...









