२०८३ आश्विन १३

नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले आगामी महिना काठमाडौंमा भारतको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

काठमाडौको दशरथ रंगशालामा भदौं १७ र २० गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।


Advertisement


गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसंग मैत्रीपूर्ण खेल खेल्नको लागि पत्रचार भईरहेकाले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागी गर्ने निर्णय गरेको थियो।

भारतलाई आमन्त्रण गरेर घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्न चाहेको  भन्दै एन्फाले सोही अनुसार नेपालले भारतलाईनै नेपालमा बोलाएर मैत्रीपूर्ण फुटबल खेल्न लागिएको बताएको छ।

दुबै टोली  साफ च्याम्पियनसिपको तयारीमा रहेका छन्। प्रतियोगिता अक्टोबरमा हुने भने पनि हालसम्म आयोजकको टुंगो लागेको छैन। यसका लागि नेपालले आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ। साफले अर्को साता हुने बैठकमा नेपाल वा माल्दिभ्समध्य एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिनसक्नेछ।

क्र.सं.मितिभारतगोलनेपालगोलप्रतियोगितानतिजा
१२० डिसेम्बर १९८५भारत०नेपाल०साफ गेमबराबर
२२१ डिसेम्बर १९८५भारत२नेपाल०साफ गेमहार
३३० नोभेम्बर १९८७भारत१नेपाल०साफ गेमहार
४२६ अक्टोबर १९८९भारत२नेपाल१साफ गेमहार
५२१ जुलाई १९९३भारत१नेपाल०साफ च्याम्पिनसिपहार
६१८ डिसेम्बर १९९३भारत२नेपाल२साफ गेमहार
७२२ डिसेम्बर १९९३भारत३नेपाल४मैत्रीपूर्णजित
८५ डिसेम्बर १९९८भारत१नेपाल०एसियन गेम्सहार
९३० सेप्टेम्बर १९९९भारत०नेपाल४सागजित
१०८ डिसेम्बर २००५भारत२नेपाल१साफ च्याम्पिनसिपहार
११३ जुन २००८भारत४नेपाल०साफ च्याम्पिनसिपहार
१२७ डिसेम्बर २००९भारत१नेपाल०साफ च्याम्पिनसिपहार
१३२८ अगस्ट २०१२भारत०नेपाल०मैत्रीपूर्णबराबर
१४५ सेप्टेम्बर २०१२भारत२नेपाल१साफ च्याम्पिनसिपहार
१५१९ नोभेम्बर २०१३भारत२नेपाल०मैत्रीपूर्णहार
१६१२ मार्च २०१५भारत२नेपाल०विश्वकप छनोटहार
१७१७ मार्च २०१५भारत०नेपाल०विश्वकप छनोटबराबर
१८२७ डिसेम्बर २०१५भारत४नेपाल१साफ च्याम्पिनसिपहार
१९६ जुन २०१७भारत२नेपाल०मैत्रीपूर्ण हार
Copy link
Powered by Social Snap