२०८१ बैशाख ८

साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित

साफ च्याम्पियनसिप २०२१ मा माल्दिभ्सले पहिलो जित हात पारेको छ।


Advertisement


बिहीबार राति भएको खेलमा आयोजक माल्दिभ्सले बंगलादेशलाई २-० गोलले पराजित गरेको हो।

माल्दिभ्सका लागि हाज्मा मोमहदले ५५ मिनेटमा पहिलो गोल गरे।

७४ मिनेटमा अली अस्फाकले माल्दिभ्सको अग्रता दोब्बर पारे। अस्फाकले पेनाल्टीमार्फत गोल गरेका हुन्।

साफको अंक तालिकामा लगातार दुई जित निकालेको नेपाल ६ अंक जोड्दै शीर्ष स्थानमा छ।

दोस्रो स्थानको बंगलादेशको ३ खेलबाट ४ अंक छ। आयोजक माल्दिभ्स २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा छ।

भारत २ अंकसहित चौथो र पुछारको श्रीलंका १ अंक छ।

Copy link
Powered by Social Snap