२०८२ मंसिर २५

सामाजिक

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् । Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए । यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको थियो । डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ । Credit: OnlineKhabar ...
दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु, अन्य दुई घाइते

दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु, अन्य दुई घाइते

देश, समाचार, सामाजिक
सप्तरीमा आज साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । Advertisement मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । यादव प्रदेश नं २–०१–००१ प ९५५६ नंको मोटरसाइकल र चौधरी स.११ प ४०३८ नंको मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । उनीहरूको उ...
बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।   Advertisement भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ । बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । साभार: रातोपाटी ...
अत्तरखेलमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

अत्तरखेलमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

देश, समाचार, सामाजिक
' गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाई बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । Advertisement सिन्धुपाल्चोक जलबिरे स्थायी घर भई हाल माकलबारी बस्ने वर्ष २४ वर्षीय चालक कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए । साभार: रातोपाटी ...
भीमफेदी कारागारमा ३५५ कैदी बन्दीमा कोरोना संक्रमण

भीमफेदी कारागारमा ३५५ कैदी बन्दीमा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ साउन, काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राममान थिङले जानकारी दिए । संक्रमित कैदीबन्दीलाई स्वास्थ सुरक्षाको मापदण्ड अनुसार आइसोलेसनमा राखेको जेलर नारायण पाण्डेले बताए । ‘संक्रमण देखिएकाहरुलाई प्रोटिनयुक्त खानेकुराको व्यवस्थापन गरिएको पनि उनले बताए । Credit: OnlineKhabar ...
महोत्तरीमा बालकको शव भेटियो, बाबुआमा पक्राउ

महोत्तरीमा बालकको शव भेटियो, बाबुआमा पक्राउ

देश, समाचार, सामाजिक
१४ साउन, जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । Advertisement बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बुवा र सौतेनी आमा पक्राउ स्थानीयलाई उधृत गर्दै प्रहरीले जानकारी दिए अनुसार बालक आफ्ना सौतेनी आमासँगै बुधबार साँझ निस्केका थिए । तर, राति अबेरसम्म घर नआउँदा बालकको खोजी शुरु भएको थियो । खोजी गर्ने क्रममा बालकको शव फेला परेको डीएसपी विष्टल...
झापामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु

झापामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो । Advertisement कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चापागाईँले बताए । झापामा कोरोना सङ्क्...
गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा थप ६२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०७ जनाको नमुना परीक्षण गरिएकामा ६२५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९० महिला र ३३५ जना पुरुष रहेका छन् । Advertisement प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की २५५, बागलुङ ६३, स्याङ्जा ५०, म्यादी ३२, पर्वत २१, गोरखा ४७, लमजुङ २०, तनहुँमा ६० र नवलपुरमा ७७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार २८९ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१७ का ७९ वर्षीय ...
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए । Advertisement गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाही...
मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या

देश, समाचार, सामाजिक
मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । फुटबल खेल्ने क्रममा भएको विवादको रिसिबीका साँधेर भएको छुरा प्रहारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएकोमा आज दिउँसो उनीमाथि छुरा प्रहार भएको थियो । दिउँसो १ः १५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुर्याइएको थियो । तर झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका चिकित्सकले उनलाई अस्पताल पुर्याउने बित्तिकै मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए । Advertisement प्रहरीका अनुसार  स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला ६–७ जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छुरा...