२०८३ असार ११

सामाजिक

सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञामा कडाइ

सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञामा कडाइ

देश, समाचार, सामाजिक, स्वास्थ्य
बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।  Advertisement बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक, सहकारी, बीमा तथा वित्तीय संस्था, शैक्षिक संस्था र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।  बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिने भएको छ । जिल...
महाकाली तुइन घटना : छानबिन टोलीद्वारा बैतडीमा छलफल

महाकाली तुइन घटना : छानबिन टोलीद्वारा बैतडीमा छलफल

देश, समाचार, सामाजिक
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज बैतडीमा छलफल गरेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित उक्त टोलीले बैतडीका सुरक्षा अधिकारीसँग छलफल गरेको हो ।  बेपत्ता रहेका जयसिंहको खोजतलास गर्ने विषयमा छलफल भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।  Advertisement यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । बेपत्ता भएको १२ दिनसम्म पनि उनको अवस्था अज्ञात रहेकाले खोजतलासमा तीव्रता दिने विषयमा छलफल भएको बताइएको छ । महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने गर्दछ ।  टोलीले बैतडीको महाकाली नदी किनार झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो । उनले भने, “अन द स्पट गृहको टोली खोजी गर्न झुलाघाट क्षेत्रमा पुग्यो, भेट्टिएनन् ।” बैतडीम...
ह्वात्तै बढ्यो संक्रमण, २४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि

ह्वात्तै बढ्यो संक्रमण, २४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
Coronavirus attacks the human lungs. Respiratory infection causing pneumonia and lung disease. Vector illustration in realistic 3D style. बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।  मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् ।  Advertisement यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये हालसम्म ६ लाख ७३ ...
मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त, प्रहरीसँगको झडपमा ७ विद्यार्थी घाइते

मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त, प्रहरीसँगको झडपमा ७ विद्यार्थी घाइते

शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
 मध्यपश्चिम विश्वविद्यालय  तनावग्रस्त बनेको छ।  आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच मंगलबार साँझ झडप हुँदा अखिल (क्रान्तिकारी)मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायतका ७ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । यसैगरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   Advertisement विद्यार्थी नेतृ तिर्सना हमालका अनुसार घाइते हुनेमा राज पौडेल, टिआर शर्मा, झक्क शाही, गोविन्द सभापतिजी लगायतका छन् । यसैगरी दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत,गोविन्द सिजापती, तेज बहादुर बम,रोशन मिश्र, सन्देश थापासहित नौ जनालाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए ।  झडप के–कसरी भयो भन्ने विषयमा भने उनले खुलाउन चाहेनन् । घाइतेहरुको हाल प्रदेश अस्पताल सुर...
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन

परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन

देश, शिक्षा, समाचार, सामाजिक
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए ।  Advertisement उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए ।  विद्यार्थी प्रनिशा बानियाँले अहिले जारी रहेको परीक्षा कुनै स्वास्थ्य मापदण्ड पालना बिनै सञ्चालन गरिएको भन्दै तत्काल भौतिक रुपमा लिइने परीक्षा स्थगित भरेर वैकल्पिक माध्यम अपनाउन माग गरिन् ।  कोरोना कहरका बीच परीक्षा सञ्चालन गरिएको भन्दै ट्वीटरमा #क्यान्सिलटीयूएक्जाम ट्रेन्डिङ मै परेको छ । साभार: रातोपाटी ...
मलेसियामा कोरोनाका कारण फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

मलेसियामा कोरोनाका कारण फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ ।  सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  Advertisement मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए । तीमध्ये १० जना बाहिरबाट सरेर सङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको पनि उनले बताए ।  मलेसियामा कोरोनाभाइरसबाट अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या १२ लाख ६२ हजार ५४० पुगेको छ । सङ्क्रमितमध्ये १७ हजार ५५ जना भने पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका छन् । एकैदिनमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमु...
काठमाडौँ उपत्यकामा थप ९५१ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ९५१ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
गएको २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र देशभर दुई हजार ५४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  Advertisement काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोराना सङ्क्रमण पुष्टि भएको हो ।  थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  देशभर भने दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साभार: रातोपाटी ...
झापामा लागु औषधसहित दुई व्यक्ति पक्राउ

झापामा लागु औषधसहित दुई व्यक्ति पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापामा प्रतिबन्धित लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । भारतबाट अवैध लागुऔषधसहित नेपालतर्फ आउने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बंगाल प्रदेश तोपडाँडा घर भई हाल किशनजंग जिल्ला ठाकुरजंग बस्ने २८ वर्षीय श्रवण राय र झापा भद्रपुर नगरपालिका ३ बस्ने २४ वर्षीय खेमराज कुँवर रहेका छन् । Advertisement उनीहरुको साथबाट इस्कुफ ३ बोतल, नाइट्रोसुन ट्याब्लेट १० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र उनीहरुमाथि आइतबार झापा जिल्ला अदालतबाट म्याद थप लिई थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

देश, समाचार, सामाजिक
उदयपुरगढी गाउँपालिका–७ मा आज दिउँसो जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी–५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  Advertisement मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी–७ को जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि मृतक महिला र अन्य तीनजना मोटरसाइकलमा सवार भएर कटारीबाट आज उदयपुरगढी आएको प्रहरीले जनाएको छ ।  दिउँसो बढी गर्मी भएका कारण मृतक महिला उदयपुरगढीको अँधेरी झर्ना घुम्न आउने व्यक्तिले रोकिराखेको प्रदेश नं २–०१०–१त०५६० नम्बरको अटोको सिटमा केही समयका लागि ...
काठमाडौंमा खैरो हिरोइनसहित दुई जना पक्राउ

काठमाडौंमा खैरो हिरोइनसहित दुई जना पक्राउ

देश, समाचार, सामाजिक
२३ साउन, काठमाडौं । काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् । Advertisement प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । Credit: OnlineKhabar ...