२०८१ बैशाख १६

मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त, प्रहरीसँगको झडपमा ७ विद्यार्थी घाइते

 मध्यपश्चिम विश्वविद्यालय  तनावग्रस्त बनेको छ।  आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच मंगलबार साँझ झडप हुँदा अखिल (क्रान्तिकारी)मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायतका ७ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । यसैगरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  


Advertisement


विद्यार्थी नेतृ तिर्सना हमालका अनुसार घाइते हुनेमा राज पौडेल, टिआर शर्मा, झक्क शाही, गोविन्द सभापतिजी लगायतका छन् ।

यसैगरी दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत,गोविन्द सिजापती, तेज बहादुर बम,रोशन मिश्र, सन्देश थापासहित नौ जनालाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए । 

झडप के–कसरी भयो भन्ने विषयमा भने उनले खुलाउन चाहेनन् । घाइतेहरुको हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । 

विद्यार्थी नेता राज पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।  विद्यार्थी संगठनले भने गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ भने अहिले विश्वविद्यालयमा आन्दोलन चर्किरहेको छ। 

संयुक्त विद्यार्थी संगठनले  साउन तीन गतेदेखि विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ  । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap