२०८३ असार ११

सामाजिक

कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कर्णाली प्रदेशमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ४४ र २१७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।  Advertisement जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै रुकुम पश्चिममा २३, कालिकोटमा ८, सल्यानमा ७, मुगुमा ४, हुम्लामा ३ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।  यस्तै शुक्रबार ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या शुक्रबार बढेर पुन ९०२ मा उक्लिएको छ । बिहीबार संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्यामा केह...
नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव

नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव

देश, समाचार, सामाजिक, स्वास्थ्य
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका थिए । Advertisement उनीहरुको दुवैको शव फरक–फरक ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित त्रिवेणीबाट श्रीमती बगेपछि श्रीमान बचाउन नदीमा पसेका थिए । नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि दुवैको शव फेला परेको हो । ...
स्थानीय तहमा पठाइएका ३४ कर्मचारीलाई संघमा समायोजन गर्न सर्वोच्चको अन्तरिम आदेश

स्थानीय तहमा पठाइएका ३४ कर्मचारीलाई संघमा समायोजन गर्न सर्वोच्चको अन्तरिम आदेश

देश, समाचार, सामाजिक, स्वास्थ्य
संघमा दरबन्दी हुँदाहुँदै स्थानिय निकायमा पठाइएका कर्मचारीलाई संघमै समायोजन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालले सो आदेश गरेका हुन् । संघ रोजेकालाई दरबन्दी हुँदाहुँदै स्थानीय निकायमा समायोजनमा पठाइएका ३४ जना कर्मचारीलाई अदालतले संघमै समायोजन गर्न भनेको छ ।  Advertisement संघमा कार्यरत कर्मचारीले २०७५ मा समायोजन गर्दा ‘संघमा बस्न पाउँ’ भनेर निवेदन दिएका थिए । तर, सरकारले उनिहरुलाई दरबन्दी नभएको भन्दै स्थानिय निकायमा समायोजन गरेको थियो । पछि, २०७६ मंसिर र २०७७ मंसिरमा समायोजन भएपछि रिक्त पदमा विज्ञापन प्रकाशन गरिएको थियो । विज्ञापन प्रकाशनपछि ३४ जना कर्मचारी ‘हामीले संघ रोजेका थियौं स्थानिय तहमा पठाएर हाम्रो अधिकार हनन भयो’ भन्दै अदालत गएका थिए ।  सर्वोच्चको आदेशमा भनिएको छ– ‘मुद्दाको अन...
थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु

थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ७९८ पुगेको छ । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा , ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा २ हजार ११८ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजा...
अलैंचीमा डढुवा लाग्यो, किसान चिन्तित

अलैंचीमा डढुवा लाग्यो, किसान चिन्तित

देश, समाचार, सामाजिक
बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् । धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा समेत मासिने गरी रोग लागेको हो । बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ ।  जैमिनी–२ र ३ मा गरी अलैँचीका दुई वटा पकेट क्षेत्र बनाइएको थियो । स्थानीय वेद छन्त्यालले दुईवटै क्षेत्रमा रहेको अलैँची सुक्दै गएपछि किसान मर्कामा परेको बताए । Advertisement केही समयदेखि अलैँची सुक्दै गइरहेको जानकारी दिँदै छन्त्यालले रोगका कारण अलैँचीको बोट सुक्दै गएपछि किसानमा ठूलो चिन्ता छाएको र कतिपय किसानले त अलैँचीको गाँज नै उखेलेर फाल्न थालेको बताए । यस्तो समस्या गत पुस महिनादेखि सुरु भएको छन्त्...
अफगानिस्तानमा एक सय नेपाली स्वास्थ्यकर्मी छन् : अधिकारी

अफगानिस्तानमा एक सय नेपाली स्वास्थ्यकर्मी छन् : अधिकारी

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
तालीबानी विद्रोही र सरकारबीच भीषण युद्ध चलिरहेको अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षाबारे नेपालमा चिन्ता बढ्न थालेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले विहीबार संसदमा बोल्ने क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार नगरिए संसदै चल्न नदिने चेतावनी दिएपछि यो विषयले थप चर्चा पाउन थालेको छ । Advertisement युद्धरत अफगानिस्तानमा करिब एक हजार भन्दा बढी नेपालीहरु कार्यरत छन् । विशेष गरी त्यहाँ अमेरिकी सेनाको मातहतमा रहेको ग्रिन जोनमा सुरक्षा गार्ड र स्वास्थ्यकर्मीका रुपमा नेपालीहरु कार्यरत छन् । अफगानिस्तानमा कति नेपालीहरु कार्यरत छन् भन्नेबारे आफूले सरकारसँग तथ्यांक मागेको पूर्व गृहमन्त्री अधिकारीले रातोपाटीलाई बताए । उनले भने ‘मैले तथ्यांक मागिरहेको छु, अहिलेसम्म प्राप्त जानकारी अनुसार त्यहाँको ग्रिन जोनमा एक सय भन्दा...
भ्रष्टाचार मुद्दामा फरार व्यक्ति सिराहाबाट पक्राउ

भ्रष्टाचार मुद्दामा फरार व्यक्ति सिराहाबाट पक्राउ

देश, समाचार, सामाजिक
२८ साउन, जनकपुरधाम । भ्रष्टाचार मुद्दामा अदालतबाट कैद र सजाय तोकिएपछि फरार भएका एक व्यक्तिलाई सिराहाबाट  प्रहरीले पक्राउ गरेको छ । सिराहा जिल्ला अदालतबाट २०७० साल असार ३१ गते भ्रष्टाचार मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका सिराहाकै नागेन्द्रकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । Advertisement ४६ बर्षीय यादवलाई लहान नगरपालिका २ बाट इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । यादवलाई भ्रष्टाचार मुद्दामा अदालतले १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका यादवलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
कालिकोटमा अझै रोकिएनन् बालविवाह

कालिकोटमा अझै रोकिएनन् बालविवाह

देश, समाचार, सामाजिक
२८ साउन, कालिकोट। कालिकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो । किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह भएको मध्ये १६९ कम उमेरमा भएको थियो । Advertisement बालविवाहविरुद्ध अभियान निरन्तर सञ्चालनमा रहेको छ । यस वर्षको वैशाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । ‘दुई विवाहमा भने मुद्दा चलाइएको छ ।’ कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भने, ‘बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ ।’ ...
ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई रु. १ लाख २० हजार सहयोग गर्ने

ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई रु. १ लाख २० हजार सहयोग गर्ने

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
२८ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ । महानगरपालिकाले बिहीबार विज्ञप्ति निकालेर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदान गरिने उपचार तथा राहत सहयोगबारे थप स्पष्ट पारेको हो । Advertisement महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने स्पष्ट पारेको छ । कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ उपलब्ध ...
सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्‍चित गर्न विकास समितिको निर्देशन

सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्‍चित गर्न विकास समितिको निर्देशन

देश, राजनीति, समाचार, सामाजिक
२७ साउन, काठमाडौं । संसदीय समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरुमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । Advertisement स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र समृद्धिका लागि वडा तहसम्मै सूचना र प्रविधिको सुनिश्चित हुने गरी काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । समितिले मुलुकमा सुशासन, समृद्धि र विकासका लागि डिजिटल पूर्वाधार तथा प्रविधिको विकास एवं बिस्तार गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी डिजिटल नेपाल ऐन २०७६ को स्पष्ट कार्ययोजना बनाइ प्रभावक...