२०८२ मंसिर २५

सामाजिक

मलेसियामा कोरोनाका कारण फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

मलेसियामा कोरोनाका कारण फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ ।  सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  Advertisement मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए । तीमध्ये १० जना बाहिरबाट सरेर सङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको पनि उनले बताए ।  मलेसियामा कोरोनाभाइरसबाट अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या १२ लाख ६२ हजार ५४० पुगेको छ । सङ्क्रमितमध्ये १७ हजार ५५ जना भने पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका छन् । एकैदिनमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमु...
काठमाडौँ उपत्यकामा थप ९५१ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ९५१ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
गएको २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र देशभर दुई हजार ५४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  Advertisement काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोराना सङ्क्रमण पुष्टि भएको हो ।  थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  देशभर भने दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साभार: रातोपाटी ...
झापामा लागु औषधसहित दुई व्यक्ति पक्राउ

झापामा लागु औषधसहित दुई व्यक्ति पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापामा प्रतिबन्धित लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । भारतबाट अवैध लागुऔषधसहित नेपालतर्फ आउने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बंगाल प्रदेश तोपडाँडा घर भई हाल किशनजंग जिल्ला ठाकुरजंग बस्ने २८ वर्षीय श्रवण राय र झापा भद्रपुर नगरपालिका ३ बस्ने २४ वर्षीय खेमराज कुँवर रहेका छन् । Advertisement उनीहरुको साथबाट इस्कुफ ३ बोतल, नाइट्रोसुन ट्याब्लेट १० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र उनीहरुमाथि आइतबार झापा जिल्ला अदालतबाट म्याद थप लिई थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

देश, समाचार, सामाजिक
उदयपुरगढी गाउँपालिका–७ मा आज दिउँसो जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी–५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  Advertisement मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी–७ को जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि मृतक महिला र अन्य तीनजना मोटरसाइकलमा सवार भएर कटारीबाट आज उदयपुरगढी आएको प्रहरीले जनाएको छ ।  दिउँसो बढी गर्मी भएका कारण मृतक महिला उदयपुरगढीको अँधेरी झर्ना घुम्न आउने व्यक्तिले रोकिराखेको प्रदेश नं २–०१०–१त०५६० नम्बरको अटोको सिटमा केही समयका लागि ...
काठमाडौंमा खैरो हिरोइनसहित दुई जना पक्राउ

काठमाडौंमा खैरो हिरोइनसहित दुई जना पक्राउ

देश, समाचार, सामाजिक
२३ साउन, काठमाडौं । काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् । Advertisement प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । Credit: OnlineKhabar ...
गरीबलाई नि:शुल्क बिजुली दिने तयारी अन्तिम चरणमा छ : मन्त्री भुसाल

गरीबलाई नि:शुल्क बिजुली दिने तयारी अन्तिम चरणमा छ : मन्त्री भुसाल

देश, समाचार, सामाजिक
२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् । Advertisement उनले भनिन्, ‘गरीबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहिँ राहत दिनुपर्छ भनेर नि:शुल्क विद्युत दिने गरेर एउटा तयारी गरिरहेकी छु । करीब करीब हामी त्यसको निकर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ, उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यका साथ त्यस...
जुवा खेलेको आरोपमा दुईजना पक्राउ

जुवा खेलेको आरोपमा दुईजना पक्राउ

देश, समाचार, सामाजिक
२० साउन, धनगढी । प्रहरीले जुवा खेलेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार धनगढी उपमहानगरपालिका-३ स्थित एएफसी कटेजका सञ्चालक ३७ वर्षीय सुरेन्द्र पाण्डे र गोदावरी नगरपालिका-२ का ४७ वर्षीय महेन्द्र भट्टराईलाई पक्राउ गरिएको जनाएको छ । Advertisement सोमबार साँझ सोही कटेजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोली पुगेपछि उनीहरु फरार भएको दाबी प्रहरीको छ । उनीहरुविरुद्ध जुवा शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बताइएको छ । जुवाखालबाट फरार भएका अन्य ८ जनाको पनि खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सो कटेजमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर झण्डै ८ लाख रकम असुलेर मानिसहरुलाई भगाएको आरोप लागेको थियो । तर प्रहरीले भने उक्त आरोपमा सत्यता नभएको बताउँदै जुवाखालबाट ८५ हजार रुपैयाँ मात्र बरामद ...
बीपी प्रतिष्ठानमा शैक्षिक गुणस्तर पनि खस्कियो : कार्यदल प्रतिवेदन

बीपी प्रतिष्ठानमा शैक्षिक गुणस्तर पनि खस्कियो : कार्यदल प्रतिवेदन

देश, समाचार, सामाजिक
२० साउन, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम समेत खस्किँदै गएको छानबिन कार्यदलले औंल्याएको छ । सरकारले गठन गरेको छानबिन कार्यदलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक स्तर खस्काउने कैयौं गतिविधि भइरहेको भन्दै संलग्नमाथि कारबाही गरी सुधार हुनुपर्ने सुझाव दिएको छ । शिक्षाध्यक्षमाथि शैक्षिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको आरोप छ । नियमित रूपमा शिक्षकहरूको सामान्य रेखदेख, नियन्त्रण र मूल्यांकन तथा अध्ययन, अध्यापन र अनुसन्धान क्रियाकलापको निरीक्षण अनुगमन गर्न नसकेको भन्दै कार्यदलले प्रतिवेदनमार्फत सक्रियता देखाउन सुझाव दिएको छ । Advertisement प्रतिष्ठानका केही प्राध्यापक तथा अध्यापकले बिना अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक रचना प्रकाशित गरेको आरोप लागेको छ । त्यसबाट बौद्धिक चोरी भएको भनी लिखित ...
मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० साउन, मकवानपुर। मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् । Advertisement लागुऔषध छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ७ :३० बजे चेकजाँच गर्दा उनीहरुको साथबाट प्रहरीले ११२५ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता देवेन्द्र दासले बताए । Credit: OnlineKhabar ...
कैलालीमा ८ लाख असुलेर प्रहरीले जुवाडे भगाएको आरोप

कैलालीमा ८ लाख असुलेर प्रहरीले जुवाडे भगाएको आरोप

देश, समाचार, सामाजिक
१९ साउन, धनगढी । कैलालीमा प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप लागेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एक रेष्टुरेन्टमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीबाट प्रहरीको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली जुवाडेसँग भएको झण्डै ८ लाख रुपैयाँ बरामद गरेर उनीहरुलाई भगाएको आरोप लागेको हो । ‘हामी साथीभाइहरु सामान्य रमाइलोका लागि बसिरहेका थियौं,’ रेष्टुरेन्टमा उपस्थित एक जनाले अनलाइनखबरसँग भने, ‘त्यही बेला प्रहरी टोली आइपुग्यो । उहाँहरुले रेष्टुरेन्टको घर्रामा राखिएको ६ लाख, सबैको खल्तीमा भएको समेत गरेर थप दुई लाख रुपैयाँ खोसेर लग्नुभयो ।’ Advertisement प्रहरी स्रोतका अनुसार रकम बरामद गरेपछि जुवाडेहरुलाई पक्राउ गर्नुको साटो ...