२०८३ असार ११

सामाजिक

रौतहटमा भारतीय रुपैयाँसहित २ जना पक्राउ

रौतहटमा भारतीय रुपैयाँसहित २ जना पक्राउ

देश, समाचार, सामाजिक
रौतहट प्रहरीले अवैध भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको रकमसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको हो ।  सिमावर्ती  ईशनाथ नगरपालिका वडा नम्बर १ बंजरहा टोल लालबकैयाको बाँध नजिक   चेकजाँचको क्रममा बा ३९ प १६९१ नम्बरको मोटरसाईकलमा सवार गौर  नगरपालिका ४ टिकुलियाका  बर्ष ३० का सुखाडी सहनी र गरुडा Advertisement नगरपालिका १ जयनगरमा  बर्ष ३५ का अनिल भन्ने बिकास साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले बताए ।  पक्राउ परेका दुबै जनालाई झण्डै दुई लाख भारतीय रुपैयाँ र  मोटरसाइकल सहित आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।  साभार: रातोपाटी ...
रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान

रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान

देश, राजनीति, समाचार, सामाजिक
पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालले ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन् । ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटवालले यो अभियान प्रारम्भ गरेका हुन् ।   ‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो,’ कटवालले भने । Advertisement कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्दति अपनाउन स्वतन्त्रता दिएको दाबी गरे । त्यस्तै, शान्तिधामका मठाधीश स्वामी भानुभक्ताचार्य महाराजले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने धारणा राखे । । हिन...
कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

देश, समाचार, सामाजिक
कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने  सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् । Advertisement करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिएको आरोप लगाएका थिए ।  इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहित मोरङ प्रहरीको थप प्रहरी फोर्सले चाण्डोकलाई प्रहरीले पक्राउ गरेको हो। नियन्त्रणमा लिएको सिइओलाई पक्राउ ग...
२४ घण्टामा ३४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

२४ घण्टामा ३४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।  Advertisement स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ ।  संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।  साभार: रातोपाटी ...
गण्डकीमा ६५६ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

गण्डकीमा ६५६ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनामा गरिएको नमूना परीक्षणमा ६५६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६४ महिला र २९२ जना पुरुष रहेका छन् । सोमबार गण्डकीमा संक्रमितको संख्या उच्च रुपमा वृद्धि भएको छ । आइतबार प्रदेशमा जम्मा ३८० जना संक्रमित भेटिएकोमा सोमबार ६५६ जनामा संक्रमण देखिएको हो । Advertisement प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम तनहुँमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनका अनुसार कास्की २३१ बागलुङ ९०, स्याङ्जा ५१, म्याग्दी १४, पर्वत ७, गोरखा १६१, लमजुङ १४ तनहुँमा ६ र नवलपुरमा ४२ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ हजार ३४२ पु...
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

देश, समाचार, सामाजिक
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।  राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । Advertisement उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बर्दिया बाँसगढी निवासी चेतन बोहोरा र प्रदीप चौधरीको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।  शव परीक्षणको लागि अस्पतालमै राखिएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । साभार: रातोपाटी ...
गण्डकीमा ३८० जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

गण्डकीमा ३८० जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६८ जनामा गरिएको नमूना परीक्षणमा ३८० जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये १७७ महिला र २०३ जना पुरुष रहेका छन् । प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र कम नवलपरासी पूर्वमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्की १७१ बागलुङ ४७, स्याङ्जा ७०, म्याग्दी ३१, पर्वत ४६, लमजुङ ७ तनहुँमा ५ र नवलपुरमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ हजार ६८६ पुगेको छ । Advertisement गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ का ७६ वर्षीय...
पोखरामा कार दुर्घटना, चालकको मृत्यु

पोखरामा कार दुर्घटना, चालकको मृत्यु

देश, समाचार, सामाजिक
पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ । Advertisement कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दीपक केसीले बताए ।  दुर्घटनामा परि मृत्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् । उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए । मृतक केसी व्यवसायसँगै विभिन्न सामाजिक संघ–संस्थाहरुमा समेत आबद्ध रहेका थिए । दुर्घटनामा...
गण्डकी प्रदेशमा ३१७ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप १० जनाको मृत्यु

गण्डकी प्रदेशमा ३१७ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप १० जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
प्रदेशका ५ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  Advertisement उनका अनुसार कास्की १९६ बागलुङ ३७, स्याङ्जा १५, म्याग्दी १, पर्वत १,गोरखा १, लमजुङ १ तनहुँमा ३५ र नवलपुरमा ४० जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ हजार ३०६ पुगेको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१० का ९० वर्षीय पुरुष, पोखरा–१६ का ४८ वर्षीय पुरुष, पोखरा–१७ का ६० वर्षीय पुरुष, पोखरा–५ का ९२ वर्षीय पुरुष र पोखरा–२८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरू पाँचै जनाको पोखराका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा मृत्यु भएको हो । ...
रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

देश, समाचार, सामाजिक
शनिवार बिहान रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका–६  कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो ।  Advertisement भैरहवाबाट कोर्चाबाङ्गमा शव पुर्याएर फर्किने क्रममा बिहान करिब ४ बजेतिर सडकबाट झण्डै ६ सय मिटर तल एम्बुलेन्स खसको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।  एम्बुलेन्समा सवार सोही स्थानका ३८ वर्षीय प्रितीप्रसाद पुन सामन्य घाइते भएका छन् । साभार: रातोपाटी ...