२०८३ बैशाख २५

सामाजिक

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

देश, शिक्षा, समाचार, सामाजिक
६ भदौ, काठमाडौं । विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ । Advertisement प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालय लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधको लागि वार्षिक १२ लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ । त्यस्तैगरी ङीस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ । एक जना पनि विद्यार्थी नभएको व...
भक्तपुरको गेष्ट हाउसमा ‘कुकर बम’ फेला

भक्तपुरको गेष्ट हाउसमा ‘कुकर बम’ फेला

देश, समाचार, सामाजिक
भक्तपुरको मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा शंकास्पद बस्तु फेला परेको छ । शंखधर चोकबाट भित्र रहेको गेष्ट हाउसको कोठामा शंकास्पद रुपमा तार जोडेको अवस्थामा ‘प्रेसर कुकर’ फेला परेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।  Advertisement घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । शंकास्पद अवस्थामा कुकर फेला परेको कोठामा ३ दिनदेखि पाहुना बसेका थिएनन् ।  शनिवार बिहान सवा १२ बजे होटल सञ्चालक जाँदा शंकास्पद बस्तु नदेखिएको तर, साँझ तार जोडेको अवस्थामा कुकर देखेपछि गेष्ट हाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रेग्मीले बताए । साभार: रातोपाटी ...
दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तोल बरामद

दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तोल बरामद

देश, राजनीति, समाचार, सामाजिक
५ भदौ, जनकपुरधाम । सर्लाहीमा आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन्. । सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । Advertisement समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । ‘दुबै दाजुभाइको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भयो’ बुढाथोकीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका छौं ।’ साभार: रातोपाटी ...
पिपुल्स भोलिन्टियर्सले गरे त्रिवि परिसर सरसफाइ

पिपुल्स भोलिन्टियर्सले गरे त्रिवि परिसर सरसफाइ

देश, समाचार, सामाजिक
५ भदौं, काठमाडौं । नव गठित नेकपा (एकीकृत समाजवादी) निकट पिपुल्स भोलिन्टियर्सले त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ गरेको छ । Advertisement ‘महिनामा दुई दिन, दुई घण्टा, राष्ट्रका लागि’ अभियान अन्तर्गत त्रिवि परिसर सरसफाइ गरिएको पिपुल्स भोलियन्टियर्सका इन्चार्ज सञ्जीव राईले बताए । अघिल्लो शनिबार त्रिवि शिक्षण अस्पताल सरसफाइ गरेको थियो । साभार: रातोपाटी ...
गाडीको ठक्करबाट घाइते महिलाको मृत्यु

गाडीको ठक्करबाट घाइते महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
धनुषामा गाडीको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेर धनुषाको मिथिला नगरपालिका ९ स्थित बडहरी बस्ने ५५ वर्षीया रेवती घर्ती मगरको मृत्यु भएको हो । गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७१३४ नम्बरको गाडीले बडहरीस्थित ग्लोबल होटल अगाडि मगरलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मगरको टाउकोमा गम्भिर चोट लागेको थियो ।  घाइते भएलगत्तै मगरलाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा लगिएको थियो । Advertisement गम्भिर घाइते भएकी मगरको शुक्रबार विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । ठक्कर दिने गाडी र सिरहा धनगढीमाई नगरपालिका ९ का ३५ वर्षीय रञ्जित लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामा गाडीका चालक हुन्...
१४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

१४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

देश, समाचार, सामाजिक
बारामा किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।  Advertisement घरमा कोही नभएको मौका छोपी मंगलबार २५ वर्षिय रुसियन साहले बलात्कार गरेको बारा प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थप अनुसंधानपछि आरोपित साहमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिए । साभार: रातोपाटी ...
रौतहटमा भारतीय रुपैयाँसहित २ जना पक्राउ

रौतहटमा भारतीय रुपैयाँसहित २ जना पक्राउ

देश, समाचार, सामाजिक
रौतहट प्रहरीले अवैध भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको रकमसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको हो ।  सिमावर्ती  ईशनाथ नगरपालिका वडा नम्बर १ बंजरहा टोल लालबकैयाको बाँध नजिक   चेकजाँचको क्रममा बा ३९ प १६९१ नम्बरको मोटरसाईकलमा सवार गौर  नगरपालिका ४ टिकुलियाका  बर्ष ३० का सुखाडी सहनी र गरुडा Advertisement नगरपालिका १ जयनगरमा  बर्ष ३५ का अनिल भन्ने बिकास साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले बताए ।  पक्राउ परेका दुबै जनालाई झण्डै दुई लाख भारतीय रुपैयाँ र  मोटरसाइकल सहित आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।  साभार: रातोपाटी ...
रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान

रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान

देश, राजनीति, समाचार, सामाजिक
पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालले ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन् । ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटवालले यो अभियान प्रारम्भ गरेका हुन् ।   ‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो,’ कटवालले भने । Advertisement कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्दति अपनाउन स्वतन्त्रता दिएको दाबी गरे । त्यस्तै, शान्तिधामका मठाधीश स्वामी भानुभक्ताचार्य महाराजले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने धारणा राखे । । हिन...
कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

देश, समाचार, सामाजिक
कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने  सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् । Advertisement करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिएको आरोप लगाएका थिए ।  इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहित मोरङ प्रहरीको थप प्रहरी फोर्सले चाण्डोकलाई प्रहरीले पक्राउ गरेको हो। नियन्त्रणमा लिएको सिइओलाई पक्राउ ग...
२४ घण्टामा ३४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

२४ घण्टामा ३४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।  Advertisement स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ ।  संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।  साभार: रातोपाटी ...