२०८२ मंसिर २२

सामाजिक

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

देश, समाचार, सामाजिक
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।  राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । Advertisement उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बर्दिया बाँसगढी निवासी चेतन बोहोरा र प्रदीप चौधरीको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।  शव परीक्षणको लागि अस्पतालमै राखिएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । साभार: रातोपाटी ...
गण्डकीमा ३८० जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

गण्डकीमा ३८० जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६८ जनामा गरिएको नमूना परीक्षणमा ३८० जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये १७७ महिला र २०३ जना पुरुष रहेका छन् । प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र कम नवलपरासी पूर्वमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्की १७१ बागलुङ ४७, स्याङ्जा ७०, म्याग्दी ३१, पर्वत ४६, लमजुङ ७ तनहुँमा ५ र नवलपुरमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ हजार ६८६ पुगेको छ । Advertisement गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ का ७६ वर्षीय...
पोखरामा कार दुर्घटना, चालकको मृत्यु

पोखरामा कार दुर्घटना, चालकको मृत्यु

देश, समाचार, सामाजिक
पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ । Advertisement कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दीपक केसीले बताए ।  दुर्घटनामा परि मृत्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् । उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए । मृतक केसी व्यवसायसँगै विभिन्न सामाजिक संघ–संस्थाहरुमा समेत आबद्ध रहेका थिए । दुर्घटनामा...
गण्डकी प्रदेशमा ३१७ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप १० जनाको मृत्यु

गण्डकी प्रदेशमा ३१७ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप १० जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
प्रदेशका ५ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  Advertisement उनका अनुसार कास्की १९६ बागलुङ ३७, स्याङ्जा १५, म्याग्दी १, पर्वत १,गोरखा १, लमजुङ १ तनहुँमा ३५ र नवलपुरमा ४० जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ हजार ३०६ पुगेको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१० का ९० वर्षीय पुरुष, पोखरा–१६ का ४८ वर्षीय पुरुष, पोखरा–१७ का ६० वर्षीय पुरुष, पोखरा–५ का ९२ वर्षीय पुरुष र पोखरा–२८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरू पाँचै जनाको पोखराका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा मृत्यु भएको हो । ...
रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

देश, समाचार, सामाजिक
शनिवार बिहान रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका–६  कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो ।  Advertisement भैरहवाबाट कोर्चाबाङ्गमा शव पुर्याएर फर्किने क्रममा बिहान करिब ४ बजेतिर सडकबाट झण्डै ६ सय मिटर तल एम्बुलेन्स खसको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।  एम्बुलेन्समा सवार सोही स्थानका ३८ वर्षीय प्रितीप्रसाद पुन सामन्य घाइते भएका छन् । साभार: रातोपाटी ...
कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कर्णाली प्रदेशमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ४४ र २१७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।  Advertisement जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै रुकुम पश्चिममा २३, कालिकोटमा ८, सल्यानमा ७, मुगुमा ४, हुम्लामा ३ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।  यस्तै शुक्रबार ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या शुक्रबार बढेर पुन ९०२ मा उक्लिएको छ । बिहीबार संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्यामा केह...
नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव

नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव

देश, समाचार, सामाजिक, स्वास्थ्य
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका थिए । Advertisement उनीहरुको दुवैको शव फरक–फरक ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित त्रिवेणीबाट श्रीमती बगेपछि श्रीमान बचाउन नदीमा पसेका थिए । नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि दुवैको शव फेला परेको हो । ...
स्थानीय तहमा पठाइएका ३४ कर्मचारीलाई संघमा समायोजन गर्न सर्वोच्चको अन्तरिम आदेश

स्थानीय तहमा पठाइएका ३४ कर्मचारीलाई संघमा समायोजन गर्न सर्वोच्चको अन्तरिम आदेश

देश, समाचार, सामाजिक, स्वास्थ्य
संघमा दरबन्दी हुँदाहुँदै स्थानिय निकायमा पठाइएका कर्मचारीलाई संघमै समायोजन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालले सो आदेश गरेका हुन् । संघ रोजेकालाई दरबन्दी हुँदाहुँदै स्थानीय निकायमा समायोजनमा पठाइएका ३४ जना कर्मचारीलाई अदालतले संघमै समायोजन गर्न भनेको छ ।  Advertisement संघमा कार्यरत कर्मचारीले २०७५ मा समायोजन गर्दा ‘संघमा बस्न पाउँ’ भनेर निवेदन दिएका थिए । तर, सरकारले उनिहरुलाई दरबन्दी नभएको भन्दै स्थानिय निकायमा समायोजन गरेको थियो । पछि, २०७६ मंसिर र २०७७ मंसिरमा समायोजन भएपछि रिक्त पदमा विज्ञापन प्रकाशन गरिएको थियो । विज्ञापन प्रकाशनपछि ३४ जना कर्मचारी ‘हामीले संघ रोजेका थियौं स्थानिय तहमा पठाएर हाम्रो अधिकार हनन भयो’ भन्दै अदालत गएका थिए ।  सर्वोच्चको आदेशमा भनिएको छ– ‘मुद्दाको अन...
थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु

थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ७९८ पुगेको छ । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा , ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा २ हजार ११८ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजा...
अलैंचीमा डढुवा लाग्यो, किसान चिन्तित

अलैंचीमा डढुवा लाग्यो, किसान चिन्तित

देश, समाचार, सामाजिक
बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् । धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा समेत मासिने गरी रोग लागेको हो । बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ ।  जैमिनी–२ र ३ मा गरी अलैँचीका दुई वटा पकेट क्षेत्र बनाइएको थियो । स्थानीय वेद छन्त्यालले दुईवटै क्षेत्रमा रहेको अलैँची सुक्दै गएपछि किसान मर्कामा परेको बताए । Advertisement केही समयदेखि अलैँची सुक्दै गइरहेको जानकारी दिँदै छन्त्यालले रोगका कारण अलैँचीको बोट सुक्दै गएपछि किसानमा ठूलो चिन्ता छाएको र कतिपय किसानले त अलैँचीको गाँज नै उखेलेर फाल्न थालेको बताए । यस्तो समस्या गत पुस महिनादेखि सुरु भएको छन्त्...