२०८१ जेष्ठ ६

बैतडीमा शिशुको हत्या आरोपमा एक महिला पक्राउ

८ भदौ, धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् ।

घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।


Advertisement


शिशु जन्माएपछि केराको सापडाले घाँटी थिचेर हत्या गरेको भन्दै उनका ससुराले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको शाहीले बताए । उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

गाउँकै एक युुवकसँगको अनैतिक सम्बन्धबाट उनी गर्भवती भएको यसअघि नै सार्वजनिक भएको थियो । शिशु जन्मिएपछि युवकले बुझेर पालनपोषण गर्ने सहमति समेत गाउँलेहरुले गराएका थिए ।

ती महिलाका श्रीमान् रोजगारीका लागि भारतमा गएको र १० वर्षदेखि सम्पर्कमा नरहेको स्थानीय बताउँछन् । उनका दुई सन्तानसमेत छन् ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap