२०८२ पुष ७

सामाजिक

दुई वर्षीय बालक बेपत्ता : सिराहा

दुई वर्षीय बालक बेपत्ता : सिराहा

देश, मिश्रित, समाचार, सामाजिक, सूचना
२१ माघ, जनकपुरधाम । सिराहाबाट दुई वर्षीय बालक बेपत्ता भएका छन् । सिराहा नगरपालिका-१ बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझदेखि हराइरहेको प्रहरीले जनाएको छ । आफ्नै आँगनमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् । Advertisement यद्यपि प्रहरीले अपहरण पुष्टि हुन नसकेको बताएको छ । सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बच्चा हराएको भनेर खबर आएको बताए । ‘जिल्ला प्रहरी कार्यालयमा पनि बच्चा हराएकै भनेर निवेदन आएको छ,’ उनले भने, ‘हामी तीब्र रुपमा खोजी गरिरहेका छौं ।’ Credit: OnlineKhabar ...
मानव अधिकारको संरक्षणमा खटिराख्चु : अध्यक्ष मगर

मानव अधिकारको संरक्षणमा खटिराख्चु : अध्यक्ष मगर

देश, समाचार, सामाजिक
राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त अध्यक्ष तपबहादुर मगर तथा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले आज आयोगमा पदभार ग्रहण गरेका छन् । आयोगमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा आयोगका  अध्यक्ष मगरले मानव अधिकारको प्रभावकारी संरक्षण, सम्बद्र्धन तथा कार्यान्वयनको सुनिश्चितामा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरे । Advertisement पदभारअघि, आयोगका अध्यक्ष मगरले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोही समारोहमा आयोगका नवनियुक्त सदस्यलाई आयोगका अध्यक्ष मगरले शपथ ग्रहण गराएका थिए । संवैधानिक परिषद्ले नेपालको संविधानको धारा २४८ को उपधारा (२) बमोजिम आयोगको अध्यक्ष तथा सदस्यमा उनीहरुको नियुक्तिका लागि सिफारिस गरेको थियो । साभार:...
२४ घण्टामा थपिए १४२ संक्रमित, एकको मृत्यु

२४ घण्टामा थपिए १४२ संक्रमित, एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर १४२ जना संक्रमित थपिएका छन् । ३ हजार ५९७ पीसीआर परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । आज थपिएका संक्रमितमध्ये ५५ जना काठमाडौँ उपत्यकाका रहेका छन् । यसमा २५ जना मuहिला र ३० जना पुरुष रहेका छन् । Advertisement पछिल्लो २४ घण्टामा थप २०६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६७ हजार ६५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या २ हजार ३१ रहेको छ । हाल संस्थागत आइसोलेसनमा ८८१ जना रहेका छन् भने आईसीयूमा ६१ र भेन्टिलेटरमा १७ जना रहेका छन् । भोजपुर, कालिकोट, रुकुम ...
भिजेर काम नलाग्ने भयो रु २८ करोडको मल

भिजेर काम नलाग्ने भयो रु २८ करोडको मल

अर्थतन्त्र, देश, समाचार, सामाजिक
साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । रु २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले राससलाई बताए । कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्...
लुम्बिनीमा क्षेत्र संरक्षण अभियान

लुम्बिनीमा क्षेत्र संरक्षण अभियान

देश, राजनीति, समाचार, सामाजिक
२० माघ, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान सुरु भएको छ । लुम्बिनी विकास कोषले संरक्षण गरेको ११ सय ५५ बिघा क्षेत्रमध्ये १ सय ५२ बिघा सिमसार क्षेत्र भएपनि त्यसको उचित संरक्षण हुन नसकेकाले संरक्षण अभियान थालिएको हो । सारसलगायत अन्य वन्यजन्तुको बासस्थान संरक्षण, पर्या–पर्यटन पूर्वाधारमार्फत लुम्बिनी घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने र वातावरण तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यले सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान थालिएको कोषले जनाएको छ । Advertisement हाल लुम्बिनीमा जंगल ४० प्रतिशत, घाँसे मैदान ५२ प्रतिशत, सडक तथा भवनहरु ६ प्रतिशत र सिमसार क्षेत्र २ प्रतिशत मात्र छ । सिमसार क्षेत्र संरक्षण र विस्तार गर्न विकास कोषले अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउण्डेसनलाई ६ सय ६० बिघा जग्गा ५० वर्षका लागि लिज...
सोलार वितरणका नाममा ठगी गर्ने चार पक्राउ

सोलार वितरणका नाममा ठगी गर्ने चार पक्राउ

देश, समाचार, सामाजिक
नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने  चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी, सोही ठाउँका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट–१ रामीडाँडा निवासी ४० वर्र्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारा रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए  । पक्राउ परेकाहरुबाट रु चार लाख रकम र कागजपत्रसमेत फेला पारेको जनाइएको छ । Advertisement बारेकोट गाउँपालिका, नलगाड नगरपालिकाले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरण...
रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार, सामाजिक
धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०/१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्नुहोस् ।’ प्रधानमन्त्री ओलीले सही, राम्रा र नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताउँदै पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गरे ।  प्रधानमन्त्रीले भने, “पशुप...
ईश्वर पोखरेल नुवाकोट जाँदा बट्टारमा तनाव, झडपमा ५ जना घाइते

ईश्वर पोखरेल नुवाकोट जाँदा बट्टारमा तनाव, झडपमा ५ जना घाइते

देश, राजनीति, समाचार, सामाजिक
नेकपाको केपी ओली पक्षले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।  नुवाकोटको बट्टार क्याम्पस अगाडि ओलीको कदमको विरोध गर्न भेला भएका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले पोखरेललगायतलाई कालोझण्डा देखाएका हुन् । सो क्रममा प्रहरी हस्तक्षेप हुँदा प्रचण्ड नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिए ।  Advertisement सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गर्दा २ सटा सरकारी गाडीमा क्षति समेत भएको छ ।  ओली समूहले नुवाकोटको बट्टारमै सभाको आयोजना गरेको छ।  सो सभामा पोखरेलसहित ऊर्जामन्त्री टोपबहादुर रायमा...
सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

देश, समाचार, सामाजिक
१९ माघ, काठमाडौं । धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । Advertisement दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्काे ट्रकमा सामान्य क्षति पुगेको छ । साभार: रातोपाटी ...
हिरासतमा रहेकालाई छुटाउँछु भन्दै रकम लिने पक्राउ

हिरासतमा रहेकालाई छुटाउँछु भन्दै रकम लिने पक्राउ

देश, समाचार, सामाजिक
१८ माघ, काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाइदिने भन्दै २ लाख १० हजार लिएको आरोपमा दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले सिन्धुलीका वीरबहादुर तामाङ र रामेछापका ग्याल्छेन लामालाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । Advertisement उनीहरुले गत कात्तिक १६ गते सुनौलो कछुवासहित पक्राउ परेका धावा लामा र राजकुमार घिसिङलाई विना कारबाही थुनामुक्त गराउँछौं भनेर रकम लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो । Credit: OnlineKhabar ...