संसद विघटनविरुद्ध सहिद तथा बेपत्ता परिवारको प्रदर्शन
२६ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सहिद तथा बेपत्ता योद्धा परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार राजधानीको बबरमहलवाट सुरु भएको जुलुस नयाँबानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे ।
सहिद तथा बेपत्ता परिवार बागमती प्रदेशको आयोजनामा आयोजित विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा बेपत्ता योद्धाको सपनामाथि बज्रप्रहार भएको बताए । बस्नेतले सहिदका सपना पूरा गर्न हरहालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए । कार्यक्रममा नेकपा नेता जगन्नाथ खतिवडाले सहिद तथा बेपत्ताका सपना अझै पूरा हुन बाँकी नै रहेकाले आन्दोलन जारी राख्नुपर्ने बताए ।
Advertisement
कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सदस्य समेत रहेका नेकपा नेताहरु हरि दाहाल, ...









