२०८२ पुष ७

सामाजिक

दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
सुर्खेत ।  दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भनिएका फरार एक अभियुक्त लामो समय पछि पक्राउ परेका छन्  । दैलेख प्रहरीले  महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।  खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।  Advertisement जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान  गरिसकेका छन् भने बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको श्रेष्ठले बताए ।  १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरण रिटमामार्फत उनी थुनाभुक्त भइ फरार थिए  ।  पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको...
चितवनमा कोरोनाको सक्रिय संक्रमित १०० भन्दा कम

चितवनमा कोरोनाको सक्रिय संक्रमित १०० भन्दा कम

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ माघ, चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ । चार दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १०० भन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म ८१ जना सक्रिय संक्रमित रहेकामा ७ जना अस्पतालमा र ७४ जना होम आइसोलेसनमा छन् । गएको माघ २० गतेसम्म सक्रिय संक्रमितको संख्या ११८ थियो । Advertisement स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सक्रिय संmक्रमितको संख्या घट्नुले कोरोनाको पहिलो लहर सकिएको निश्कर्ष निकाल्न सकिने बताउँछन् । उनले दैनिक परीक्षण पनि कम भएको बताए । कुनै बेला चितवनमा सक्रिय संक्रमितको संख्या झण्डै दुई हजार थियो । चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल भरतपुरमा स्वाब परीक्षण हुँदै आएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ४१ पुगेको छ ।...
चितवन निकुञ्जमा मरे हात्ती र गैँडा

चितवन निकुञ्जमा मरे हात्ती र गैँडा

देश, समाचार, सामाजिक
चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।  यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । हिन्दू धर्मअनुसार हात्तीलाई भगवान् गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृतक शङ्करप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बताए । Advertisement चालु आव २०७७÷७८ मा शङ्करप्रसादसहित चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा घरपालुवा हात्तीको मृत्यु भएको अधिकारीले बताए ।  यसैगरी निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ । अधिकारीका अनुसार माघ १३ गते...
नुवाकोटमा बोलेरोसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

नुवाकोटमा बोलेरोसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ माघ, काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका-३ ढिकुरेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रदेश ३ ०१०२ च ३७१९ नम्बरको बोलेरो गाडी र बा६३प ६६९५ नम्बरको मोटरसाइकल शनिबार राति साढे ११ बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । Advertisement मृत्यु हुनेमा स्थानीय २२ वर्षीय कमान तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि त्रिशूली अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ४५ वर्षीय रमेश तामाङ घाइते छन् । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । बोलेरो गाडीहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ । Credit: OnlineKhabar ...
एसएसपी नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा : भागरथी हत्या प्रकरण

एसएसपी नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा : भागरथी हत्या प्रकरण

देश, समाचार, सामाजिक
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ (कतोला) चडेपानीकी १७ बर्षीया भागरथी भट्टको हत्या अनुसन्धानमा प्रहरी बरिष्ठ उपरिक्षक नेतृत्वको टोली खटिएको छ ।  सनातन धर्म उच्चमावीमा कक्षा १२ मा अध्ययनरत भागरथी स्कुलबाट फर्कने क्रममा बुधवार हराएकी थिइन् । बिहिबार उनी पढ्ने सनातन धर्म उच्च माविबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।  Advertisement घटना अनुसन्धानका गर्न सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरिक्षक जनक पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेको छ ।  भागरथीको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन गरिएको छ ।  सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार ...
चितवनमा ५६ कुष्ठरोगी थपिए, यस्ता छन् लक्षणहरु

चितवनमा ५६ कुष्ठरोगी थपिए, यस्ता छन् लक्षणहरु

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लामा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका  हुन्। ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक गरिएको हो ।  स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा वढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उनले बताए ।  Advertisement भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ । अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ । चितवन कुष्ठरोग निवारणको तर्फ लागेको उनले बताए ।  द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रिया का...
बेंसीशहर–चामे सडक खुल्यो

बेंसीशहर–चामे सडक खुल्यो

देश, समाचार, सामाजिक
२३ माघ, लमजुङ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेंसीशहर चामे सडक सञ्चालनमा आएको छ । सो सडक तीनदिनदेखि बन्द रहेको थियो । मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेनिरको सडक ढलान गर्नलाई गत मङ्गलबार बिहानदेखि सडक बन्द गरिएको थियो । सो स्थानमा ढलान सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो । Advertisement डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी सुरज महर्जनले शुक्रबार बिहानदेखि सो सडक सञ्चालनमा आएको जानकारी दिए । उनले ६५ किलोमिटर सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी हिमाली जिल्ला मनाङमा पर्ने बताए । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्याल तनहुँले विसं २०५१ बाट सडक निर्माण थालनी गरेको थियो । विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो । सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर...
ट्याक्सी जलेको भिडियोले चालक परिवारमा तनाव

ट्याक्सी जलेको भिडियोले चालक परिवारमा तनाव

देश, समाचार, सामाजिक
२२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहले आयोजना गरेको आमहड्तालका क्रममा बिहीबार बिहान सामाखुसीमा अज्ञात व्यक्तिले एउटा ट्याक्सीमा आगजानी गरे । ४१ वर्षीय कुम्भनारायण श्रेष्ठको प्रदेश३ – ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलेर खरानी भयो । तर, सामाजिक सञ्जालमा भने आजभन्दा पाँच वर्षअघिको भिडियो भाइरल बनाइयो, जसका कारण पीडित परिवारले अनावश्यक तनाव व्यहोर्नुपरेको छ । र, पीडित परिवारजनको आग्रह छ– हामीले बिर्सिएको पुरानो घटनालाई अहिले सामाजिक सञ्जालमा पोष्ट गरेर रमिता नदेखाइदिनुहोला । Advertisement २४ चैत २०७१ मा तत्कालिन एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले बिहानको पाँच नबज्दै बालकुमारीमा निरज बानियाँको ट्याक्सीमा आगजानी गरेका थिए । सो आगजनीको घटनाबारे अनलाइनखबरले पाँच वर्ष पहिले पीडित चालकको स्टोरी गरेको थियो । गरीख...
प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहँदा सेनाको बख्तरबन्द आयो

प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहँदा सेनाको बख्तरबन्द आयो

देश, समाचार, सामाजिक
२२ माघ, धनगढी । नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहेका बेला नेपाली सेनाको हतियारसहितको बख्तरबन्द गाडी गुडेको छ । ओली समूहले समेत आमहड्तालविरुद्ध प्रदर्शन गरिरहेका बेला सेनाको बख्तरबन्द गुडेपछि प्रदर्शनकारी तितरवितर भएका थिए । Advertisement नेपाली सेनाको जंगीअड्डाका सहायक प्रवक्ता पदम बुढाका अनुसार बख्तरबन्द गाडीको नियमित अभ्यास चलिरहेको छ र धनगढीमा आइपुग्नु संयोग मात्रै हो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका महासेनानी बुढाका अनुसार १९ र २१ माघमा सेनाले बख्तरबन्द गाडीको नियमित अभ्यास गरेको थियो । सोही अनुसार नेपालगञ्जबाट फर्किएको बख्तरबन्द गाडी र प्रदर्शनकारीबीच धनगढीमा जम्काभेट भएको उनले बताए । बिहीबार सेनाको अभ्यास सकिएको छ । Credit: OnlineKhabar ...
बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

देश, राजनीति, समाचार, सामाजिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।  Advertisement बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।  यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...