२०८३ असार १३

सामाजिक

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । Advertisement आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए । नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिए । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ । ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुव...
मुहार फेरिएको पाटनढोका

मुहार फेरिएको पाटनढोका

देश, समाचार, सामाजिक
ललितपुर । एक हप्ताअघिसम्म ललितपुरको मुटुमा रहेको पाटनढोका क्षेत्र सवारीसाधनको चाप र जामले आक्रान्त हुन्थ्यो । अहिले स्थिति फेरिएको छ । लतिलपुर महानगरपालिकाले सो क्षेत्रमा निश्चित समयका लागि चार पाङ्ग्रे सवारी साधनलाई निषेध गरी वान वे बनाउनुका साथै अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरेपछि सर्वसाधरणले दैनिकरुपमा भोग्दै आएको ट्राफिकको समस्या समाधान भएको हो । Advertisement ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा गत २५ गते देखि त्यहाँ वान वे लागू गरिएको हो । ट्राफिक जाम न्युनिकरणका लागि ललितपुर महानागरपािलका ७ बजेदेखि ८ बजेसम्म सो क्षेत्रमा चार पाङ्ग्रे सवारी निषेध गरेको छ । महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएपछि मेयर महर्जनको विशेष पहलमा सो कद...
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा चार हजारले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा चार हजारले पाए रोजगारी

देश, राजनीति, रोजगार अवसर, समाचार, सामाजिक
देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् ।  स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार २०० ले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए । उनले भने, “उक्त कार्यक्रमका लागि रु चार करोड ३३ लाख निकासा भएको छ ।”  जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७६२ छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको...
भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन

भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन

देश, समाचार, सामाजिक
सुर्खेत । भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन तथा रचना वाचन कार्यक्रम गरिएको छ ।  कर्णाली अध्ययन केन्द्र नेपालको आयोजनामा आज मध्यपश्चिमाञ्चल विश्वबिद्यालय केन्द्रिय परिसरको गेट अगाडी युवा विद्यार्थीहरु उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागिरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भनेर, निधारमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर बलात्कारिलाई फाँसी दे ...!, पीडितलाई न्याय दे.. ! महिला हिंसा तथा यौन दुर्ववहार बन्द गर ! शान्ति सुरक्षा कायम गर, सरकारमाथि को रहेछ बलात्कारी पो रहेछ !, इत्यादि नारा लेखिएका पम्पेलेट समाएर बिरोध गरिएको थियो । Advertisement देशका दिदिबहिनी तथा चेलीबेटीहरुले खेपिरहेका महिला हिंसा तथा य...
आफन्तको बिहेमा गएकी महिलाको भीरबाट लडेर मृत्यु

आफन्तको बिहेमा गएकी महिलाको भीरबाट लडेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
-रामहरि श्रेष्ठ ओखलढुंगा । बिहेमा गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ८ माम्खामा आफन्तको बिहेमा गएकी ३२ वर्षीया कमला परियारको भीरबाट लडेर मृत्यु भएको हो । गत सोमबार घरबाट आरुवोटे भन्ने स्थानमा आफन्तको बिहेमा गएकी परियारको भुसुने जंगलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बिहेमा गएकी महिला दुई दिनसम्म घर नफर्किपछि आफन्तले खोजतालास गर्ने क्रममा उनको शव मंगलबार करिब २ सय मिटर तल खेतमा फेला परेको प्रहरी निरिक्षक शिव कट्टेलले बताए । महिलाको शव फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरेर शवको पोष्टमाटमपछि परिवारलाई जिम्मा दिइसकिएको कट्टेलको भनाई छ । प्रहरी अनुसन्धानले पनि भुसुने जंगलको भीरको घोरेटो बाटोबाट उनी लडेको पुष्टी गरेको जिल्ला प्रहरी कार्यलय ...
गोरु काटेको आरोपमा ५ जना पक्राउ

गोरु काटेको आरोपमा ५ जना पक्राउ

देश, समाचार, सामाजिक
पोखरा । गोरु काटेको आरोपमा मुस्ताङबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । थासाङ गाँउपालिका ४ घाँसास्थित अर्पण श्रेष्ठको घरमा राति १० बजे गोरु काटिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  गोरु काटेको आरोपमा प्रक्राउ पर्नेहरुमा २६ वर्षीय अर्पण श्रेष्ठ, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय शनिष श्रेष्ठ, १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विक रहेको गण्डकी प्रदश प्रहरी कार्यलय पोखराले जनाएको छ ।  Advertisement अर्पण श्रेष्ठको घरमा गोरु काटिरहेको सूचनाका आधारमा उनीहरुलाई गोरुको मासुसहित पक्राउ गरिएको हो ।  उनीहरु विरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि वढाइएको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
प्रधानमन्त्री ओलीको सनकको सीमा छैन : कृष्ण पहाडी

प्रधानमन्त्री ओलीको सनकको सीमा छैन : कृष्ण पहाडी

देश, समाचार, सामाजिक
२७ माघ, सप्तरी । नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको सीमा नरहेको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार मधेसी नागरिक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पहाडीले उनको सनकको शिकार संघीयता र गणतन्त्र समेत हुन सक्ने बताए । Advertisement ‘हामी चुप लागेर बसेमा भोलि ओलीले संघीयता र गणतन्त्रमा पनि आगो लगाउन सक्छन्’ उनले भने, ‘आफ्नै दलमा अल्पमतमा परेपछि पार्टीमा आगो लगाइदिनुभयो । संसदमा पनि आगो लगाइदिनुभयो । संविधानमा पनि आगो लगाइदिनुभयो । भोलि संघीयता र गणतन्त्रमा पनि आगो लगाउन सक्नुहुन्छ ।’ संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नै नगरेको अवस्थामा एक्कासी संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक काम गरेको उनले बताए । यसविरुद्व मौन रहनु देशमा आएका उपलब्धीका लागि घातक रहेको पहाडीले बताए । ...
शिक्षकलाई कोरोना खोप दिन आग्रह

शिक्षकलाई कोरोना खोप दिन आग्रह

देश, समाचार, सामाजिक
२७ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयमा कार्यरत शिक्षकहरुलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न सवथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ । यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला निकायले लाखौं विद्यार्थीसँग जोडिने र फ्रन्टलाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । Advertisement शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङ्क संकलन गरिसकेको थियो । कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको य...
प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

देश, समाचार, सामाजिक
?????? काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका थिए ।  निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका हुन् ।  Advertisement राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको ओली निकट स्रोतहरुले बताएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यही जानकारी दिन शीतल निवास पुगेको उनीनिकट स्रोतले जनाएको छ । साभार: रातोपाटी ...
बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या : प्रहरी चौकीका प्रमुख निलम्बित

बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या : प्रहरी चौकीका प्रमुख निलम्बित

देश, समाचार, सामाजिक
२७ माघ, काठमाडौं । भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ । मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । Advertisement उनीमाथि आरोपीसँग मिलेको र पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ । आरोपी र थाना प्रमुखबीचको अडियो कुराकानी भाइरल भएपछि मिलिभगतको आशंका गरिएको थियो । यही माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका-३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए । मृतकका परिवार भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका थिए । Credit: OnlineKhabar ...