२०८२ पुष ७

सामाजिक

सुर्खेतमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, मृतकको पहिचान हुन सकेन

सुर्खेतमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, मृतकको पहिचान हुन सकेन

देश, समाचार, सामाजिक
सुर्खेत । स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  वीरेन्द्रनगरको टेम्पुपार्क स्थित कर्णाली राजमार्गमा बाङगेसिमलबाट एरिचोकतर्फ जाँदै गरेको नम्बर नखुलेको (सेतो कलरको स्कारपियो डबल क्याप) ले ठक्कर दिँदा नामथर वतन नखुलेको बर्ष अन्दाजी ५०(५५ को पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । Advertisement ठक्कर दिइ घाईते भएका पुरूषको उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा घाइतेको मृत्यु भएको हो । मृतकको आफन्तजनहरु हालसम्म (शनिबार विहान १० बजे) सम्पर्कमा कोही पनि  नआएको प्रहरीको भनाइ छ । शव चिन्नुहुने आफन्तजनहरु सनाखतको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ । साभार: रातोपाटी ...
आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

देश, समाचार, सामाजिक
कपिलवस्तु प्रहरी आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई  बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् ।   Advertisement इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।  प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ । साभार: रातोपाटी ...
सपनालाई धम्की दिने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

सपनालाई धम्की दिने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

देश, समाचार, सामाजिक
१३ फागुन, काठमाडौं । बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो । Advertisement काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन् । यद्...
कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भरतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  Advertisement ‘मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।” प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ । साभार: रातोपाटी ...
४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए । Advertisement त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको थियो । उनीहरुले माघ २६ देखि ३० गतेसम्म खोप लगाएका थिए । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप दिइएको मन्त्रालयले जनाएको छ । पहिलो चरणको पहिलो प्राथमिकतामा परेका २ लाख २१ हजार ७ स...
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दिपावली

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दिपावली

देश, समाचार, सामाजिक
२५ माघ, चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ । चार दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १०० भन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म ८१ जना सक्रिय संक्रमित रहेकामा ७ जना अस्पतालमा र ७४ जना होम आइसोलेसनमा छन् । गएको माघ २० गतेसम्म सक्रिय संक्रमितको संख्या ११८ थियो । Advertisement जनकपुर । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि जनकपुरधाममा खुसीयालीसहित दिपावली मनाइएको छ । स्थानीय युवाहरुको एक समूहले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिपावली मनाएका हो । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको स्थानीय युवा रकीप्रसाद साहले प्रतिक्रिया दिए । उनीहरुले दिप प्रज्वलन गर्दै धनुषाका विभिन्न न...
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ३९ वर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् ।  राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको थियो । Advertisement घटना भएलगत्तै प्रहरी चौकी बाघखोर तथा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।  राईलाई दमक नगरपालिका २ स्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । साभार: रातोपाटी ...
काठमाडौं प्लाजाको भाडा विवाद : साढे ५ करोड भाडा गुम्ने जोखिम

काठमाडौं प्लाजाको भाडा विवाद : साढे ५ करोड भाडा गुम्ने जोखिम

देश, समाचार, सामाजिक
११ फागुन, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद टुंग्याउन नेपाल ट्रष्टलाई सकस परेको छ । यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । Advertisement यो अलमल भएको ९ महिनाको अवधिमा करिब साढे ५ करोड रुपैयाँ भाडा गुम्ने जोखिम छ । कन्सेप्ट डेभलपर्स र ट्रष्टको विवाद के हो ? ३ असार २०५० मा तत्कालीन राजकीय सम्पत्ति कोष विभागका तत्कालीन सह–सचिव शंकरराज विष्ट र काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलका सुवासराज काफ्लेबीच वडा–३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो । काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रालिमा हस्तान्तरण भएपछि  २०६६ प...
बसोबासको माग गरेका वादी समुदायलाई प्रदेश सरकारको जवाफ : हामीसँग अधिकार नै छैन

बसोबासको माग गरेका वादी समुदायलाई प्रदेश सरकारको जवाफ : हामीसँग अधिकार नै छैन

देश, राजनीति, समाचार, सामाजिक
सुर्खेत । बसोबासको माग राख्दै सुर्खेत झरेका दैलेखका वादी समुदायलाई प्रदेश सरकारले जमिन दिन नसक्ने जवाफ दिएको छ । मङ्गलबार बिहान प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जमिनको व्यवस्था संघ र स्थानीय तहले गर्ने भएकाले प्रदेश सरकारले गर्न नसक्ने बताएका हुन्  । साथै मन्त्री भण्डारीले सीमित साधन श्रोतको कारण व्यवस्थापन गर्न गाह्रो भएको बताए । तीन तहका सरकारको आफ्ना कार्यक्षेत्र छन्,’ उनले भने, ‘हामी जमीन दिन सक्दैनौँ, स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिन्छौँ । समस्या समाधानका लागि मूल एजेण्डा बनाए समाधान गर्ने तर्फ हाम्रो ध्यान केन्द्रीत छ,’ भण्डारीले भने । Advertisement साथै भण्डारीले समस्या समाधानका लागि तथ्याङ्क संकलन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जमीनको लागि भूमि आयोग स्थापना गरिएको छ । त्यहाँ माग राख्नु होला,’ उनको तर्क थ...
प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ । Advertisement छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए । “छोरी विद्यालय गएकी थिइन्”, उनले भने, “घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।” छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्...