२०८३ असार १४

सामाजिक

पोखराको बेगनास तालमा एक युवक मृत भेटिए

पोखराको बेगनास तालमा एक युवक मृत भेटिए

देश, समाचार, सामाजिक
पोखरा । पोखराको बेगनासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पोखराको बेगनास तालको किनारामा दाङ तुलसीपुर –१५ चरुवा घर भई पोखरा खुँदी बस्दै आएका ३९ वर्षीय पूर्णबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । Advertisement ताल किनारामा तैरिरहेको  अवस्थामा चौधरीको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
काठमाडौँ महानगरपालिकाका एक हजार ५५० कर्मचारीको समायोजन

काठमाडौँ महानगरपालिकाका एक हजार ५५० कर्मचारीको समायोजन

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो । समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ । समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो । समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारी पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताए । ...
८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार, सामाजिक
नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको  चालु आर्थिक वर्षको छ महिनाको  तथ्याङ्क अुनसार मङ्सिर  मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा  थियो । कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । Advertisement प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव...
जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

विदेश / एन.आर.एन, समाचार, सामाजिक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन् ।त्यसका लागि दुई वटा उपाय भएको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए ।  ‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उनले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिए ।  Advertisement “भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,” प्रधानमन्त्री मोदीले भने । अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए । उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए ।  साभार:...
ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

देश, समाचार, सामाजिक
२२ फागुन, काठमाडौं । कञ्चनपुरको बेलौरीबाट चार ग्राम ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका-१० स्थित सीमा इलाकाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले चार ग्राम ब्राउन सुगरसहित कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरी र कैलालीको टीकापुर नगरपालिका-३ का २५ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरेको हो । Advertisement उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । से ३ प ७५९२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा बुझाइएको छ । साभार: रातोपाटी...
मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए । Advertisement थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  साभार: रातोपाटी ...
गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

देश, समाचार, सामाजिक
१९ फागुन, काठमाडौं । काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ । केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो । Advertisement मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भएकाले पौडेललाई आजीवन काराबारको सजाय सुनाएको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए । उक्त घटनामा कल्पनाकी छोरीको भने संलग्नता नदेखिएको भनी अदालतले सफाइ दिएको छ । गोंगबुको गणेशस्थान नजिक गत साउन २५ गते दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको थियो । कल्पना मुडभरी पौडेलको कोठामा गएका बोहराको राति हत्या गरी टाउको र खुट्टा एउटा झो...
प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

देश, समाचार, सामाजिक
प्रदेश २ को प्रदेशसभा गठन भएको तीन वर्षको वर्षगाँठ प्रदेश सरकारले मनाइसक्यो । प्रदेशसभाको पाँच वर्षको कार्यकालमध्ये अब दुई वर्ष मात्र बाँकी छ । तर, हालसम्म पनि प्रदेशको नाम तथा राजधानी तोक्ने काम हुन सकेको छैन । प्रदेशको नाम र राजधानी नतोक्दै प्रदेशसभाको पहिलो कार्यकाल सकिन्छ कि भन्ने चिन्ता सबैतिर भइरहेको छ । प्रदेशको नामकरण र राजधानी तोक्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौन छन् । पाँच महिनादेखि प्रदेशसभा बैठक बसेको छैन । कात्तिक ३ गते चौथो अधिवेशन सम्पन्न गरी स्थगित भएको प्रदेशसभा अझै सुचारु भएको छैन । प्रदेश सरकारले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा ध्यान नै नदिएको गुनासो प्रदेशका सांसद तथा नेताहरुको गुनासो छ । Advertisement प्रदेशको नाम तथा राजधानी तोक्नका लागि दुई तिहाई बहुमत चाहिन्छ । प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेप...
अभियन्तालाई भेट्न गएका पत्रकार पक्राउ

अभियन्तालाई भेट्न गएका पत्रकार पक्राउ

देश, समाचार, सामाजिक
१८ फागुन, काठमाडौं । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । फ्रि प्रेस नेपालमा कार्यरत श्रेष्ठलाई सोह्रखुट्टे प्रहरीले आज बिहान पक्राउ गरेको हो । अभियन्ताहरुबारे रिपोर्टिङ गर्न गएको बेला प्रहरीले पक्राउ गरेको श्रेष्ठले बताए । Advertisement प्रहरीले भने अनुमतिविना अभियन्ताहरुको फोटो खिचेकाले नियन्त्रणमा लिइएको जनाएको छ । बालाजु बाइपास क्षेत्रको सडक विस्तार अन्यायपूर्ण भएको भन्दै विरोधमा उत्रिएका ६ जनालाई यही फागुन १२ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई छुटाउन भन्दै प्रहरी कार्यालयमा पुगेका थप दुई जना (सुमन शाही र विरोचन श्रेष्ठ)लाई पनि प्रहरीले पक्रिएको थियो । Credit: OnlineKhabar ...
तनहुँको होटलमा आगलागी हुँदा ४० लाखको क्षति

तनहुँको होटलमा आगलागी हुँदा ४० लाखको क्षति

देश, समाचार, सामाजिक
१८ फागुन, तनहुँ । जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति करिब २ बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । Advertisement विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ । Credit: OnlineKhabar ...