२०८२ पुष ७

सामाजिक

मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए । Advertisement थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  साभार: रातोपाटी ...
गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

देश, समाचार, सामाजिक
१९ फागुन, काठमाडौं । काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ । केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो । Advertisement मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भएकाले पौडेललाई आजीवन काराबारको सजाय सुनाएको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए । उक्त घटनामा कल्पनाकी छोरीको भने संलग्नता नदेखिएको भनी अदालतले सफाइ दिएको छ । गोंगबुको गणेशस्थान नजिक गत साउन २५ गते दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको थियो । कल्पना मुडभरी पौडेलको कोठामा गएका बोहराको राति हत्या गरी टाउको र खुट्टा एउटा झो...
प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

देश, समाचार, सामाजिक
प्रदेश २ को प्रदेशसभा गठन भएको तीन वर्षको वर्षगाँठ प्रदेश सरकारले मनाइसक्यो । प्रदेशसभाको पाँच वर्षको कार्यकालमध्ये अब दुई वर्ष मात्र बाँकी छ । तर, हालसम्म पनि प्रदेशको नाम तथा राजधानी तोक्ने काम हुन सकेको छैन । प्रदेशको नाम र राजधानी नतोक्दै प्रदेशसभाको पहिलो कार्यकाल सकिन्छ कि भन्ने चिन्ता सबैतिर भइरहेको छ । प्रदेशको नामकरण र राजधानी तोक्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौन छन् । पाँच महिनादेखि प्रदेशसभा बैठक बसेको छैन । कात्तिक ३ गते चौथो अधिवेशन सम्पन्न गरी स्थगित भएको प्रदेशसभा अझै सुचारु भएको छैन । प्रदेश सरकारले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा ध्यान नै नदिएको गुनासो प्रदेशका सांसद तथा नेताहरुको गुनासो छ । Advertisement प्रदेशको नाम तथा राजधानी तोक्नका लागि दुई तिहाई बहुमत चाहिन्छ । प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेप...
अभियन्तालाई भेट्न गएका पत्रकार पक्राउ

अभियन्तालाई भेट्न गएका पत्रकार पक्राउ

देश, समाचार, सामाजिक
१८ फागुन, काठमाडौं । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । फ्रि प्रेस नेपालमा कार्यरत श्रेष्ठलाई सोह्रखुट्टे प्रहरीले आज बिहान पक्राउ गरेको हो । अभियन्ताहरुबारे रिपोर्टिङ गर्न गएको बेला प्रहरीले पक्राउ गरेको श्रेष्ठले बताए । Advertisement प्रहरीले भने अनुमतिविना अभियन्ताहरुको फोटो खिचेकाले नियन्त्रणमा लिइएको जनाएको छ । बालाजु बाइपास क्षेत्रको सडक विस्तार अन्यायपूर्ण भएको भन्दै विरोधमा उत्रिएका ६ जनालाई यही फागुन १२ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई छुटाउन भन्दै प्रहरी कार्यालयमा पुगेका थप दुई जना (सुमन शाही र विरोचन श्रेष्ठ)लाई पनि प्रहरीले पक्रिएको थियो । Credit: OnlineKhabar ...
तनहुँको होटलमा आगलागी हुँदा ४० लाखको क्षति

तनहुँको होटलमा आगलागी हुँदा ४० लाखको क्षति

देश, समाचार, सामाजिक
१८ फागुन, तनहुँ । जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति करिब २ बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । Advertisement विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ । Credit: OnlineKhabar ...
भागरथी हत्या अनुसन्धान अन्तिम चरणमा

भागरथी हत्या अनुसन्धान अन्तिम चरणमा

देश, समाचार, सामाजिक
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टबारेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको माघ २१ मा हत्या भएको थियो ।  हत्या आरोपमा पक्राउ गरिएका १६ वर्षीय किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । बलात्कार–हत्या अनुसन्धान अन्तिम चरणमा पुगेको बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले रातोपाटीलाई बताए । Advertisement उनले भने– ‘प्राविधिक जाँच गर्नुपर्ने सबै कुरा ल्याबमा पठाएको छौं, अब हामी अनुसन्धानको अन्तिम चरणमा पुग्यौं ।’  हत्यामा संलग्न आरोपीलाई प्रहरीले फागुन ४ मा पक्राउ गरेको थियो । आरोपी बालक भएकाले २१ दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्छ ।  साभार: रातोपाटी ...
म्यानमारः १८ जना मारिएको भोलिपल्ट प्रदर्शनकारीहरु पुनः सडकमा

म्यानमारः १८ जना मारिएको भोलिपल्ट प्रदर्शनकारीहरु पुनः सडकमा

विदेश / एन.आर.एन, समाचार, सामाजिक
एक महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाए । तर, एक दिनपछि प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् । आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । आङ सान सुचीको सरकारलाई पुनःस्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु माथि याङगनमा प्रहरीले गोली नै बर्साएको थियो । सोमबार यङगनमा प्रहरीले प्रदर्शनको केन्द्र बनेका स्थानहरुमा पानीको फोहरा फाल्ने गाडीदेखि बख्तरबन्द सैन्य गाडी परिचालन गरिएको छ । Advertisement प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा सुचीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन् । उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । सामाजिक सञ्जालमा लाइभ गरिएको भिडियोमा लासियोमा सानो संख्यामा प्रदर्शनकारीह...
घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

देश, समाचार, सामाजिक
काठमाडौं । ट्राफिक कारबाहीबाट बच्न खोज्नेहरुले दिएको घुस ‘चाहिँदैन’ भनेर अस्वीकार गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो । एक हजारभन्दा बढी घुस फिर्ता गर्ने ६ जनालाई नगदसहित सम्मान गरिएको ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । Advertisement नगदसहित पुरस्कृत हुनेमा हवल्दार शम्भु विश्वकर्मा, जवानहरू अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम अवतार राम छन् । घुस लिन निरुत्साहित गर्ने महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीसहितका प्रहरी कर्मचारीलाई महाशाखाले सम्मान गरेको छ । साउनयता घुस अफर गर्ने ९४ जना चालकलाई ट्राफिक महाशाखाले कानुनी कारवाही गरेको छ । गत साउनयता घुस फिर्ता गर्ने ६५ जना प्रहरीला...
गर्भपतनको आरोपमा तीन पक्राउ

गर्भपतनको आरोपमा तीन पक्राउ

देश, समाचार, सामाजिक
सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन् ।  Advertisement आरोपित मध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेश कुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताए । आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरुलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताइन् ।  आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्त...
१७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

१७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

देश, समाचार, सामाजिक
किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उम्मेरभन्दा कम उमेरकी किशोरीको विवाह भएको पाइएपछि बालविवाहसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।  Advertisement उनले नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुस...