२०८३ असार १४

सामाजिक

पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।     अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३१७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५ पुगेको छ । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७१ हजार ४०१ रहेको छ । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।  Advertisement अहिले देशभर ८९५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४४ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख १८ हजार ७२२ को पिसिआर पर...
मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
भोजपुर । मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो । Advertisement शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
अवैध रुपमा राखिएको बन्दुक बरामद

अवैध रुपमा राखिएको बन्दुक बरामद

देश, समाचार, सामाजिक
\ पाल्पामा अवैध बन्दुक प्रहरीले फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा राखिएको भरुवा बन्दुक बरामद गरेको जनाएको छ । बगनासकाली गाउँपालिका–४, महछाँपका २१ वर्षीय प्रेमबहादुर कनौजेले आफ्नै घरमा राखेको १ नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।  Advertisement कनौजेले लुकाईछिपाई राखेको अबैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । अवैध रुपमा भेटिएको बन्दुकको बारेमा थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
डिक्कीमा छरपस्ट २७ लाख लिएर  हुइँकिएको त्यो कार

डिक्कीमा छरपस्ट २७ लाख लिएर हुइँकिएको त्यो कार

देश, समाचार, सामाजिक
\ भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरलाई एउटा सूचना आयो जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर एउटा गाडी आउँदैछ । २६ गते अन्दाजी ८ बजे रातिको समयमा पेप्सीकोलाबाट भक्तपुरको सानोठिमी तर्फ आउँदै गरेको बा. २१ च ३८३९ नं.को नीलो रंगको कारलाई प्रहरीले चेकजाँच गर्न रोक्यो ।  परिसर भक्तपुरमा कार्यरत प्रहरी निरीक्षक शशीघर शर्मा र सुदन केसीको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन गरी उक्त गाडीको खोजी गरिरहेको थियो । कारलाई रोकी चेकजाँच गर्ने क्रममा बिनोद तामाङले उक्त गाडी चलाई ल्याएका थिए । महानगरीय प्रहरी परिसरका सूचना अधिकारी दिपक गिरीका अनुसार गाडीमा अन्य व्यक्तिहरु कोही थिएनन् ।  Advertisement तामाङ र सवार गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको डिक्कीमा छरपस्ट अवस्थामा हजार, पाँच सय र एक सय दरका नेपाली नोटहरु भेटिए । रुपैयाँका बिटाहरू गन्दा सत...
भारतमा कोरोनाविरुद्धको खोपको दुवै डोज लगाएका दुई जना कोरोना पोजेटिभ पाइयो

भारतमा कोरोनाविरुद्धको खोपको दुवै डोज लगाएका दुई जना कोरोना पोजेटिभ पाइयो

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको छ । एडिसनल सिभिल सर्जन पद्मजा सराफका अनुसार दोस्रो डोज लिएको ४२ दिनपछि शरीरमा पूर्णरुपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ । यता, भारतमा नै विकास र उत्पादन गरिएको 'कोभ्याक्सिन' लाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ । Advertisement भारतमा पछिल्ला दिनमा लगातार रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा २३ हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १५ हजार ०७२ जना निको भएका छन् । यही अवधिमा थप ११९ जनाले ज...
मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

देश, राजनीति, समाचार, सामाजिक
२७ फागुन, वीरगञ्ज । ‘वीरगञ्ज–२६ शारदा माविमा दुई कोठा बनाउन १६ लाख रुपैयाँ आएको थियो । इन्जिनियरले १० प्रतिशत कमिसन नलिएसम्म पास नै भएन,’ विद्यालय व्यवस्थापन समितिका सदस्य ध्रुवप्रसाद पटेलले गुनासो गर्दै भने, ‘उपभोक्ता समितिहरुले पनि त्यस्तै समस्या झेलिरहेका छन्, बिल भर्पाई पैसा नदिई पास हुन्न । नगरपालिका हैन ‘नरक’ पालिका जस्तै छ । कसैलाई नसमातिकन कुनै काम गराउन सकिन्न ।’ वीरगञ्ज महानगरपालिका कार्यालयले वीरगञ्ज–२६ सुगौलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पटेलले कर्मचारीलाई पैसा दिएपछि भने जस्तोसुकै काम हुने गरेको आरोप लगाए । Advertisement सार्वजनिक सुनुवाइ सुरु हुनु अघि समयान्तर मिडिया प्रालिले नागरिक र बर्हिगमन अभिमत प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा नगरको सेवा प्रवाह राम्रो रहेको र थोरै मात्र सुधार गर्नुपर्ने निष्कर्ष आएक...
मकैमा अमेरिकी फौजीकीराको प्रकोप

मकैमा अमेरिकी फौजीकीराको प्रकोप

देश, समाचार, सामाजिक
जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो ।  कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो । उनका अनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ ।  Advertisement जिल्लामा १४ हजार ३०० हेक्टरमा वसन्ते मकै लगाइने गरिएको छ । गत वर्ष ५१ हजार ५१ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै बर्से छ हजार ७३ हेक्टरमा र हिउँदे चार हजार ९८५ हेक्टरमा मकै लगाइने गरेको उनले जानकारी दिए ।  विशेषगरी यो किराले मकैको बिरुवा चारदेखि पाँच पाते हुन लागेपछि आक्रमण गर्ने गर्दछ । सो समयमा फौजी किराको माउले  फुल पार्ने र त्यो फुल लार्भा हुँ...
पोखराका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

पोखराका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

देश, समाचार, सामाजिक
पोखरा । महाशिवरात्रिको अवसरमा पोखरा र आसपास क्षेत्रमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बिहिबार बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।  विशेषरी वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् । Advertisement आज बिहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, छोरेपाटनको गुप्तेश्वर महादेव, विन्ध्यबासिनीस्थित महादेव, पुष्करेश्वर महादेव, नर्मदेश्वर महादेव, भरतपोखरीको सिलेङ्गेस्थित सिद्देश्वर महादेव, मनियलडाँडाका पशुपतिनाथ, धारपानी र मालागिरीस्थित शिव मन्दिरलगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी जल र गाईको दूध चढाउन लामबद्ध छन् ।  ...
हत्या अभियोगमा तीन पक्राउ

हत्या अभियोगमा तीन पक्राउ

देश, समाचार, सामाजिक
एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।      पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।  पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । Advertisement प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत...
प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत

प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत

देश, राजनीति, समाचार, सामाजिक
जनकपुर । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरुले पार्टी परित्याग गरि नेकपा एमालेमा जाने मनस्थिति बनाएका छन् । सर्वोच्च अदालतले नेकपा खारेजी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमा जाने तयारीमा लागेको एक प्रदेशसभा सदस्यले बताए । प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले स्रोतले जनाएको छ । Advertisement यस सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले यो छलफलको विषयवस्तु रहेकोले यसमा अहिले नै केही भन्नु उचित नरहेको बताए । आफू लगायत पार्टीका नेताहरु ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समी...