२०८२ पुष ७

सामाजिक

मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

देश, राजनीति, समाचार, सामाजिक
२७ फागुन, वीरगञ्ज । ‘वीरगञ्ज–२६ शारदा माविमा दुई कोठा बनाउन १६ लाख रुपैयाँ आएको थियो । इन्जिनियरले १० प्रतिशत कमिसन नलिएसम्म पास नै भएन,’ विद्यालय व्यवस्थापन समितिका सदस्य ध्रुवप्रसाद पटेलले गुनासो गर्दै भने, ‘उपभोक्ता समितिहरुले पनि त्यस्तै समस्या झेलिरहेका छन्, बिल भर्पाई पैसा नदिई पास हुन्न । नगरपालिका हैन ‘नरक’ पालिका जस्तै छ । कसैलाई नसमातिकन कुनै काम गराउन सकिन्न ।’ वीरगञ्ज महानगरपालिका कार्यालयले वीरगञ्ज–२६ सुगौलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पटेलले कर्मचारीलाई पैसा दिएपछि भने जस्तोसुकै काम हुने गरेको आरोप लगाए । Advertisement सार्वजनिक सुनुवाइ सुरु हुनु अघि समयान्तर मिडिया प्रालिले नागरिक र बर्हिगमन अभिमत प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा नगरको सेवा प्रवाह राम्रो रहेको र थोरै मात्र सुधार गर्नुपर्ने निष्कर्ष आएक...
मकैमा अमेरिकी फौजीकीराको प्रकोप

मकैमा अमेरिकी फौजीकीराको प्रकोप

देश, समाचार, सामाजिक
जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो ।  कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो । उनका अनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ ।  Advertisement जिल्लामा १४ हजार ३०० हेक्टरमा वसन्ते मकै लगाइने गरिएको छ । गत वर्ष ५१ हजार ५१ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै बर्से छ हजार ७३ हेक्टरमा र हिउँदे चार हजार ९८५ हेक्टरमा मकै लगाइने गरेको उनले जानकारी दिए ।  विशेषगरी यो किराले मकैको बिरुवा चारदेखि पाँच पाते हुन लागेपछि आक्रमण गर्ने गर्दछ । सो समयमा फौजी किराको माउले  फुल पार्ने र त्यो फुल लार्भा हुँ...
पोखराका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

पोखराका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

देश, समाचार, सामाजिक
पोखरा । महाशिवरात्रिको अवसरमा पोखरा र आसपास क्षेत्रमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बिहिबार बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।  विशेषरी वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् । Advertisement आज बिहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, छोरेपाटनको गुप्तेश्वर महादेव, विन्ध्यबासिनीस्थित महादेव, पुष्करेश्वर महादेव, नर्मदेश्वर महादेव, भरतपोखरीको सिलेङ्गेस्थित सिद्देश्वर महादेव, मनियलडाँडाका पशुपतिनाथ, धारपानी र मालागिरीस्थित शिव मन्दिरलगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी जल र गाईको दूध चढाउन लामबद्ध छन् ।  ...
हत्या अभियोगमा तीन पक्राउ

हत्या अभियोगमा तीन पक्राउ

देश, समाचार, सामाजिक
एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।      पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।  पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । Advertisement प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत...
प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत

प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत

देश, राजनीति, समाचार, सामाजिक
जनकपुर । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरुले पार्टी परित्याग गरि नेकपा एमालेमा जाने मनस्थिति बनाएका छन् । सर्वोच्च अदालतले नेकपा खारेजी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमा जाने तयारीमा लागेको एक प्रदेशसभा सदस्यले बताए । प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले स्रोतले जनाएको छ । Advertisement यस सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले यो छलफलको विषयवस्तु रहेकोले यसमा अहिले नै केही भन्नु उचित नरहेको बताए । आफू लगायत पार्टीका नेताहरु ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समी...
पोखराको बेगनास तालमा एक युवक मृत भेटिए

पोखराको बेगनास तालमा एक युवक मृत भेटिए

देश, समाचार, सामाजिक
पोखरा । पोखराको बेगनासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पोखराको बेगनास तालको किनारामा दाङ तुलसीपुर –१५ चरुवा घर भई पोखरा खुँदी बस्दै आएका ३९ वर्षीय पूर्णबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । Advertisement ताल किनारामा तैरिरहेको  अवस्थामा चौधरीको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
काठमाडौँ महानगरपालिकाका एक हजार ५५० कर्मचारीको समायोजन

काठमाडौँ महानगरपालिकाका एक हजार ५५० कर्मचारीको समायोजन

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो । समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ । समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो । समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारी पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताए । ...
८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार, सामाजिक
नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको  चालु आर्थिक वर्षको छ महिनाको  तथ्याङ्क अुनसार मङ्सिर  मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा  थियो । कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । Advertisement प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव...
जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

विदेश / एन.आर.एन, समाचार, सामाजिक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन् ।त्यसका लागि दुई वटा उपाय भएको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए ।  ‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उनले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिए ।  Advertisement “भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,” प्रधानमन्त्री मोदीले भने । अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए । उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए ।  साभार:...
ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

देश, समाचार, सामाजिक
२२ फागुन, काठमाडौं । कञ्चनपुरको बेलौरीबाट चार ग्राम ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका-१० स्थित सीमा इलाकाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले चार ग्राम ब्राउन सुगरसहित कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरी र कैलालीको टीकापुर नगरपालिका-३ का २५ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरेको हो । Advertisement उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । से ३ प ७५९२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा बुझाइएको छ । साभार: रातोपाटी...