२०८३ असार १४

सामाजिक

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
७ चैत, भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चितापोलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो । Advertisement मोटरसाइकलको पछाडि बसेकी उनी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल चालक सीताका छोर प्रकाशलाई भने केही भएको छैन । टिपर चालक सिन्धुपाल्चोकका २३ वर्षीय सुनिल तामाङ प्रहरी नियन्त्रणमा छन् । Credit: OnlineKhabar ...
ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवन । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । Advertisement ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । साभार: रातोपाटी ...
बौद्ध एरियामा एकैदिन ३ जनाले गरे आत्महत्या

बौद्ध एरियामा एकैदिन ३ जनाले गरे आत्महत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौंको बौद्ध र कपनमा एकैदिन ३ जनाले आत्महत्या गरेका छन् । शुक्रवार कपन, मूलपानी र अत्तरखेलमा ३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । मुलपानीस्थित तिवारी टोलमा डेरा गरेर बस्ने २४ वर्षीया दीपा श्रेष्ठ ‘सीता’ले आत्महत्या गरेकी छिन् । ललितपुर घर भएकी दीपा आफु बस्ने घरको छतमा फलामे बारमा झुण्डिएको फेला परेकी छिन् । अत्तरखेल बस्ने ओखलढुंगाका बाबुराम बस्नेत साथीको डेरामा झुण्डिएको अवस्थामा फेला परेका छन् । करिब ३५ वर्षीय बस्नेत दक्षिण ढोका स्थित उत्तरबाहिनीमा रहेको साथीको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका स्थानीय हुन् । Advertisement त्यस्तै बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा २४ वर्षीया विनिता पहरीले झुण्डेर आत्महत्या गरे...
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का  ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । Advertisement जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पु¥याएको थियो ।  जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । र...
बैतडीका वडाध्यक्ष होटलबाट पक्राउ

बैतडीका वडाध्यक्ष होटलबाट पक्राउ

देश, समाचार, सामाजिक
६ चैत, बैतडी । दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । Advertisement उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको ...
छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

देश, समाचार, सामाजिक
५ चैत, डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् । Advertisement गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षको कैद सजाय सुनाएको हो । Credit: OnlineKhabar ...
काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

देश, समाचार, सामाजिक
काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्प गएको हो । Advertisement भूकम्पको तीव्रता ४.१ म्याग्‍निच्यूडको रहेको थियो । यसअघि गत महिना दोलखा केन्द्रविन्दु भएर ४.२ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । साभार: रातोपाटी ...
होटलमा आगलागी : पाँच लाख क्षति

होटलमा आगलागी : पाँच लाख क्षति

देश, समाचार, सामाजिक
भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।  स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएका होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए । Advertisement राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साभार: रातोपाटी ...
रोल्पामा एक युवकको हत्या

रोल्पामा एक युवकको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । रोल्पामा एक युवकको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ चावाङका ३० वर्षीय वीरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।  Advertisement हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या भएको र त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँ, प्रहरी चौकी इरिवाङ र प्रहरी चौकी पाछाबाङबाट टोली खटाइ अनुसन्धान भइरहेको पनि डीएसपी सुवेदीले जानकारी दिए ।  साभार: रातोपाटी ...
दाङमा  छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । दाङमा आज भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ  । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोर गाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिँदा ३ वर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । Advertisement अटो चालक घोराही ६ बचाहका २७ वर्षीय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यता, तुलसीपुरमा पानीमा डुबेर १७ बर्षीय किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी यमबहादुर बोहराकी १७ वर्षीय छोरी सृजना बोहरा रहेको इलाका...