२०८२ पुष ४

सामाजिक

धनगढी कोभिड अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी कोभिड अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
धनगढीः धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । Advertisement सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको श्रेष्ठले बताए। श्वासप्रश्वास सम्बन्धी समस्या भएका ती संक्रमित निमोनियाले ग्रसित थिए । Credit: OnlineKhabar ...
बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ वैशाख, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । Advertisement धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।वैशाख १० गते उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । Credit: OnlineKhabar ...
गोरखाका दुई विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरो

गोरखाका दुई विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरो

देश, शिक्षा, समाचार, सामाजिक
१२ वैशाख, गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् । उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिएको पाटनदेवी माविका प्रधानाध्यापक सन्तोष पोखरेलले बताए । Advertisement ‘यही वैशाख पहिलो हप्ताबाट केही विद्यार्थीलाई टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले सबै कक्षाका अधिकांश विद्यार्थीमा यो समस्या देखिन थालेको छ ।’ समस्या भएका विद्यार्थीलाई विद्यालय नआउन भनिएको उनले बताए । ‘पठनपाठन नै बन्द गरेका चाहिं छैनौं, तर बिरामी बच्चालाई घरमै बस्न भनेका छौ, बाँकीलाई भौतिक दूरी कायम गराएर पढाइरहेका छौं,’ उनले भने । संस्कृत मावि तान्द्राङका प्रधाना...
चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देश, समाचार, सामाजिक
१२ वैशाख, काठमाडौं । चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार चितवनको भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ । ना ७ ख ८११९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–१९ की ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको हो । Advertisement ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी भरतपुर महानगरपालिका–१७ बेलवामा अनियन्त्रित भई ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ । ना ५ त १७४९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ३४ वर्षीय भक्तबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पु...
कोरोनाबाट भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु

कोरोनाबाट भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
१२ वैशाख, काठमाडौँ । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । Advertisement गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ ज...
सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित कुलोको छेउमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । गत वैशाख १० गते बिरामी भएका उनलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएका उनको श्वासप्रश्वासमा समस्या थियो । Credit: OnlineKhabar ...
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । Advertisement ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।  साभार: रातोपाटी ...
लागुऔषध सहित नागढुंगाबाट २ जना पक्राउ

लागुऔषध सहित नागढुंगाबाट २ जना पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । चन्द्रागिरी नागरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ घर भएका ४६ वर्षीय लाल बाबु नदाफ र २६ वर्षीय अलि हुसेन छन् । Advertisement  महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले उनीहरुको साथबाट ४ हजार ४ सय ९८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००५ख ९७२६ नम्बरको बसमा सवार उनीहरुले लुकाई छिपाई लागु औषध ल्याएका थिए ।  आरोपीहरु बिरुद्ध लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  साभार: रातोपाटी ...
लकडाउन होइन ‘मोबिलिटी रेस्ट्रिक्सन’ गर्न स्वास्थ्य मन्त्रालयको जोड

लकडाउन होइन ‘मोबिलिटी रेस्ट्रिक्सन’ गर्न स्वास्थ्य मन्त्रालयको जोड

देश, समाचार, सामाजिक, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि ‘मोबिलिटी रेस्ट्रिक्सन’ (आवातजावतमा कडाइ) मा जोड दिएको छ । नेपालमा कोरोनाको दोस्रो लहर बढ्दै गर्दा मन्त्रालयले संक्रमण नियन्त्रण र रोकथामका लागि ‘मोबिलिटी रेस्ट्रिक्सनमा जोड दिएको हो । विभिन्न नाममा भिडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालनामा समेत लापरबाही भइरहेको सन्दर्भमा मोबिलिटी रेस्ट्रिक्सन उपयुक्त विकल्प हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।  Advertisement उनका अनुसार मन्त्रालय विगत १ महिनादेखि नै सो मोडलको पक्षमा रहेको छ भने सोही अनुसार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पनि सुझाइएको थियो । जसमा ५ जना भन्दा बढी भिडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमा र नाकाहरुमा कडाइ गर्नेजस्ता विषय समेटिएका थिए ।  मन्त्रालयले कोरोनाको सम्...
अनियन्त्रित गाडी डिभाइडरमा ठोक्किदा आगो लाग्यो, दुई जना घाइते

अनियन्त्रित गाडी डिभाइडरमा ठोक्किदा आगो लाग्यो, दुई जना घाइते

देश, समाचार, सामाजिक
जनकपुरमा एक गाडी डिभाइडरमा ठोक्किएर आगलागी हुँदा दुई जना घाइते भएका छन् । शनिबार साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि हुँदै गन्तव्यतर्फ गुडिरहेको हायस सडकको वीच बाटोमा रहेको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा गाडीमा रहेको सिलिण्डरहरु एक आपसमा ठोकिएपछि आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । Advertisement प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले दिएको जानकारी अनुसार धनुषाको महेन्द्रनगरबाट जन्ती लिएर जनकपुरतर्फ फर्किदै गर्दा गाडीमा सवार रहेका एक दर्जन जन्तीमध्ये २ जना घाइते भएका छन् । क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन ।  धनुषा प्रहरीका अनुसार सो गाडीमा तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना हुन पुगेको जनाएको छ । सडकको बीच बाटोमा राखिएको डिभाइडरमा ठोक्क...