चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
१२ वैशाख, काठमाडौं । चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
आइतबार चितवनको भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ । ना ७ ख ८११९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–१९ की ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको हो ।
Advertisement
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी भरतपुर महानगरपालिका–१७ बेलवामा अनियन्त्रित भई ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ । ना ५ त १७४९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ३४ वर्षीय भक्तबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पु...









