भेरी अस्पतालमा ८ चिकित्सक र ३२ नर्ससहित ७५ जनामा कोरोना संक्रमण
१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।
Advertisement
‘एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण हुँदा उपचारमा समस्या आएको छ,’ केसीले अनलाइनखबरसँग भनिन्, ‘संक्रमित स्वास्थ्यकर्मी समेत अहिले उपचारमा खट्नु पर्ने बाध्यता छ ।’ १५ जना जति स्टाफ नर्स कोरोना मुक्त भएर पुनः काम फर्किएका कारण उपचारमा केही सहजता भएको भएपनि पर्याप्त नभएको उनले बताइन् ।
संक्रमण भएका चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको र केही कर्मचारी भने अस्पतालकै आइसोलेसनमा रहेको उनले बताइन् ।
अस्पतालमा अहिल...








