


कोरोनाभाइरसको सङ्क्रमण विरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । जसअनुसार नेपाली सेनाले गस्ती शुरु गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले मेचीनगर, भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ती गर्न शुरु गरेको बताए ।
Advertisement



उनले ती पाँच स्थानीय तह भारतसँग सीमा जोडिएका स्थानीय तह भएकाले सीमा क्षेत्र भन्दा पाँच किलो मिटर उत्तर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सपोर्टका लागि सेना परिचालन गरिएको बताए ।
‘सशस्त्र नेपाल प्रहरीलाई थप सपोर्टका लागि सेना परिचालन गरिएको हो’ प्रजिअ तिमिल्सिनाले भने, ‘सेनाको गस्ती मुख्यतः अनाधिकृत मानिस प्रवेशमा रोक लगाउने देखि कोरानाको कहरका समयमा आवश्यक सुरक्षाका लागि जनतालाई सचेतना जनाउने मक्सत हो।’ उनले नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणको टोली परिचालन गरिएको बताए।

यसअघि पनि कोरोनाको पहिलो लहरको कोभिड–१९ को महामारी तीब्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।
कोरोना फैलिएकै कारण जिल्ला प्रशासन कार्यालय झापाले आइतबार राति १२ बजेदेखि लागु हुने गरी एक साताका जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ ।
साभार: रातोपाटी





