२०८२ पुष ४

सामाजिक

गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए । उनका अनुसार कोरोना संक्रमणबाट मुत्यु हुनेहरुमा सबैभन्दा बढी स्याङजाका रहेका छन् । पछिल्लो २४ घन्टामा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ २,नवलपरासीका २ सहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेका छन् ।  Advertisement पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाका मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पोखरा १४ का ८४ वर्षीय पुरुष,मुस्ताङको मुक...
गुल्मीमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

गुल्मीमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गुल्मीमा आइतबार एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लाको कालिगण्डकी गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको आइतबार बिहान स्याङ्जाको कालिगण्डकी अस्पतालमा मृत्यु भएको छ । Advertisement त्यस्तै रेसुङ्गा नगरपालिका–२ की ७५ वर्षीय महिलाको गुल्मी अस्पतालमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । सोही अस्पतालमा धुर्कोट गाउँपालिका–२ का ३३ वर्षीय पुरुष र इस्मा गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको उक्त अस्पतालबाट जारी सूचनामा उल्लेख छ । यस्तै, रेसुङ्गा नगरपालिका–१ की ६६ वर्षीय महिला र सोही नगरपालिका– का ६४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ भने मालिका गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको सैनिक अस्पाल...
प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

विदेश / एन.आर.एन, समाचार, सामाजिक
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् ।  गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनका लागि आश्रयस्थलको खोजीमा भागेका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो संघर्ष समाप्त गर्न आव्हान गरिरहेको छ । शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासलाई फोन गरेर जारी हिंसाबारे चिन्ता प्रकट गरेका थिए ।  Advertisement ...
लुम्बिनी प्रदेशमा ९ सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रदेशमा ९ सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो । Advertisement यसैगरी ...
कोरोनाबारे १२२ नागरिक अगुवाको ध्यानाकर्षण

कोरोनाबारे १२२ नागरिक अगुवाको ध्यानाकर्षण

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नागरिक अगुवाहरुले कोरोना भाइरस (कोभिड १९) महामारीबाट मुलुकको अवस्था भयावह बन्दै गएको भन्दै सर्वसाधारणको जीवन रक्षा गर्न अपिल गरेका छन् ।  १२२ वटा नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार लगायत संवैधानिक निकायहरुको जवाफदेहिता माग गरेका हुन् । संयुक्त विज्ञप्तिमा कोभिड १९ को दोश्रो लहरबाट हजारौं नागरिकहरुका साथै नेपालमा बसोबास गर्ने व्यक्तिहरु आक्रान्त भैरहेको बताउँदै पछिल्लो परिस्थितिले सबैलाई शोकाकुल, निराश र हतास बनाएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छः ‘यस्तो गम्भीर स्वास्थ्य संकटको अवस्थामा नागरिकले एकातिर स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुन पाइरहेका छन् भने अर्कोतिर जीवनका लागि अत्यावश्यक अक्सिजनको अभावले गर्दा नागरिकको मृत्यु भैरहेको छ । यस्तो अवस्थामा सरकारको मुख्य दायित्व नागरिकलाई आधारभूत स्वास्थ्य उपचारको व्यवस्था गर्नु हो ।’ ...
सेनाले गर्‍यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

सेनाले गर्‍यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र  प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो । पहिलो प्याकेज करीब रु २१ अर्ब ६१ करोड र दोस्रो रु २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुने छन् । Advertisement सम्झौतापत्रमा द्रुतमार्गतर्फबाट आयोजना प्रमुख एवं सहायकरथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज एकका लागि कार्यकारी निर्देशक सु यान र प्याकेज २ का  प्रोजेक्ट प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरे । सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक नियम...
६७३ अक्सिजन सिलिन्डर अत्यावश्यक क्षेत्रमा वितरण

६७३ अक्सिजन सिलिन्डर अत्यावश्यक क्षेत्रमा वितरण

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिन्डरमध्ये ३२६ भरिएका र ३४७ खाली छन् ।  प्रहरीले आज सङ्कलन गरेका ६७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७६७ सिलिन्डरमध्ये शनिबार ५८५ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी रहेका १८२ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । Advertisement आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, प...
चौतर्फी आलोचनापछि कर्णाली प्रदेश अस्पतालले भन्यो – जटिल खालका बिरामी मात्र अस्पताल आउनुहोला

चौतर्फी आलोचनापछि कर्णाली प्रदेश अस्पतालले भन्यो – जटिल खालका बिरामी मात्र अस्पताल आउनुहोला

देश, समाचार, सामाजिक, स्वास्थ्य
चौतर्फी आलोचना भएपछि कोरोनाका नयाँ बिरामीलाई भर्ना नलिने भन्दै विज्ञप्ति निकालेको प्रदेश अस्पताल सुर्खेतले २४ घण्टा नबित्दै कोरोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ । आजै एक विज्ञप्ति जारी गर्दै  कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । Advertisement उक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस अस्पतालमा संकटको घडिमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भइ अझ मेहनतका साथ काम गर्नु पर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित श्रोत साधनबाट अधिकतम तवरले स्वास्थ्य उपचारको काम भईरहेको वास्तविकतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य संस्थाहरूबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्न र सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गर्न अनुरोध गर्दछौँ ।’ ...
निषेधाज्ञाको फाइदा उठाउँदै सार्वजनिक जग्गा अतिक्रमण

निषेधाज्ञाको फाइदा उठाउँदै सार्वजनिक जग्गा अतिक्रमण

देश, समाचार, सामाजिक
 कोरोना महामारी तथा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका बाबजुद प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेताले गुठीको जग्गा कब्जा गरी भवन निर्माण थालेका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक तथा धार्मिक धरोहर तिरहुतिया गाछीको जग्गा अतिक्रमण गरी सत्ताको आडमा दुई कोठे पक्की घर निर्माण कार्य भएको हो । Advertisement क्लोथ बैंक धनुषाका अध्यक्षसमेत रहेका जसपा नेपालका स्थानीय नेता राजीव झाले ऐतिहासिक तथा धार्मिक तिरहुतिया गाछीको १० धुर जग्गामा अवैधानिकरुपमा दुई कोठे पक्की भवन निर्माण गराएका हुन् । युवा अभियन्ता सुशिल कर्णले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जग्गा अतिक्रमण गरी भवन निर्माण भईरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकामा निर्माण कार्य बन्द गराउन निवेदन दिएका थिए । गुठी संस्थान अन्तर्गत...
प्रदेश १ मा कोरोनाको कहर : १० दिनमा १०३ जनाको मृत्यु

प्रदेश १ मा कोरोनाको कहर : १० दिनमा १०३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगर । गत शुक्रबार सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ४१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक ल्याबमा पठायो । आइतबार प्राप्त रिपोर्टमा ४१ मध्ये ४० जनामा कोरोना संक्रमण देखिएको उल्लेख थियो । ‘रिपोर्ट हेरेर अचम्मित भयौं,’ इटहरी अस्पतालका इमर्जेन्सी विभाग संयोजक रामकुमार धमलाले भने, ‘पीसीआर परीक्षणका लागि संकलित स्वाब शत प्रतिशतजस्तै पोजेटिभ रिजल्ट आयो ।’ इटहरी उपमहानगरपालिकाको नगरस्तरीय आइसोलेसन संयोजकसमेत रहेका धमलाले त्यसपछिका दिनमा प्रायः पीसीआरका लागि पठाइएको स्वाबको रिजल्ट शत प्रतिशत पोजेटिभ आउने क्रम जारी रहेको बताए ।  Advertisement इटहरी क्षेत्रमा गएको दुई हप्तामा संक्रमण दर उच्च भएको बताउँदै धमलाले दोश्रो लहर सुरु भएसँगै इटहरी क्षेत्रमा मात्र संक्रमित हुनेको संख्या ७१३ जना पुगेको बताए । कुल ...