२०८३ असार १२

सामाजिक

स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदल यात्रीको मृत्यु भएको छ ।  Advertisement कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
कोरोनाबाट ३ डाक्टरको मृत्यु

कोरोनाबाट ३ डाक्टरको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोनाभाइरस संक्रमणबाट तीन डाक्टरको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जनाएको छ ।  Advertisement मन्त्रालयले उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । साभार: रातोपाटी ...
वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी

वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी

देश, समाचार, सामाजिक
प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन । वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाएका थिए । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उनीहरुले शुरु गरेको जगमा विसं २०७० जेठ ५ गते पशुपतिको गुह्येश्वरी मन्दिर क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु गरिएको थियो । महाअभियान शुरु हुँदा शहरी विकास मन्त्रालयको सचिव रहेका किशोर थापा आठ वर्षमा नदी किनारलाई हेर्न लायक बनाउन सकिए पनि पानी स्वच्छ बनाउन नसकिएको स्वीकार्छन् । महाअभियान आठ वर्ष पूरा गरेको अवसरमा बुधबार बेलुकी जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरेपछि फेरि स्नान गर्ने अवसर वाग्मतीमा नजुटेको बताए । अब टेकुमा स्नानयोग्य पानी बनाउन महाअभियानले सफाइ एवं सरोका...
पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा

देश, समाचार, सामाजिक
६ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अत्यावश्यकबाहेकका काममा घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन । खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ । Advertisement त्यस्तै इनर्वा नाकाबाहेक भारतबाट प्रवेश गर्ने अन्य नाका सीमा वारपार आवागमन प्रवेश गर्न पनि रोक लगाइएको छ । सरकारी र निजी सेवा कार्यालय र निकायले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी उद्योग सञ्चालन गर्न सक्ने पनि प्...
सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

देश, समाचार, सामाजिक
५ जेठ, सप्तरी । सप्तरीमा बुधबार पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चानरुप नगरपालिका- ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement मृत्यु हुनेमा स्थानीय २० वर्षीया किन्तु सरदार र १३ वर्षीया छोरी रोशनी सरदार छन् । घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुवै जना डुबेर सिकिस्त भएको र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि सोही क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । Credit: OnlineKhabar ...
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सात जनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।  Advertisement बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए । अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।  यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका  ४६ वर्षीय पुरुष र...
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए । Advertisement उनका अनुसार डा.चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा.चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए ।  साभार: रातोपाटी ...
प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो

प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो

देश, समाचार, सामाजिक
मकवानपुरमा स्थानीय प्रशासनकै निर्णयले कोरोना संक्रमणको जोखिम उच्च भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद गर्नका लागि साताको २ दिन बजार क्षेत्रका पसलहरु खुला गर्ने निर्णय गरेसँगै कोरोनाको जोखिम झनै बढेको हो । मकवानपुरमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिस अनुसार गत जेठ १ गतेदेखि हेटौंडाको मुख्य बजार क्षेत्रको खाद्यान्न तथा तरकारी पसल सञ्चालनमा रोक लगाएको थियो । Advertisement सो निर्णय अनुसार हेटौंडा–१० बसपार्कमा रहेको तरकारी मण्डी, खोपेगल्लीका तरकारी पसल र टोल टोलमा तरकारी विक्री वितरण रोकिएको छ । अर्कोतिर सातामा २ दिनमात्र अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल खुल्दा उपभोक्ताको भिड अत्यधिक हुन...
गाउँभरी ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

गाउँभरी ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो ।  Advertisement आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो । आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । “घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउन...
आजदेखि बनेपा ‘सिल’

आजदेखि बनेपा ‘सिल’

देश, समाचार, सामाजिक
जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो । कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए ।  Advertisement उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । “औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ”, वादेले भने । नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्यु...