राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमार्डौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
उक्त अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै उनको कर्तव्य निर्वाह गर्न र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।
महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसंघमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघक...









