२०८३ बैशाख २४

राजनीति

एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन

एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन

राजनीति
नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष चुन्न आज निर्वाचन हुँदैछ। प्रदेशको नेतृत्व सहमतिमै टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि दुई बलिया दाबेदार राधाकृष्ण कँडेल र हरी रिजाल दुबैले पछि नहट्ने अडान लिएपछि निर्वाचन हुन लागेको हो। प्रदेशको नेतृत्व चयनका लागि आइतबार रातिदेखि नै निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। आज बिहान १० बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ। अध्यक्षका दुई उम्मेदवार कँडेल र रिजालले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन्। अधिवेशनले लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको जुँगाको लडाइँ सतहमा देखिएको छ। अध्यक्षका उम्मेदवार कँडेल पौडेल निकट हुन् भने रिजाललाई महासचिव पोखरेलको समर्थन छ। त्यहाँ अन्य पदाधिकारीका लागि पनि दुबै पक्षले आ-आफ्नो उम्मेदवार उठाउने आकलन छ।    एमालेको प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार रात...
शीतलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

शीतलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

राजनीति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ । ...
शान्तिप्रक्रिया टुंगोमा नपुर्‍याइँदा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत भयो : कल्याण श्रेष्ठ

शान्तिप्रक्रिया टुंगोमा नपुर्‍याइँदा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत भयो : कल्याण श्रेष्ठ

राजनीति
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्तिप्रक्रिया टुंगोमा नपुर्‍याइँदा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुनेमा उनले जोड दिए । पीडितलाई न्यायका लागि प्रतीक्षा गराउन नहुने उनले बताए । उनले शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको उल्लेख गरे । जतिसुकै जनआन्दोलन भए पनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने उनले बताए । “यो देश हाम्रो शान्तिमय देशको रूपमा संसारको मानचित्रमा बसेको देश हो । केही समय हामी द्वन्द्वपीडित देशमा वर्गीकृत छौँ । विश्व मानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौँ । यो शान्तिप्रक्रिया टुंगोमा नपुगेका कारणले यो चित्र हाम्रो निर...
कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा 

कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा 

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ । कोसी सरकारका मुख्यमन्त्री उद्धव थापासहितलाई विपक्षी बनाउँदै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि आजदेखि नियमित सुनुवाइ हुनेछ । यसअघि, यही भदौ ७ गते ईश्वरप्रसाद खतिवडाको इजलासले कोसी सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको थियो । थापाले प्रदेशसभाबाट विश्वासको मत लिने दिन सभाध्यक्षमण्डलका सदस्य नेपाली कांग्रेसका इस्राइल मन्सुरीले बैठक सञ्चालन गरेका थिए । प्रदेशसभामा मतदान हुँदै थियो । मत सच्याउने अवधि सकिएपछि मन्सुरीले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरे । त्यति बेला उनले माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई सभा सञ्चा...
संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछ : प्रधानमन्त्री

संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछ : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट समाधान हुने विश्वास लिइएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । वर्तमान संसद्सभा सुरु भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उनले उल्लेख गरे । सरोकारवालाले उठाएका केही समस्यालाई समितिले समाधान गर्ने आशा लिइएको उनले बताए । उनले संक्रमणकालीन न्यायको सन्दर्भमा संघर्षको प्रकृति, विषय र लोकतन्त्रको स्थापनासँगै सामाजिक परिवर्तनमा खेलिएको भूमिकाबारे विचार गर्न आवश्यक रहेकामा जोड दिए । संघर्षपछि बनाइएको नयाँ संविधानमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई उपलब्धिका रूपमा चिनाउनु प्रमुख एजेन्डा रहेको उनले बताए । उनले ‘जनयुद्ध’कै कारण आर्थिक, सामाजिक र सांस्कृति...
लुम्बिनी एमालेमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

लुम्बिनी एमालेमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

राजनीति
काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आज बिहान निर्वाचनका लागि उमेदवारी मनोनयनको काम भइरहेको छ ।  १० बजेसम्म उमेदवारी दर्ताको समय छ । “त्यसपछि उमेदवारी फिर्ताको समय दिइनेछ । उमेदवारी फिर्ता नभए निर्वाचन हुन्छ,” निर्वाचन आयोगका सदस्य विष्णु खनालले भने ।  अधिवेशनबाट २०५ सदस्यीय कमिटी चयन हुनेछ । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालले उमेदवारी दिएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सहमतिको प्रयास भइरहे पनि उनीहरू एकले अर्कालाई छाड्न मानेका छैनन् ।  ...
राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

राजनीति
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०१ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।  ...
कोसी सरकारविरुद्धको रिट : आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोसी सरकारविरुद्धको रिट : आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।  आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो । रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ । रिटमा पेसी पनि इजलासबाटै तोकिएको एमालेका तर्फबाट कोसी प्रदेशसभा सदस्य रहेका रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । कोसी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका हिक्मत कार्कीले रिट दायर गरेका थिए ।  ...
एमाले लुम्बिनी अधिवेशन : सहमति कि निर्वाचन ?

एमाले लुम्बिनी अधिवेशन : सहमति कि निर्वाचन ?

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्र जारी छ । रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बन्दसत्र भइरहेको छ । नेतृत्व कसरी चयन गर्ने भन्ने टुंगो लागेको छैन । सहमति वा निर्वाचन दुवै विकल्प खुला रहेको एक नेताले बताए । “नेतृत्वबारे सहमतिमा जाने कि चुनाव हुने भन्ने ‘क्लियर पिक्चर’ आइसकेको छैन,” ती केन्द्रीय नेताले भने । प्रदेश अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजाल मुख्य दाबेदार छन् । कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेलनिकट नेता हुन् । रिजाल महासचिव शंकर पोखरेलनिकट मानिन्छन् । बन्दसत्रबाट लुम्बिनीमा २०५ सदस्यीय कमिटी चयन गरिनेछ । शनिबार अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष पौडेल, महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताले सम्बोधन गरेका थिए । ...
सर्वोच्चदेखि जिल्ला अदालतसम्म ९९ न्यायाधीश रिक्त 

सर्वोच्चदेखि जिल्ला अदालतसम्म ९९ न्यायाधीश रिक्त 

देश, राजनीति, समाचार
काठमाडौं । न्यायको सर्वमान्य सिद्धान्तले भन्छ– ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो ।’ सर्वोच्च अदालतमै यतिखेर करिव २८ हजार मुद्दाको चाङ लागेको छ ।  त्यसमा पनि एक वर्ष, दुई वर्ष होइन दश वर्ष भन्दा बढी समय गुजारेका मुद्दा समेत छिनोफानोे हुन सकिरहेको छैन । सर्वोच्च प्रशासनका अनुसार, यो आर्थिक वर्ष सकिँदासम्म दश वर्ष पूरा हुने मुद्दाको संख्या १९४ छ ।  सर्वाेच्च अदालतमै समयमै न्यायाधीश नियुक्त हुन नसक्दा मुद्दाको चाप बढेको हो । यतिखेर सर्वोच्च अदालतमै सात न्यायाधीश पद खालि छ ।  संविधानमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहन्छन् । प्रारम्भिकबाहेक सर्वोच्चमा संयुक्त इजलासबाट मुद्दाको सुनुवाई गर्ने अभ्यास छ । यो अभ्यास हेर्दा पाँच न्यायाधीशको संवैधानिक र तीन न्यायाधीशको पूर्ण तथा पाँच न्यायाधीशको बृहत पूर्ण इजलासबाहेक सामान्य इजलास बस्दा पनि सात वटा मात्र बेञ्च...