२०८२ पुष ११

राजनीति

निर्वाचन परिणामप्रति राष्ट्रिय सभाध्यक्षको टिप्पणी: दलहरूको भविष्यप्रति घण्टी बज्यो

निर्वाचन परिणामप्रति राष्ट्रिय सभाध्यक्षको टिप्पणी: दलहरूको भविष्यप्रति घण्टी बज्यो

राजनीति
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम मुलुकका लागि हितकार नभएको टिप्पणी गरेका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थापित दलहरू माथि नै प्रश्न उठ्ने किसिमको परिणाम मुलुकका लागि हितकार नभएको बताएका हुन्। ठूलो संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू नै बलियो हुनुपर्ने उनले बताए। 'लोकतन्त्रमा दल वा स्वतन्त्र व्यक्ति रोज्न पाउने स्वतन्त्रता छ। तर जे परिणाम आएको छ के त्यो सु:खद छ त? पार्टी होइन स्वतन्त्र, स्वतन्त्र पनि पार्टी भएको छ एउटा। तर त्यसमा पार्टीभन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको हो कि? जे परिणाम आएको छ यसले दलहरूको भविष्यप्रति घण्टी बजेको छ,' उनले भने।  सचेत समुदायले दलहरूलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृ...
गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान माओवादीले बोलायो पदाधिकारी बैठक

गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान माओवादीले बोलायो पदाधिकारी बैठक

राजनीति
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान र चुनावको समीक्षाका लागि शनिबार पदाधिकारी बैठक बस्न लागेको सचिव गणेश साहले बताए। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। 'गठबन्धन सरकारमा माओवादीले दाबी गर्ने पदको खाकामा छलफल तथा चुनावी समीक्षा बैठकको प्रमुख एजेण्डा छ,' साहले भने। २०७४ सालको  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले यसपटक १७ सिट जितेको छ।   प्रतिनिधिसभा निर्वाचनमा माओवादी मधेस प्रदेश सुदूरपश्चिम पश्चिम प्रदेशमा कुनै सिट जित्न सकेन। बैठकमा चुनावी हारका कारणबारे पनि छलफल हुने साहले जानकारी दिए।   ...
हर्क साम्पाङले भने- बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरू एक हुनुपर्छ

हर्क साम्पाङले भने- बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरू एक हुनुपर्छ

राजनीति
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर शाहविरूद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन् -'कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !' पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन्। ...
माओवादी पदाधिकारी बैठक बस्दै : चुनावको समीक्षा र सरकार गठनबारे छलफल हुने

माओवादी पदाधिकारी बैठक बस्दै : चुनावको समीक्षा र सरकार गठनबारे छलफल हुने

राजनीति
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठक बस्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक बस्न लागेको पदाधिकारीको बैठकमा दुई एजेन्डा तय गरिएको बताइएको छ ।  उपमहासचिव हरिबोल गजुरेलले निर्वाचन समीक्षा र सरकार गठनका बारेमा छलफल गर्न पदाधिकारीको बैठक बस्न लागेको जानकारी दिए । कांग्रेससहित पाँच दल मिलेर प्रतिनिधिसभा निर्वाचनमा गएको अवस्थामा पार्टी र गठबन्धनलाई प्राप्त परिणाम र आगामी दिनमा कसरी जाने भन्नेबारेमा छलफल हुने उनको भनाइ थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव तथा पार्टी केन्द्रीय सदस्य रमेश मल्लले चुनावको प्रारम्भिक समीक्षा र आगामी रणनीतिबारे छलफल हुने बताए । अध्यक्ष दाहालले आगामी रणनीतिबारे पदाधिकारीबाट सुझाव लिनका लागि बैठक बोलाइएको मल्लले जानकारी दिए । माओवादीले शनिबार दिउँसो ३ बजे पार्टी केन्द्र...
वाग्मतीमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

वाग्मतीमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

राजनीति
काठमाडौँ — वाग्मती प्रदेशबाट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको छ । प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन कार्यविधि लागू जानकारीसहित परिपत्र वाग्मती प्रदेशको सबै यातायात कार्यालयमा गरिएको छ । वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार गरेको परिपत्रअनुसार सवारी अनुमतिपत्र सम्बन्धी नयाँ कार्यविधि लागू भएको छ । पाँच महिनाअघि प्रदेशका सबै यातायाता कार्यालय प्रदेश यातायात मन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो । निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न लागिएको हो । लिखित परीक्षमा भने ६० अंक ल्याउनुपर्ने भएको छ । यसअघि ५० रहेकोमा त्यसलाई बढाइएको मन्त्रा...
स्याङ्जा–२ : धनराज गुरुङ अग्रता बढाउँदै, पद्मा अर्याल २५४९ मतले पछाडि

स्याङ्जा–२ : धनराज गुरुङ अग्रता बढाउँदै, पद्मा अर्याल २५४९ मतले पछाडि

राजनीति
काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । उनले ९ हजार ६१३ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले सातहजार ६४ मत पाएकी छन् ।  उनी दुईहजार ५४९ मतले पछाडि छिन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले तीनहजार ७७२ मत ल्याएका छन् । ...

प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, यी हुन् विजेता (सूचीसहित)

प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, यी हुन् विजेता (सूचीसहित)

राजनीति
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान पौने १२ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी तीनमध्ये एक क्षेत्रमा मतगणना जारी छ । दुई क्षेत्रमा मतगणना नै सुरु भएको छैन । त्यसमध्ये नेपाली कांग्रेसका उमेदवार ५५ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भइसकेका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का उमेदवारले १७ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी)का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले समान सात/सात क्षेत्रमा जित हासिल गरेका छन् । लोकतान्त्रि...
सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की विजयी

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की विजयी

राजनीति
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान साढे ११ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ३१ हजार ८५२ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख तीन हजार ४६६ मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ५५ हजार ३०९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उक्त पार्टीले ११ लाख आठ हजार २१७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८१ हजार ४३५ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख १६ हजार २०३ मत पाउँदै छौटौँ स्थानमा छ । जनमत पार्टी तीन लाख ८६ हजार १०७...
नेपालले नयाँ प्रधानमन्त्री मात्र हैन, काम गर्ने नयाँ तरिका पनि खोजेको छ : गगन थापा

नेपालले नयाँ प्रधानमन्त्री मात्र हैन, काम गर्ने नयाँ तरिका पनि खोजेको छ : गगन थापा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालले नयाँ प्रधानमन्त्रीसँगै पुरानो काम गर्ने कार्यशैलीमा परिवर्तन खोजेकाे बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा थापाले अब बन्ने सरकारले देशको विकासलाई प्रथमिकता दिनुपर्ने बताए । “नेपालले नयाँ सरकार मात्र खोजेको हैन । पुराना पुस्ताले काम गर्ने शैलीमा पनि परिवर्तन खोजेको छ । हामीले त्यसमा ध्यान दिनुपर्छ । अब हामीलाई कुनै छुट छैन,” उनले भने । सरकारले अब परम्परागत तरिकाले काम गर्न नहुने उनको भनाइ छ । “सरकारले अहिले जसरी अँध्यारो कोठामा काम गर्दै आएको छ । त्यो अन्य हुनुपर्छ । सरकार आँट भएको हुनुपर्छ । गरिँदै आएका परम्परागत कार्यशैली परिवर्तन गर्न सकिएन भने तात्त्विक फरक पर्दैन ।” अब सरकारले आर्थिक विकासका लागि खुला बसहस चलाउनुपर्ने पनि उनले बताए । प्रधान...
प्रधानमन्त्रीमा मेरो उमेदवारी स्वभाविक हो : नेता पौडेल

प्रधानमन्त्रीमा मेरो उमेदवारी स्वभाविक हो : नेता पौडेल

राजनीति
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् । “गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरूबीच सल्लाह हुँदैछ,” उनले भने, “म प्रधानमन्त्रीको स्वभाविक उमेदवार हो । अहिले प्रधानमन्त्रीको उमेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उमेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ । “सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ । तर, अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेस्ट गर्नुपर्ने मान्छे म मात्र हो,” उनले भने, “पार्टी स...