२०८२ चैत्र १५

राजनीति

शीतलनिवास पुगेर सीके राउतले भेटे राष्ट्रपति

शीतलनिवास पुगेर सीके राउतले भेटे राष्ट्रपति

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) शीतलनिवास पुगेका छन् ।  राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिलाई भेट्न आफू मंगलबार शीतलनिवास पुगेको जानकारी दिए ।  राष्ट्रपति भण्डारीसँगको भेटमा समसामयिक राजनीतिक विषय र तिनको निकासका लागि छलफल भएको उनले उल्लेख गरेका छन् ।  “सम्माननीय राष्ट्रपतिज्यूसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल,” तस्विरसहित उनले फेसबुकमा लेखेका छन् । ...
देश बदल्छौँ भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने ? : गगन थापा

देश बदल्छौँ भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने ? : गगन थापा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनदेखि सँगै रहेका नेता डा. शेखर कोइरालासँग अहिले पनि सँगै रहेर पार्टीभित्र विधि स्थापित गर्न लागिपरेको बताएका छन् । विराटनगरमा कांग्रेस नेता गुरु घिमिरेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देश बनाउने अभियानमा लाग्दा उमेर सोध्ने काम भएको बताउँदै अभियानबाट पछि नहट्ने स्पष्ट पारे । “देश बदल्छौं भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने ?,” उनको प्रश्न थियो, “कुन दाइ रिसाउनुहुन्छ मतलब गर्नुहुँदैन । अब मनको डर निकाल्नुपर्छ ।”  उनले विचारको कारणले महाधिवेशनमा शेखर कोइरालासँग एकैठाउँमा उभिएको हुँदा फेरि पनि पार्टीभित्र सुधारका एजेन्डा सँगै लिएर अघि बढ्ने बताए । “हामी उहाँकै नेतृत्वमा, उहाँसँगै रहेर काम गर्छौँ । पार्टीभित्र पनि सुधारका एजेन्डा अघि सार्छौँ । विधिको श...
समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने

समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने

राजनीति
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार ४३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।  मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उमेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।  निर्वाचनका लागि कूल मतदाता एक करोड ७...
प्रचण्ड र गृहमन्त्रीबीच भेट

प्रचण्ड र गृहमन्त्रीबीच भेट

राजनीति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गरेका छन्। ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए। भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बताइएको छ। निर्वाचनमा गठबन्धन गरेका दलहरूले पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको दिँदै आएका छन्।  ...
सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

राजनीति
काठमाडौँ — सत्ता गठबन्धनमा आवद्ध दलहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमत भएका छन् । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 'चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरियो । बैठकले आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ,' नेता भुसालले बताए । निर्वाचन सम्पन्न भएपछि सत्ता गठबन्धन दलहरूको यो पहिलो बैठक हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरू सहभागी थिए । चुनावमा गठबन्धन गरेको दल लोसपाका नेता भने बैठकमा सहभाग...
एकीकृत समाजवादीको एक्लो सांसद बनेर ‘मालदार’ मन्त्रालय ताक्ने मनाङेको दाउ

एकीकृत समाजवादीको एक्लो सांसद बनेर ‘मालदार’ मन्त्रालय ताक्ने मनाङेको दाउ

राजनीति
पोखरा । गण्डकीका बहालवाला युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । चुनावको अन्तिम नतिजा लगभग आइसकेर सरकार गठनको प्रक्रिया अघि बढ्ने बेला उनी 'अचनाक' एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । सोमबार साँझ मात्र केन्द्रमा सत्ता गठबन्धनका शीर्ष चार नेताले संयुक्त वक्तव्य जारी गरेका छन् । जसमा एकीकृत समाजवादी पनि छ । वक्यव्यमा अहिलेको गठबन्धनलाई निरन्तरता दिने भनिएको छ।  गण्डकीमा नयाँ सरकार गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिले अरू नचाहिने स्थिति छ । सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय भएपछि गण्डकीमा सांसविहीन अवस्थामा पुगेको एकीकृत समाजवादी पनि सत्ता साझेदार दल हुने बुझेर नै मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।  एकीकृत समाजवादीले गण्डकीमा नवलपु...
सरकार गठनबारे सञ्चारमन्त्री भन्छन्– केही दिन पर्खनुस् न !

सरकार गठनबारे सञ्चारमन्त्री भन्छन्– केही दिन पर्खनुस् न !

राजनीति
काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समानुपातिक मत परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठनबन्धनको बैठकपछि उनले सरकार गठनका विषयमा केही दिन पर्खन आग्रह गरे ।   “जनअपेक्षा अनुसार केही दिनमा हामी अघि बढ्छौँ । सरकारको विषयमा केही दिन पर्खनोस् सबै स्पष्ट हुन्छ,” उनले भने, “समानुपातिक मत परिणाम आइसकेपछि प्रक्रिया अघि बढ्छ ।” सञ्चारकर्मीहरूले आज बैठकअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डलाई फकाउन खुमलटार पुग्नुभएको हो ?' भन्ने प्रश्नमा उनले आफू बधाई दिन मात्रै पुगेको बताए ।  “म बधाई दिन गएको हो । माधव नेपालजीलाई पनि भेटेर बधाई दिएको छु । अरू कुरा होइन,” उनले भने । ...
सत्ता गठबन्धनले निरन्तरता पाउने, निर्वाचनको नतिजा अपेक्षाकृत नआएको निष्कर्ष

सत्ता गठबन्धनले निरन्तरता पाउने, निर्वाचनको नतिजा अपेक्षाकृत नआएको निष्कर्ष

राजनीति
काठमाडौं । सत्ता गठबन्धनले निर्वाचन नतिजा अपेक्षाकृत नआएको निष्कर्ष निकालेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी परिणाम अपेक्षाकृत नभएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।  बैठकले आगामी दिनमा अझै गठबन्धनलाई अझै शसक्त बनाएर लैजाने निर्णय पनि गरेको छ ।  बैठकपछि कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका सामु विद्यमान चुनौतीको सामाना गर्नुपर्ने आवश्यकताले पनि गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको बताए ।  उनले निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएकाले असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने निर्णय भएको कार्कीले बताए । बैठकपछि गठबन्धनका ...
लुम्बिनी प्रदेश : स्थायी संरचना नबनेकोले राजधानी दाङ नसार्न कांग्रेसकाे माग

लुम्बिनी प्रदेश : स्थायी संरचना नबनेकोले राजधानी दाङ नसार्न कांग्रेसकाे माग

राजनीति
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । कामचलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी सार्न हतार नगर्न माग गरेको हो । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापनपत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनेको हो । पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन कांग्रेसले आग्रह गरेको छ । ज्ञापनपत्रमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ...
गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : माओवादी

गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : माओवादी

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ । पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए । “अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको छ,” बैठकपछि उनले भने, “निर्वाचनमा थोरै यताउता भयो होला । यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । हाम्रा आफ्नै कमी कमजोरी र सीमा पनि रहे होलान् । आगामी दिनमा सुधार गर्दै गएर पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने छ । निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी भएको छ ।” उनले पार्टीले पहिले गठबन्धनमै छलफल गर्ने र त्यसको विकल्प खोज्ने विषयमा कुरै नगरेको बताए । उनका अनुसार सोमबार नै गठबन्धनको बैठक बोलाइएको छ ।  “सरकार गठनको बारेमा विषय प्रवेश भएको छैन,” उनले भने, “त्यसो भएको हुनाले ...