२०८२ पुष ११

राजनीति

उपत्यकामा खुम्चिँदो कम्युनिस्ट प्रभाव– कहिले थेग्नै नसक्ने मत, कहिले शून्य !

उपत्यकामा खुम्चिँदो कम्युनिस्ट प्रभाव– कहिले थेग्नै नसक्ने मत, कहिले शून्य !

राजनीति
काठमाडौं । संविधानसभाको पहिलो निर्वाचनमा नेकपा (माओवादी केन्द्र) पहिलो दल बन्यो ।  देशभर प्रत्यक्षमा कूल १२० सिट ल्याउँदा उपत्यकाका १५ क्षेत्रमध्ये ७ क्षेत्र जितेको थियो ।  ०६४ को निर्वाचनमा नेकपा एमाले उपत्यकामा सिटबिहीन बन्यो ।  ०७० सालमा एमालेले नजिता सुधार्‍यो । माओवादीले आफ्नो अस्तित्व जोगाउन सकेन ।  १० वर्षपछि पुग्दा ०७४ को निर्वाचनमा एमालेले उपत्यकामा ८ क्षेत्र जितेको थियो ।  ०७९ को निर्वाचनमा एमाले उपत्यकामा २ सिटमा खुम्चिन पुगको छ भने माओवादी सिट शून्यको अवस्थामै रह्यो ।  एमालेबाट विभाजन भएर पहिलो पटक निर्वाचनमा गएको एकीकृत समाजवादी पनि उपत्यकामा सिटविहीन बनेको छ । अर्थात् उपत्यकामा कम्युनिस्ट प्रभाव झनै खुम्चिँदै गएको देखिएको छ । कुन दलले कहाँ जितेका थिए ? २०६४ मा काठमाडौंका १० क्षेत्रमध्ये २, ६, ७ र १० नम्बर माओवादीका...
बाजुरा र स्याङजा–२ मा मतगणना गर्न आयोगको निर्देशन

बाजुरा र स्याङजा–२ मा मतगणना गर्न आयोगको निर्देशन

राजनीति
काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङजा–२ मा मतगणना गर्ने निर्णय गरेको छ । निर्णयसँगै सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई मतगणना गर्न निर्देशन दिइएको छ ।  यी दुई निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै उजुरी परेको थियो । सोही कारण मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाका लागि मतदान भए पनि गणना भने हुन सकेको थिएन ।  निर्वाचन आयोगले टोली बनाएर घटनाको छानबिन गरी प्रविदेन आएपछि मतगणना गर्ने निर्णय गरेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । “आयोगले रोकिएका दुवै क्षेत्रको मतगणना गर्ने गरी निर्णय गरेको छ,” उनले भने ।  ...
उपाध्यक्ष ज्ञवाली भन्छन्– एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्छौं

उपाध्यक्ष ज्ञवाली भन्छन्– एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्छौं

राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् । मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने उनले बताए ।  हिमालयन न्युज एजेन्सीसँग उपाध्यक्ष ज्ञवालीले न्यूनतम साझा कार्यक्रम बनाएर पाँच वर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्ने र यसले मात्रै मुलुकको संकटलाई पार लगाउने बताए ।  माओवादीलगायत न्य कम्युनिष्ट पार्टीलाई भाइ कांग्रेस नबन्न सुझाव दिँदै भाइ कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने उनको तर्क छ । ज्ञवालीले विगतमा भएका तीतामिठा कुरालाई बिर्सदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीलाई आह्वान गरे ।  ...
प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रियसभाका यथावत

प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रियसभाका यथावत

राजनीति
काठमाडौं । संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुँदै छ । मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा भने मतपरिणाम आइसकेको छ ।  मतपरिणाम अन्तिम चरणमा पुगेसँगै आम नागरिकमा संघीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो छ । न्युज एजेन्सी नेपालसँग संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही विचाराधीन अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागतरूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू निस्क्रिय भइसकेको बताए । राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अव...
एमाले उमेदवारभन्दा कांग्रेसका कार्की ३२८ मतले अगाडि

एमाले उमेदवारभन्दा कांग्रेसका कार्की ३२८ मतले अगाडि

राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायम छ । नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्र बहादुर कार्कीले २६ हजार ५६३ मत पाएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार जगदिश प्रसाद कुसियैतका पक्षमा २६ हजार २३५ मत खसेको छ । उनीहरूबीचको मतान्तर ३२८ रहेको छ ।   राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जीवन कुमार श्रेष्ठले २ हजार ९०१ मत पाएका छन् ।  ...
समानुपातिकतर्फ एक करोड मतगणना हुँदा कसको कति ?

समानुपातिकतर्फ एक करोड मतगणना हुँदा कसको कति ?

राजनीति
काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।  समानुपातिकतर्फ बुधबार बिहान १० बजेसम्म १ करोड १२ हजार ४७ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै छ ।  निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९७ हजार ६६४ मत ल्याएको छ ।  दास्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५५ हजार १५९ मत पाएको छ ।  पहिलो स्थानमा रहेको एमालेको मत कांग्रेसभन्दा एक लाख ४२ हजार २०५ धेरै छ ।  तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)को ११ लाख ४१ हजार २७३ मत छ ।  चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७८९ मत ल्याएको छ ।  माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको मतान्तर ४३ हजार ४८४ छ ।  यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७० हजार ३०४ मत पाएको छ ।  जनता समाजवादी पार्टीले ...
अग्रजको आशिर्वादसँगै युवा नेतृत्व आवश्यक छ, देश हामी चलाउँछौँ : गगन थापा

अग्रजको आशिर्वादसँगै युवा नेतृत्व आवश्यक छ, देश हामी चलाउँछौँ : गगन थापा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधानमन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताए । कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनको भनाइ छ ।  मंगलबार संसदीय दलको नेता बन्ने विषयमा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।  “प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र ...
ओलीलाई मेयर बालेनको प्रश्न : सुकुम्वासीले भोगेको ३२ जाडो देख्नुभएन ?

ओलीलाई मेयर बालेनको प्रश्न : सुकुम्वासीले भोगेको ३२ जाडो देख्नुभएन ?

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्वासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको धारणाबारे जवाफी प्रश्न तेर्स्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीलाई विभिन्न प्रश्न गरेका छन् । मंगलबार एमाले केन्द्रीय कार्यालयको एक कार्यक्रममा ओलीले सुकुम्वासीमाथि राज्यले आतंक फैलाएको टिप्पणी गरेका थिए । जसको जवाफमा बालेनले ओलीलाई आफू दुईतिहाइको सरकारको प्रधानमन्त्री भएको बेलासमेत गरी ३२ जाडोमा समस्या किन नदेखेको भन्दै प्रश्न गरेका छन् । उनले सुकुम्वासीहरु ओलीका लागि भोटमात्रै भएको टिप्पणी गरेका छन् । बालेनले सुकुम्वासीलाई ओलीले गुठी विधेयक जस्ता आन्दोलनमासमेत प्रयोग गरेको आरोप लगाए । ...
ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर अग्रता बढाउँदै

ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर अग्रता बढाउँदै

राजनीति
काठमाडौं । सुनसरी–४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ९०३ मत ल्याएका छन् । उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । कुसियैतले २३ हजार ७१९ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा १८४ मतले पछाडि छन् । ...
ज्ञानेन्द्रबहादुर कार्की १६२ मतले अगाडि

ज्ञानेन्द्रबहादुर कार्की १६२ मतले अगाडि

राजनीति
काठमाडौं । सुनसरी–४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखरेका छन् । पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ७६६ मत ल्याएका छन् । उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । कुसियैतले २३ हजार ६०४ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा १६२ मतले पछाडि छन् । ...