२०८२ चैत्र १५

राजनीति

प्रचण्ड ‘मुभ’ : सुरुमै प्रधानमन्त्री !

प्रचण्ड ‘मुभ’ : सुरुमै प्रधानमन्त्री !

राजनीति
काठमाडौं । मंसिर ४ गते भएको मतदानको एउटा निर्वाचन क्षेत्रबाहेकका स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम आउने क्रम सुरु भएपछि सरकार निर्माणको गृहकार्य पनि त्यसैगरी भइरहेको छ । सरकार गठनका लागि विशेष गरेर अहिलेकै सत्ता गठबन्धनभित्र व्यापक छलफल भइरहेको छ भने एमाले पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको छ । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गगन थापा र शेखर कोइरालाले प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन् । रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाको पनि मसिनो स्वर सार्वजनिक भएको छ । एमालेले यसअघि नै  अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वमै सरकार बनाउने निर्णय गरेको थियो ।  माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीमा दाबी छ । निर्वाचनलगत्तै प्रचण्डले प्रधानमन्त्रीका लागि सुरुवाती ‘मुभ’ सुरु गरेका छन् । उनले टीकापुर हत्य...
कांग्रेस दौड : संस्थापनइतरबाट शेखर र गगनमध्ये को ?

कांग्रेस दौड : संस्थापनइतरबाट शेखर र गगनमध्ये को ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्ने कसरत सुरु भएको छ । अहिलेको निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । कांग्रेसको संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई नै संसदीय दलको नेता बनाउने गृहकार्य थालेको छ । देउवा नै नयाँ प्रधानमन्त्री हुने गरी तयारी गरिएको हो । प्रधानमन्त्री देउवाले कांग्रेसबाट नवनिर्वाचित सांसदहरूलाई नयाँ सरकारमा अवसर दिने आश्वासन बाँडिरहेका छन् । उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूसँगको संवादका लागि उपसभापति पूर्णबहादुर खड्कालाई खटाएका छन् । तर, संस्थापनइतर पक्ष देउवा अब ‘फेज आउट’ नेता भएको भन्दै संसदीय दलमा उनी हार्ने विश्लेषणसहित तयारीमा जुटेको छ । आफ्नो तर्फबाट एकल उमेदवार चयनमा भने संस्थापनइतर सफल भएको छैन । जितेका सांसदहरू काठमाडौं नआइसकेकाले सामूहिक बैठक र छलफल गर्न नपाएको संस्थापनइतर पक्षले जनाएको छ । योब...
लुम्बिनीको राजधानी बुटवलबाट नसार्न निर्वाचित चार प्रदेशसभा सदस्यको आग्रह

लुम्बिनीको राजधानी बुटवलबाट नसार्न निर्वाचित चार प्रदेशसभा सदस्यको आग्रह

राजनीति
बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित चार प्रदेशसभा सदस्यले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न खोजिएको प्रति आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् । प्रदेशसभाबाट लुम्बिनीको स्थायी राजधानी दाङ कायम भइसकेको छ । त्यहाँ भौतिक संरचना निर्माण गरी राजधानी स्थापित गर्ने निर्णय गरिएको थियो । अहिले कुनै संरचना नबनाई बुटवलबाट राजधानी सार्न लागिएको विज्ञप्तिमा उल्लेख छ । सो विषय केही दिनमै गठन हुने प्रदेशसभा र प्रदेश सरकारले टुंगो लगाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । ...
श्रम तथा रोजगारमन्त्री कुवँर भन्छन्– स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ

श्रम तथा रोजगारमन्त्री कुवँर भन्छन्– स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ

राजनीति
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । आइतबार नेपाल एफएम नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताए । उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरूको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसाय खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए । मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरूमा काम गर्ने नेपाली मजदुरहरू भन्दा विदेशीहरू बढिरहेको भन्दै नेपाली श्रमीकलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए । उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति...
जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्छ : सीके राउत

जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्छ : सीके राउत

राजनीति
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनतासँग गरिएका प्रतिबद्धता इमानदारिताका साथ पूरा गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको उल्लेख गरे । निर्वाचनमा पाएको साथ र समर्थन काम गर्दा अझै बढी आवश्यक पर्ने उनले बताए । राउतले आफूहरूले काम गर्न नसके देश र जनता निराशामा जाने भन्दै पाएको जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्ने धारणा राखे । उनले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरे । उनी योपटक सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ...
माओवादी निरन्तर सत्तामा रहँदा जनमत घट्यो: मातृका यादव

माओवादी निरन्तर सत्तामा रहँदा जनमत घट्यो: मातृका यादव

राजनीति
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निरन्तर सत्तामा रहेको कारण चुनावी परिणाममा असर परेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले पार्टी निरन्तर सत्तामा रहेका कारण जनमत घटेको बताएका हुन्। नेता यादवले गठबन्धनकोतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने स्थिति रहेको बताएका छन्। 'अहिले पाँच दलीय गठबन्धनकै नेतृत्वमा सरकार बन्ने स्थिति छ। कसैको काँधमा पनि चढ्नुपर्दैन। ओलीको नेतृत्व रहेसम्म एमालेको सहयोग लिनुहुँदैन,' उनले भने। एमालेको अफर अवसरवादी रहेको यादवले बताएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले हाल १७ सिट जितेको छ। यसपटक माओवादी मधेस र सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन। पदाधिकारी बैठकमा माओवादी क...
निर्वाचन परिणामप्रति राष्ट्रिय सभाध्यक्षको टिप्पणी: दलहरूको भविष्यप्रति घण्टी बज्यो

निर्वाचन परिणामप्रति राष्ट्रिय सभाध्यक्षको टिप्पणी: दलहरूको भविष्यप्रति घण्टी बज्यो

राजनीति
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम मुलुकका लागि हितकार नभएको टिप्पणी गरेका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थापित दलहरू माथि नै प्रश्न उठ्ने किसिमको परिणाम मुलुकका लागि हितकार नभएको बताएका हुन्। ठूलो संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू नै बलियो हुनुपर्ने उनले बताए। 'लोकतन्त्रमा दल वा स्वतन्त्र व्यक्ति रोज्न पाउने स्वतन्त्रता छ। तर जे परिणाम आएको छ के त्यो सु:खद छ त? पार्टी होइन स्वतन्त्र, स्वतन्त्र पनि पार्टी भएको छ एउटा। तर त्यसमा पार्टीभन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको हो कि? जे परिणाम आएको छ यसले दलहरूको भविष्यप्रति घण्टी बजेको छ,' उनले भने।  सचेत समुदायले दलहरूलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृ...
गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान माओवादीले बोलायो पदाधिकारी बैठक

गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान माओवादीले बोलायो पदाधिकारी बैठक

राजनीति
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान र चुनावको समीक्षाका लागि शनिबार पदाधिकारी बैठक बस्न लागेको सचिव गणेश साहले बताए। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। 'गठबन्धन सरकारमा माओवादीले दाबी गर्ने पदको खाकामा छलफल तथा चुनावी समीक्षा बैठकको प्रमुख एजेण्डा छ,' साहले भने। २०७४ सालको  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले यसपटक १७ सिट जितेको छ।   प्रतिनिधिसभा निर्वाचनमा माओवादी मधेस प्रदेश सुदूरपश्चिम पश्चिम प्रदेशमा कुनै सिट जित्न सकेन। बैठकमा चुनावी हारका कारणबारे पनि छलफल हुने साहले जानकारी दिए।   ...
हर्क साम्पाङले भने- बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरू एक हुनुपर्छ

हर्क साम्पाङले भने- बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरू एक हुनुपर्छ

राजनीति
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर शाहविरूद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन् -'कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !' पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन्। ...
माओवादी पदाधिकारी बैठक बस्दै : चुनावको समीक्षा र सरकार गठनबारे छलफल हुने

माओवादी पदाधिकारी बैठक बस्दै : चुनावको समीक्षा र सरकार गठनबारे छलफल हुने

राजनीति
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठक बस्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक बस्न लागेको पदाधिकारीको बैठकमा दुई एजेन्डा तय गरिएको बताइएको छ ।  उपमहासचिव हरिबोल गजुरेलले निर्वाचन समीक्षा र सरकार गठनका बारेमा छलफल गर्न पदाधिकारीको बैठक बस्न लागेको जानकारी दिए । कांग्रेससहित पाँच दल मिलेर प्रतिनिधिसभा निर्वाचनमा गएको अवस्थामा पार्टी र गठबन्धनलाई प्राप्त परिणाम र आगामी दिनमा कसरी जाने भन्नेबारेमा छलफल हुने उनको भनाइ थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव तथा पार्टी केन्द्रीय सदस्य रमेश मल्लले चुनावको प्रारम्भिक समीक्षा र आगामी रणनीतिबारे छलफल हुने बताए । अध्यक्ष दाहालले आगामी रणनीतिबारे पदाधिकारीबाट सुझाव लिनका लागि बैठक बोलाइएको मल्लले जानकारी दिए । माओवादीले शनिबार दिउँसो ३ बजे पार्टी केन्द्र...