२०८१ बैशाख १९

संसद् सचिवालय प्रभावमा परेर ‘क्लिन चिट’ दिने काम भयो : कांग्रेस 




काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संघीय संसद् सचिवालयले निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई ‘क्लिन चिट’ दिने कार्य तर्कसँगत नभएको बताएको छ ।



Advertisement



पार्टी केन्द्रीय सदस्य तथा महाअभियोग सिफारिस समितिका सदस्यसमेत रहेका नेता मीन विश्वकर्माले सचिवालयका महासचिव डा. भरतराज गौतम कसैको प्रलोभनमा परेर ‘क्लिन चिट’ दिने पत्र पठाएको प्रतिक्रिया दिए ।
 
“यतिवेला आएर क्लिन चिट दिने कार्य तर्कसंगत देखिएन । महाअभियोग प्रस्ताव के कारणले निष्क्रिय भयो र त्यसको आधार के हो ? पुरानो छैन नयाँ संसद् आयो भनेर हो भने पनि त्यो तर्कसँग भएन,” उनले भने, “यो सड्यन्त्र हो । सभामुख हुनुहुन्न । संसद् सचिवालयका महासचिव कतैबाट परिचालीत हुनुभयो । यसमा हाम्रो आपत्ति छ ।”



संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पत्र पठाएर जबरालाई सर्वोच्च छिर्ने बाटो खुला गरिदिएका थिए । 

राणाविरुद्ध फागुन १ गते सत्ता गठबन्धनले महाअभियोग संसद् सचिवालयमा दर्ता गराएको थियो ।

Copy link
Powered by Social Snap