२०८२ चैत्र १५

राजनीति

पोलियोविरुद्ध खोपको ‘क्लिनिकल ट्रायल’लाई अनुमति, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

पोलियोविरुद्ध खोपको ‘क्लिनिकल ट्रायल’लाई अनुमति, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले पोलियोभाइरसविरुद्धको खोपको ‘क्लिनिकल ट्रायललाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यही मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधबार उक्त बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय शिक्षा क्षेत्र अयोजनाका लागि फिनल्यान्ड सरकराबाट प्राप्त हुने १९ मिलियन युरो र विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने १९५ नर्भेजियन क्रोनर अनुदान सहायता स्वीकार गर्नेलगायत निर्णय भएको जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णयहरू पढ्नोस्–– यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिने । साथै, निर्वाचनलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भुमिका खेल्ने सम्पूर्ण मतदाता, राजन...
चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिन बारको धर्ना

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिन बारको धर्ना

राजनीति
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना दिएको छ । बारका पदाधिकारीसहित कानुन व्यवसायी सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् । धर्नामै रहेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, “न्यायालयको रक्षाका लागि हामी गेटमा उभिरहेका छौँ । उभिरहन्छौँ ।” आजै बारको आकस्मिक बैठक बसेर जबराविरुद्ध आन्दोलनका पुरानै कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको उनले जानकारी दिए । ...
सञ्चारमन्त्री भन्छन्– चोलेन्द्रविरुद्वको महाअभियोग प्रस्तावमाथि अबको संसद्मा छलफल हुन्छ

सञ्चारमन्त्री भन्छन्– चोलेन्द्रविरुद्वको महाअभियोग प्रस्तावमाथि अबको संसद्मा छलफल हुन्छ

राजनीति
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल जीवितै रहेको बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री कार्कीले अबको प्रतिनिधिसभामा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने बताए । “प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेस भएको छ । त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो । त्यो विषय जीवितै छ,’ उनले बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा भने, ‘यो महाअभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ ।” बुधबारै संघीय संस...
लाज पचाउन नसकेर ढिला गरी ‘क्लिन चिट’ आयो : एमाले

लाज पचाउन नसकेर ढिला गरी ‘क्लिन चिट’ आयो : एमाले

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संघीय संसद् सचिवालयले ‘क्लिन चिट’ को स्वागत गरेको छ । जबराविरुद्धको महाअभियोग सिफारिस समिति सदस्य समेत रहेका एमाले नेता लालबाबु पण्डितले गएको संसद्को कार्यकाल अन्त्य भएकै समयमा उनले क्लिन चिट पाउनुपर्ने भए पनि अहिले ढिला गरी निर्णय लिइएको उल्लेख गरे । “हामी महाअभियोग प्रस्ताव समितिले गर्न नसकेको काम अहिले भएको छ । गएको संसद् अन्त्य भएसँगै उहाँसँग सर्वोच्च जान पाउने अधिकार रहन्थ्यो,” उनले भने, “सरकार र संसद् सचिवालयले बेलैमा चिठी दिनुपर्थ्यो ।” जबराको कार्यकाल सकिन पाँच दिन बाँकी रहँदा क्लिन चिट दिनुले सरकारको जालझेल पनि सफल हुन नसकेको टिप्पणी उनले गरे । “यतिकै उहाँलाई क्लिन चिट नदिई बिदाइ गर्ने सरकारको उद्देश्य थियो । तर, पाँच दिन समय रहँदा क्लिन चिट दिनु भनेको यति समय जालझेल गरेर रोक्न...
प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्क्रिय भएपछि फुल कोर्ट बैठकमा छलफल

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्क्रिय भएपछि फुल कोर्ट बैठकमा छलफल

राजनीति
काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग निष्क्रिय भएको परिस्थितिबारे छलफल भइरहेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनीलको निधन भएपश्चात् बसेको फुल कोर्ट बैठकमा प्रधानन्यायाधीश जबराले ‘क्लिन चिट’ पाएपछि विकसित परिस्थितिबारे पनि छलफल भइरहेको हो । संघीय संसद् सचिवालयले जबरालाई ‘क्लिन चिट’ दिएसँगै जबरा बुधबारनै सर्वोच्च अदालत जाँदैछन् । गत वर्ष फागुन १ गते उनीविरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो । ...
संसद् सचिवालय प्रभावमा परेर ‘क्लिन चिट’ दिने काम भयो : कांग्रेस

संसद् सचिवालय प्रभावमा परेर ‘क्लिन चिट’ दिने काम भयो : कांग्रेस

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संघीय संसद् सचिवालयले निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई ‘क्लिन चिट’ दिने कार्य तर्कसँगत नभएको बताएको छ । पार्टी केन्द्रीय सदस्य तथा महाअभियोग सिफारिस समितिका सदस्यसमेत रहेका नेता मीन विश्वकर्माले सचिवालयका महासचिव डा. भरतराज गौतम कसैको प्रलोभनमा परेर ‘क्लिन चिट’ दिने पत्र पठाएको प्रतिक्रिया दिए । “यतिवेला आएर क्लिन चिट दिने कार्य तर्कसंगत देखिएन । महाअभियोग प्रस्ताव के कारणले निष्क्रिय भयो र त्यसको आधार के हो ? पुरानो छैन नयाँ संसद् आयो भनेर हो भने पनि त्यो तर्कसँग भएन,” उनले भने, “यो सड्यन्त्र हो । सभामुख हुनुहुन्न । संसद् सचिवालयका महासचिव कतैबाट परिचालीत हुनुभयो । यसमा हाम्रो आपत्ति छ ।” संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, सर्...
जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौँ : विश्वप्रकाश शर्मा

जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौँ : विश्वप्रकाश शर्मा

राजनीति
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्मा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभएर परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्र मात्रै भएको स्पष्ट पारे । “प्रतिस्पर्धीलाई भन्दा १४/१५ हजार मतदिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्नँ,“ उनले भने, “तपाईंहरुको यो विश्वासले थप आत्मविश्वास बढेको छ ।“ उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नुपर्ने पक्षमा रहेको बताएका शर्माले केही दिनअघि आफू काठमाडौं पुगेर त्यसको पेश्की भूमिका निर्वाह गरेको उल्लेख गरे ।  “लोपोन्मुख तथा अल्पसंख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आआफ्नो स्थानबाट योगदान गरिरहनु भ...
रूपन्देही–२ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार पौडेल सर्वोच्चमा

रूपन्देही–२ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार पौडेल सर्वोच्चमा

राजनीति
काठमाडौं । रूपन्देही–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचन पुन: गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका गणेश पौडेलले पुन: निर्वाचनको माग गर्दै मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । रिट निवेदनमा रूपन्देही–२ को निर्वाचन अधिकृतको कार्यालयले एमालेका उमेदवार विष्णु पौडेललाई अनियमित रूपमा निर्वाचित भएको घोषणा गरेको दाबी गरिएको छ ।  उनी एमाले उपाध्यक्ष पौडेलसँग १,३७० मतले पराजित भएका थिए । पौडेलले २७ हजार १६५ मत ल्याएका थिए । दोस्रो बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७९५ मत ल्याएका थिए ।  ...
प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

राजनीति
डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलार्य बुझाएका छन् । डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार आज देउवाले आफ्नो चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका हुन् ।  देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् । प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।  मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवारहरू निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उमेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।  ...
मनाङे भन्छन्– पदको लोभ छैन, एकीकृत समाजवादी छाडे राजनीति छाड्छु

मनाङे भन्छन्– पदको लोभ छैन, एकीकृत समाजवादी छाडे राजनीति छाड्छु

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (मनाङे) ले आफू पदका लागि पार्टी प्रवेश नगरेको बताएका छन् । मंगलबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गुरुङले आफू जनताको सेवाका लागि पार्टी प्रवेश गरेको भन्दै पदको कुनै लोभ नभएको बताए । अब एकीकृत समाजवादी छाडेको खण्डमा आफूले राजनीति नै नगर्ने उनको भनाइ छ ।  गुरुङले यसअघि आफ्नै कारणले गठबन्धनले सरकार बनाउन सकेको भन्दै ठूला ठूला मन्त्रालयहरूको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको धारणा राखे ।  गुरुङलाई पार्टी कार्यालयमा समाजवादीका महासचिव बेदुराम भुसाल लगाएतले स्वागत गरेका थिए । गुरुङलाई स्वागत गर्दै भुसालले विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु उचित नभएको बताए । ...