२०८२ पुष ११

राजनीति

सरकार गठनबारे सञ्चारमन्त्री भन्छन्– केही दिन पर्खनुस् न !

सरकार गठनबारे सञ्चारमन्त्री भन्छन्– केही दिन पर्खनुस् न !

राजनीति
काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समानुपातिक मत परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठनबन्धनको बैठकपछि उनले सरकार गठनका विषयमा केही दिन पर्खन आग्रह गरे ।   “जनअपेक्षा अनुसार केही दिनमा हामी अघि बढ्छौँ । सरकारको विषयमा केही दिन पर्खनोस् सबै स्पष्ट हुन्छ,” उनले भने, “समानुपातिक मत परिणाम आइसकेपछि प्रक्रिया अघि बढ्छ ।” सञ्चारकर्मीहरूले आज बैठकअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डलाई फकाउन खुमलटार पुग्नुभएको हो ?' भन्ने प्रश्नमा उनले आफू बधाई दिन मात्रै पुगेको बताए ।  “म बधाई दिन गएको हो । माधव नेपालजीलाई पनि भेटेर बधाई दिएको छु । अरू कुरा होइन,” उनले भने । ...
सत्ता गठबन्धनले निरन्तरता पाउने, निर्वाचनको नतिजा अपेक्षाकृत नआएको निष्कर्ष

सत्ता गठबन्धनले निरन्तरता पाउने, निर्वाचनको नतिजा अपेक्षाकृत नआएको निष्कर्ष

राजनीति
काठमाडौं । सत्ता गठबन्धनले निर्वाचन नतिजा अपेक्षाकृत नआएको निष्कर्ष निकालेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी परिणाम अपेक्षाकृत नभएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।  बैठकले आगामी दिनमा अझै गठबन्धनलाई अझै शसक्त बनाएर लैजाने निर्णय पनि गरेको छ ।  बैठकपछि कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका सामु विद्यमान चुनौतीको सामाना गर्नुपर्ने आवश्यकताले पनि गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको बताए ।  उनले निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएकाले असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने निर्णय भएको कार्कीले बताए । बैठकपछि गठबन्धनका ...
लुम्बिनी प्रदेश : स्थायी संरचना नबनेकोले राजधानी दाङ नसार्न कांग्रेसकाे माग

लुम्बिनी प्रदेश : स्थायी संरचना नबनेकोले राजधानी दाङ नसार्न कांग्रेसकाे माग

राजनीति
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । कामचलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी सार्न हतार नगर्न माग गरेको हो । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापनपत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनेको हो । पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन कांग्रेसले आग्रह गरेको छ । ज्ञापनपत्रमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ...
गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : माओवादी

गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : माओवादी

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ । पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए । “अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको छ,” बैठकपछि उनले भने, “निर्वाचनमा थोरै यताउता भयो होला । यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । हाम्रा आफ्नै कमी कमजोरी र सीमा पनि रहे होलान् । आगामी दिनमा सुधार गर्दै गएर पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने छ । निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी भएको छ ।” उनले पार्टीले पहिले गठबन्धनमै छलफल गर्ने र त्यसको विकल्प खोज्ने विषयमा कुरै नगरेको बताए । उनका अनुसार सोमबार नै गठबन्धनको बैठक बोलाइएको छ ।  “सरकार गठनको बारेमा विषय प्रवेश भएको छैन,” उनले भने, “त्यसो भएको हुनाले ...
प्रचण्ड ‘मुभ’ : सुरुमै प्रधानमन्त्री !

प्रचण्ड ‘मुभ’ : सुरुमै प्रधानमन्त्री !

राजनीति
काठमाडौं । मंसिर ४ गते भएको मतदानको एउटा निर्वाचन क्षेत्रबाहेकका स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम आउने क्रम सुरु भएपछि सरकार निर्माणको गृहकार्य पनि त्यसैगरी भइरहेको छ । सरकार गठनका लागि विशेष गरेर अहिलेकै सत्ता गठबन्धनभित्र व्यापक छलफल भइरहेको छ भने एमाले पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको छ । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गगन थापा र शेखर कोइरालाले प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन् । रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाको पनि मसिनो स्वर सार्वजनिक भएको छ । एमालेले यसअघि नै  अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वमै सरकार बनाउने निर्णय गरेको थियो ।  माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीमा दाबी छ । निर्वाचनलगत्तै प्रचण्डले प्रधानमन्त्रीका लागि सुरुवाती ‘मुभ’ सुरु गरेका छन् । उनले टीकापुर हत्य...
कांग्रेस दौड : संस्थापनइतरबाट शेखर र गगनमध्ये को ?

कांग्रेस दौड : संस्थापनइतरबाट शेखर र गगनमध्ये को ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्ने कसरत सुरु भएको छ । अहिलेको निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । कांग्रेसको संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई नै संसदीय दलको नेता बनाउने गृहकार्य थालेको छ । देउवा नै नयाँ प्रधानमन्त्री हुने गरी तयारी गरिएको हो । प्रधानमन्त्री देउवाले कांग्रेसबाट नवनिर्वाचित सांसदहरूलाई नयाँ सरकारमा अवसर दिने आश्वासन बाँडिरहेका छन् । उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूसँगको संवादका लागि उपसभापति पूर्णबहादुर खड्कालाई खटाएका छन् । तर, संस्थापनइतर पक्ष देउवा अब ‘फेज आउट’ नेता भएको भन्दै संसदीय दलमा उनी हार्ने विश्लेषणसहित तयारीमा जुटेको छ । आफ्नो तर्फबाट एकल उमेदवार चयनमा भने संस्थापनइतर सफल भएको छैन । जितेका सांसदहरू काठमाडौं नआइसकेकाले सामूहिक बैठक र छलफल गर्न नपाएको संस्थापनइतर पक्षले जनाएको छ । योब...
लुम्बिनीको राजधानी बुटवलबाट नसार्न निर्वाचित चार प्रदेशसभा सदस्यको आग्रह

लुम्बिनीको राजधानी बुटवलबाट नसार्न निर्वाचित चार प्रदेशसभा सदस्यको आग्रह

राजनीति
बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित चार प्रदेशसभा सदस्यले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न खोजिएको प्रति आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् । प्रदेशसभाबाट लुम्बिनीको स्थायी राजधानी दाङ कायम भइसकेको छ । त्यहाँ भौतिक संरचना निर्माण गरी राजधानी स्थापित गर्ने निर्णय गरिएको थियो । अहिले कुनै संरचना नबनाई बुटवलबाट राजधानी सार्न लागिएको विज्ञप्तिमा उल्लेख छ । सो विषय केही दिनमै गठन हुने प्रदेशसभा र प्रदेश सरकारले टुंगो लगाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । ...
श्रम तथा रोजगारमन्त्री कुवँर भन्छन्– स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ

श्रम तथा रोजगारमन्त्री कुवँर भन्छन्– स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ

राजनीति
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । आइतबार नेपाल एफएम नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताए । उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरूको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसाय खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए । मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरूमा काम गर्ने नेपाली मजदुरहरू भन्दा विदेशीहरू बढिरहेको भन्दै नेपाली श्रमीकलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए । उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति...
जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्छ : सीके राउत

जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्छ : सीके राउत

राजनीति
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनतासँग गरिएका प्रतिबद्धता इमानदारिताका साथ पूरा गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको उल्लेख गरे । निर्वाचनमा पाएको साथ र समर्थन काम गर्दा अझै बढी आवश्यक पर्ने उनले बताए । राउतले आफूहरूले काम गर्न नसके देश र जनता निराशामा जाने भन्दै पाएको जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्ने धारणा राखे । उनले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरे । उनी योपटक सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ...
माओवादी निरन्तर सत्तामा रहँदा जनमत घट्यो: मातृका यादव

माओवादी निरन्तर सत्तामा रहँदा जनमत घट्यो: मातृका यादव

राजनीति
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निरन्तर सत्तामा रहेको कारण चुनावी परिणाममा असर परेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले पार्टी निरन्तर सत्तामा रहेका कारण जनमत घटेको बताएका हुन्। नेता यादवले गठबन्धनकोतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने स्थिति रहेको बताएका छन्। 'अहिले पाँच दलीय गठबन्धनकै नेतृत्वमा सरकार बन्ने स्थिति छ। कसैको काँधमा पनि चढ्नुपर्दैन। ओलीको नेतृत्व रहेसम्म एमालेको सहयोग लिनुहुँदैन,' उनले भने। एमालेको अफर अवसरवादी रहेको यादवले बताएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले हाल १७ सिट जितेको छ। यसपटक माओवादी मधेस र सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन। पदाधिकारी बैठकमा माओवादी क...