२०८० चैत्र १६

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिन बारको धर्ना




काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना दिएको छ । बारका पदाधिकारीसहित कानुन व्यवसायी सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् ।



Advertisement



धर्नामै रहेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, “न्यायालयको रक्षाका लागि हामी गेटमा उभिरहेका छौँ । उभिरहन्छौँ ।”



आजै बारको आकस्मिक बैठक बसेर जबराविरुद्ध आन्दोलनका पुरानै कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको उनले जानकारी दिए ।

Copy link
Powered by Social Snap