‘फुल कोर्ट’लाई संसद्का महासचिवको जवाफ– सबै कुरा इजलासलाई नै दिनेछु (पूर्णपाठ)
काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् ।
आइतबार डा. गौतमले ‘जानकारी’ भनेर पठाएको पत्रमा सर्वोच्चको पूर्ण इजलासले उठाएको प्रश्नको भने जवाफ दिइएको छैन ।
पत्रमा संवैधानिक इजलासको अन्तरिम आदेशले पत्र कार्यान्वयन रोकिसकिएको भन्दै कारण देखाऊ आदेशको जवाफसँगै सर्वोच्चको पूर्ण इजलासले सोधेको प्रश्नको पनि जवाफ दिइने उल्लेख छ ।
“श्री सर्वोच्च अदालतको मिति २०७९/०८/२१ पत्र संख्या ०७९/८० च.नं. ६३८ को पत्रमा यस सचिवालयको २०७९/०८/२१ मितिको च.नं. ७ को पत्रमा उल्लेखित विषयका सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयानुसार सोधिएका विषयहरूको सम्बन्धमा संघीय संसद्का महासचिवले मिति २०७९/०८/२१ सर्वोच्च अदालतमा ‘तत्कालीन प्रतिनिधिसभामा २०७८ फागुन १ गते दर्ता, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको तर तत...









