२०८२ चैत्र १४

राजनीति

गण्डकी एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

गण्डकी एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

राजनीति
पोखरा । गण्डकी नेकपा (एमाले) संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । एमाले प्रदेश कमिटीको आइतबारको बैठकले एमाले संगठन विभाग प्रमुख अधिकारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । अधिकारी कास्की १ (क) बाट चुनाव जितेका हुन् । अधिकारीलाई नै एमालेले चुनावमा भावी मुख्यमन्त्रीको रूपमा अगाडि सारेको थियो । प्रदेशसभाको चुनावमा प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरि कुल २२ सिट जितेको एमाले गण्डकीको दोस्रो ठुलो संसदीय दल हो । अधिकारीको एकल उमेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन् । केन्द्रमा नाटकीय रूपमा गठबन्धन फुटेपछि यहाँपनि राप्रपाको सहयोगमा एमाले, माओवादीसहितको सरकार बन्ने सम्भावना छ । ६० सदस्यीय गण्डकीमा सरकार बनाउनका लागि ३१ सांसद चाहिन्छ । एमालेको २२, माओवादी केन्द्रको ८ (प्रत्यक्ष ५ र समानुपातिक ३) तथा समानुपातिकबाट २ सिट पाएको राप्रपा मिलेको खण्डमा ३...
प्रचण्डलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन

प्रचण्डलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सात राजनीतिक दलसहित तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ । नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा १४, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४, जनता समाजवादी पार्टी १२, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहको समर्थन रहेको छ । ...
लुम्बिनीमा गुरूयोजनाविपरीत संरचना बन्न नदिने कोषको निर्णय

लुम्बिनीमा गुरूयोजनाविपरीत संरचना बन्न नदिने कोषको निर्णय

राजनीति
लुम्बिनी विकास कोषले गुरूयोजनामा उल्लेख भएअनुसार बाहेकका संरचना गुरूयोजना क्षेत्रभित्र निर्माण गर्न नदिने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरूयोजना क्षेत्रभित्र बन्न नदिने सैद्धान्तिक निर्णय गरेको हो। बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्त्वपूर्ण जग्गा व्यक्तिगत तथा व्यावसायिक स्वार्थ पूर्तिका लागि प्रयोग नहोस् भनेर यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए। 'बिहार, मन्दिर, गुम्बा र चैत्य निर्माण हुने जग्गामा निर्धारित समयमा सम्पन्न नहुनुका कारण खोजी छिटो सम्पन्न गर्ने वा जग्गा फिर्ता गर्ने गरी नियमित गरिनेछ। सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरूयोजना अन्तिम चरणम...
प्रचण्डले दाबी नछाडेपछि देउवाले भने- तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्

प्रचण्डले दाबी नछाडेपछि देउवाले भने- तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्

राजनीति
सत्ता गठबन्धनको बैठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो दाबी कायमै राखेका छन्। शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी नछोडेका हुन्। सरकार पाँच दलीय गठबन्धनकै नेतृत्वमा बन्दा आफुले स्वभाविक रूपमा प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। 'गठबन्धनको तर्फबाट डेढ वर्ष कांग्रेसले नेतृत्व गरेपछि अब पहिलो कार्यकाल आफूले पाउनुपर्ने कुरा अध्यक्ष प्रचण्डले राख्नुभयो,’ श्रेष्ठले भने। त्यसपछि देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन आफ्नो पार्टी पूर्ण रूपमा तयार नभएको बताए। 'मैले मात्रै भनेर भएन नी। साथीहरूको कुरा पनि सुन्नुपर्‍यो। अहिलेनै तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्। मैले पार्टीभित्र छलफल ...
सञ्चारमन्त्री भन्छन्– धेरै विषयमा गम्भीर छलफल भयो, भोलि निर्णय सुनाउँछौँ

सञ्चारमन्त्री भन्छन्– धेरै विषयमा गम्भीर छलफल भयो, भोलि निर्णय सुनाउँछौँ

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक नयाँ सरकार गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्षबिना नै सकिएको हो । बैठकपछि सञ्चारकर्मीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्ने बारेमा आइतबार बैठक बसेर टुंगो लगाइने जानकारी दिए । प्रधानमन्त्री को पहिला हुने भन्ने विषय गौण भएको भन्दै उनले मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढाउनुपर्ने कुरा ठूलो रहेको बताए । उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने जिकिर गरे । “जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अ...
गण्डकी प्रदेश : कांग्रेस संसदीय दलको चुनाव बुधबार, एमालेले आइतबार नै नेता छान्ने

गण्डकी प्रदेश : कांग्रेस संसदीय दलको चुनाव बुधबार, एमालेले आइतबार नै नेता छान्ने

राजनीति
पोखरा । मुख्यमन्त्रीमा दाबी गरिरहेको गण्डकी कांग्रेसले बुधबार संसदीय दलको चुनाव गर्ने भएको छ । गण्डकीको मुख्यमन्त्री कसको भागबण्डामा पर्छ भन्ने टुंगो नलागे पनि ठूलो दलको हिसाबले कांग्रेसले दाबी गरिरहेको छ । मुख्यमन्त्री बन्नको लागि संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण यहाँको कांग्रेस संसदीय दलमा चारजनाले आकांक्षा राखेका छन् । संस्थापन पक्षबाट संसदीय दलको नेतामा कास्की २ (ख)बाट चुनाव जितेका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापा, राष्ट्रियसभामा कांग्रेसको संसदीय दल नेता भइसकेका गोरखाका सुरेन्द्रराज पाण्डे आकांक्षी छन् । पाण्डे गोरखा २ (ख)बाट चुनाव जितेका हुन् । इतर समूहबाट भने नवलपुर १ (क)बाट चुनाव जितेका महेन्द्रध्वज जीसी र स्याङजा २ (क)बाट चुनाव जितेका भोजराज अर्यालले दाबी गरिरहेका छन् । चारजनाले संसदीय दलको नेतामा दाबी गरिरहे पनि दलको नेता को बन्छ भन्ने चाह...
गठबन्धनका शीर्ष नेताको बैठक जारी

गठबन्धनका शीर्ष नेताको बैठक जारी

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एक नेताले जानकारी दिए । बैठकमा सरकार गठनलगायत महत्त्वपूर्ण पदहरूमा भागबन्डाका विषयमा छलफल हुने ती नेताले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको समयसीमा भोलि सकिँदै छ । गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताले नयाँ सरकारको नेतृत्व आफैँले पाउनुपर्ने दाबी गरिरहेका छन् । कांग्रेस नेतृत्व विभिन्न विकल्पमा छलफल गर्न समेत लचिलो बनेको बताइएको छ । ...
स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : देउवा

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उनले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारको सधैँ नै साथ र सहयोग रहने बताए । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अभियान गोदावरी नगरपालिकाबाट सुरु गर्न पाएकामा खुसी व्यक्त गरे । उनले अभियान एक पवित्र र सन्तनेता भट्टराईको आश्रमबाट सुरु भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने बताए । प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । ...
सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

राजनीति
९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो । कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् । कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् । सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेक...
कांग्रेस वाग्मती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हुने

कांग्रेस वाग्मती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हुने

राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताको निर्वाचन पुस १३ गते हुने भएको छ । प्रदेश कार्य समितिले गठन गरेको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन पुस १२ गते दिउँसो १ बजे गरिने छ । नामावलीउपर दाबी विरोध सोही दिन २ बजे देखि ३ बजेसम्म हुनेछ । दाबी विरोधउपर जाँचबुझ गरी अन्तिम नामावली सोही दिन अपराह्न ४ बजे प्रकाशित गरिने समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिएका छन् । उनका अनुसार पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उमेदवारहरूको मनोनयन दर्ताको समय तोकिएको छ। उमेदवारको मनोनयनउपर उजुरी गर्न सोही दिन ११ बजेदेखि ११ः३० सम्मको समय तोकिएको छ । दाबी विरोधउपर जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन मध्याह्न १२ बजे गरिने छ । सोही दिन मध्याह्न १२ः३० देखि १ः३० सम्मको समय उमेदवा...