२०८२ पुष १०

राजनीति

बुद्धिजीवीलाई शेखर कोइरालाको आग्रह– हामी बाटो बिराउन सक्छौँ, खबरदारी गर्नू

बुद्धिजीवीलाई शेखर कोइरालाको आग्रह– हामी बाटो बिराउन सक्छौँ, खबरदारी गर्नू

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दल र नेताहरूलाई बुद्धिजीवीहरूले खबरदारी गरिरहनुपर्ने बताएका छन ।  पर्यटनविज्ञ आदित्य बरालले लेखेको पुस्तक विमोचनम कार्यक्रममा डा. कोइरालाले नेताहरूले बाटो बिराउन सक्ने भन्दै कुनै न कुनै रूपमा खबदारी गर्न आग्रह गरेका हुन् ।  “हामीबाट कहीँकतै गल्ती हुन सक्छ, नेताहरूले बाटो बिराउन सक्छन्, त्यसमा बुद्धिजीवीहरूले सधैँ सचेत गराइरहनुपर्ने आवश्यकता छ,” कोइरालाले भने ।  मुलुकमा चुनौतीका चाङ रहेको भन्दै कोइरालाले देश अहिले पनि कठिन मोडमै रहेको बताए। ...
राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको भेट

राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको भेट

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटघाट भएको छ । आज राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरूबीच शिष्टाचार भेटघाट भएको हो ।  भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा बधाई दिएका थिए । उनीहरूबीच समसामयिक विषय र दुई पक्षीय सम्बन्धबारे पनि कुराकानी भएको राप्रपाले जनाएको छ । ...
झलनाथ खनालसहितले पुनः मतदान माग गर्दै परेका रिटमा कारण देखाऊ आदेश

झलनाथ खनालसहितले पुनः मतदान माग गर्दै परेका रिटमा कारण देखाऊ आदेश

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसहितले पुनः मतदानको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । बुधबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासबाट कारण देखाऊ आदेश जारी भएको हो । खनालले इलाम क्षेत्र नम्बर–१, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले रुपन्देही–२ र नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले बाजुरामा पुनः प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन माग गर्दै रिट दायर गरेका थिए । यस्तै, एमालेका बलदेव रेग्मीले बाजुरा ‘क’मा पुनः प्रदेशसभा सदस्य निर्वाचन गराउन माग गरेका थिए । ...
ओली, प्रचण्ड र खनालको जम्काभेट

ओली, प्रचण्ड र खनालको जम्काभेट

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ । शीतल निवासमा आयोजित प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण समारोहमा नेतात्रय पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित भएका थिए । एमाले अध्यक्ष ओलीको सचिवालयले नेताहरूबीचको भेटको तस्बिर सार्वजनिक गरेको छ । उनीहरूबीच संवाद पनि भएको छ ।  आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबरालाई शपथ खुवाएकी हुन् । ...
प्रचण्ड लिएर माधव नेपाललाई भेट्न पुगे देउवा

प्रचण्ड लिएर माधव नेपाललाई भेट्न पुगे देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । बुधबार उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् । स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष नेपाल सो अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । रुघाखोकीसँगै छातीमा संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । अहिले अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ । देउवा संसदीय दलको नेता निर्वाचित भएसँगै नेपाललाई भेट्न प्रचण्डसहित अस्पताल पुगेका उनको सचिवालयले जनाएको छ । ...
जबराले लिए सांसदको शपथ

जबराले लिए सांसदको शपथ

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणालाई शपथ गराएकी हुन् । राणाले बिहीबार प्रतिनिधिसभाका अरू नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय छ । ...
अस्पताल भर्ना भएका माधव नेपालको अवस्था कस्तो छ ?

अस्पताल भर्ना भएका माधव नेपालको अवस्था कस्तो छ ?

राजनीति
काठमाडौं । छातीमा संक्रमण देखिएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।  रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उनी मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । उनलाई छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोलीले निगरानी गरिरहेका अस्पतालले जनाएको छ । नेपालको स्वास्थ्य अवस्था अहिले सामान्य छ । संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई अस्पतालमा सबैखाले भेटघाट बन्द गरिएको छ ।  ...
एमाले सरकारमा जाने पक्षमा छैन : ओली

एमाले सरकारमा जाने पक्षमा छैन : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको बताएका छन् । एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।  सत्तारूढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै उनले एमाले त्यसविरुद्धमा रहेको बताए । “एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै छैन,” ओलीले भने, “देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागि परेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको हो ।”  ...
राजनीति आयुले होइन, आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

राजनीति आयुले होइन, आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताएका छन् ।  मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले राजनीति आयुको सिद्धान्तबाट नभएर आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए ।  महतले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको बताए । उनले देशले खोजेको नेतृत्व कांग्रेसले प्रस्तुत गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताए । उनले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको बताए । “परिपक्व नेतृत्वको आवश्यक्ता छ । देशले खोजेको नेतृत्व हामीले प्रस्तुत गर्ने हो,” उनले भने, “कांग्रेसको मात्रै बहुमत छै...
स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान

स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् ।  स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उनलाई माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ र सरल भाटलगायत विमानस्थल पुगेका थिए ।  वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो ।  ...