२०८१ जेष्ठ ६

पुरानो घेरा तोडेर काम गर्न प्रधानमन्त्रीलाई आग्रह 





काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरानो घेरा तोडेर काम गर्न सांसद राजेन्द्र बजगाइँले आग्रह गरेका छन् ।

उनले आज प्रधानमन्त्री कार्यालयमा भेट गरेर यस्तो आग्रह गरेका हुन् ।


Advertisement


“प्रधानमन्त्री भइसकेपछि पोलिसीमा खेल्ने व्यापारीहरु फेरि हावी हुन सक्छन्,” उनको भनाई थियो, “पुरानो घेरा तोडेर नयाँ बनाउनुहोला ।”

बजगाइँले उत्तर दक्षिण ३२ चक्के लरी चल्ने पाँचवटा सडक निर्माण गरिनुपर्ने, दुई घण्टामा वीरगन्ज पुग्ने सडक बनाउन पहल गर्न पनि आग्रह गरेका थिए ।



बजगाइँले २०४८ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अमेरिकाबाट ८ जना विज्ञ आमन्त्रण गरेर रोड कम्स फस्ट अवधारणा र निजीकरण अघि बढाएको प्रसँग उठाउँदै अहिले फेरि त्यस्तै निर्णयको आवश्यकता रहेको बताएका थिए ।
 

Copy link
Powered by Social Snap