२०८२ चैत्र १२

राजनीति

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

राजनीति
२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक सरकारमा आफ्नो पार्टी माओवादी केन्द्रबाट नयाँ सांसदलाई अवसर दिने मनस्थितिमा छन् । उनले पार्टीका पदाधिकारी र आकांक्षी नेताहरूलाई समेत युवा र सक्षम व्यक्तिलाई सरकारमा लैजाने बताइरहेका छन् । माओवादी केन्द्रमा अब थपिने मन्त्रीको सूचीमा पार्टीका युवा सांसदहरू सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, हितबहादुर तामाङको चर्चा भइरहेको छ । यससँगै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव पनि उक्त सूचीमा छन् । नेसपासँग पार्टी एकताको विषय अघि बढेसँगै यादवलाई मन्त्री बनाउन उक्त पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले दौडधुप थालेका छन् । त्यसका लागि भट्टराईले सत्ता गठबन्धन दलका सबै शीर्ष नेताहरूलाई भेटेर मनाउने प्रयास गरिसकेका छन् । यसै विषयमा छलफल गर्न भट्टराई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओल...
इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

देश, राजनीति
२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताए । ...
न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरु समेट्छौं : गृहमन्त्री लामिछाने

न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरु समेट्छौं : गृहमन्त्री लामिछाने

राजनीति
२१ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुन्छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जस्तो जनमत आएको छ, त्यस्तो सरकार बनेको बताए । उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’ न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने उनले बताए । गृहमन्त्री लामिछानले भने, ‘विचार सिद्धान्तभन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा त्यस्ता विषय राख्छौं, जसले नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ ।’ आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पा...
अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

राजनीति
२१ पुस, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए । ...
लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

राजनीति
२१ पुस, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि पर्याप्त वहुमत अर्थात ५२ सांसद छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन् । यहाँ नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४ –४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३,रा...
मन्त्रालय फुटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन- गृहमन्त्री लामिछाने

मन्त्रालय फुटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन- गृहमन्त्री लामिछाने

राजनीति
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताएका छन्। बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताएका हुन्। ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने। यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उनले बताए। 'बिहीबार यसको मस्यौदा तयार गरी शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ', उनले भने। मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम/कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको उनले बताए। यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ। उनले बैठकमा समसामयिक राजनीति र राहदानी विभागको सिस्टम डाउनबारे पनि छलफल भएको गृहमन्त्री लामिछानेले ...
तुलसीपुर–घोराही सडकखण्ड आयोजना रद्द गर्न माग 

तुलसीपुर–घोराही सडकखण्ड आयोजना रद्द गर्न माग 

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङमा उम्मेदवार बनाइएका दुई जनाले बुधबार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर तुलसीपुर–घोराही चार लेन सडकखण्ड आयोजना रद्द गर्न माग गरेका छन्। दाङको निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदी र २ का उम्मेदवार विशाल अधिकारीले मन्त्री श्रेष्ठलाई भेटेर निर्माण पूरा भई सक्नुपर्ने समयसम्म जम्मा दश प्रतिशतमात्रै भौतिक प्रगति भएको हुँदा सम्झौता रद्द गर्न माग गरेका हुन्। उक्त सडक खण्ड २०७५ माग १४ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार २०७७ वैशाख २९ गते काम पूरा भई सक्नुपर्ने थियो। सडक विस्तारको काम भारतको तथ्य इञ्जिनियरिङ एण्ड इन्फा प्रोजेक्ट प्रालिले लिएको थियो। यो बीचमा सात वटा पेटी ठेकेदार परिवर्तन भइसकेको छन् भने तीन पटक म्याद थप भइसकेको छ। तर, सडकको अवस्था जस्ताको तस्तै छ। आयोजना...
बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

राजनीति
बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ। यसैगरी, उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। यसैगरी, सोही दिनको अपरान्ह ४ बजेभित्र सभामुख र उपसभामुख पदको उम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सच...
रोजनाथ पाण्डे संसदको सचिवमा बढुवा

रोजनाथ पाण्डे संसदको सचिवमा बढुवा

राजनीति
संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेको सचिवमा बढुवा भएको छ। बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। पाण्डे सचिवालयका प्रवक्तासमेत थिए। ध्रुव घिमिरेले राजीनामा दिएपछि संसद सचिवालयमा एउटा सचिव रिक्त थियो। उनले बिहीबार सचिवको जिम्मेवारी सम्हाल्ने छन्। ...
अवैधानिक क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

अवैधानिक क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

राजनीति
गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र गरेको छ। बुधबार सबै प्रशासन कार्यालयलाई परिपत्र गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रचलित कानुन विपरित ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना गर्न भनिएको छ। यस्तै अदालतबाट जारी भएको आदेश समेतको कार्यान्वयन आवश्यक देखिएको भन्दै गृहले सबै प्रशासनलाई परिपत्र गरेको हो। कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न पनि प्रशासनलाई निर्देशन दिएको हो। आयोजनाको समायवधि समाप्त भएपछि पनि उत्खनन् गरिरहेको भएमा छानविन गरी तत्काल बन्द गर्न भनिएको छ। ...