एकीकृत समाजवादीले ४ दिन छलफल गर्यो, सरकारलाई समर्थन गर्ने/नगर्ने अझै अनिर्णीत
माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो गरी लगातार ४ दिन बैठक गर्दा पनि नयाँ सरकारप्रति पार्टीको धारणा के हो निर्णयमा पुग्न सकेको छैन।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा छ।
शनिबार र आइतबार स्थायी कमिटी बैठक, सोमबार र मंगलबार पोलिटब्यूरो बैठक गरे पनि एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे कुनै ठोस निर्णय गर्न सकेन।
यो विषय अब सचिवालय बैठकमा छलफल गरी निर्णय गरिने भएको छ।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न माग गरेका थिए।
एकीकृत समाजवादीले भने सरकारले समर्थनका लागि औपचारिक पत्र नै नपठाएको दाबी गर्दै आएको छ।
एकीकृत समाजवादीभित...









