सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती!
'राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिएँ। कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो', राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भने।
आज राष्ट्रियसभा अन्तर्गतको ‘दीगो विकास तथा सुशासन समिति’को बैठकमा सांसद दाहालले राहदानी, राष्टिय परिचयपत्र लगायतका अत्यावश्यक सेवामा देखिएको नागरिकको अत्यासलाग्दो तस्बिर प्रस्तुत गरे।
उनले भने, 'असाध्यै लामो लाइन व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीसहित पाँच कर्मचारी समेत खटिनु पर्यो, जनप्रतिनिधिकै यस्तो हालत छ भने आम सर्वसाधरणले कति दुःख पाएका होलान्।'
मुलुकभरका कार्यालयमा यही समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ मा विश्वासको मत माग्ने क्रममा प्रतिनिधि सभामा सम्बोधन गर्दै यो समस्या एक वर्षभित्र हल गर्ने प्रतिबद्धता जनाइसकेका छन्।
त्यति ...









