२०८२ पुष ८

राजनीति

पृथ्वी जयन्तीमा विदा दिएकोप्रति जसपाको आपत्ति

पृथ्वी जयन्तीमा विदा दिएकोप्रति जसपाको आपत्ति

राजनीति
जनता समाजवादी पार्टी (जसपा) ले पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ। जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पृथ्वी जयन्तीका नाममा दिइएको विदाप्रति आफूहरूको फरक मत रहेको बताए। ‘सरकारले पुस २७ गते विदा दिने निर्णय जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनको मर्मविपरीत छ,’ यादवले भने,‘विदालाई न्यूनतम साझा कार्यक्रमको अंगको रूपमा मान्नु हुँदैन।’ पुस २७ गते विदा दिने निर्णय भएमा मात्रै सरकारलाई विश्वासको मत दिने राप्रपाले शर्त राखेको थियो। राप्रपाकै दबाबका कारण सरकारले विदा दिने निर्णय गरेको हो। ...
बागमती प्रदेशका मुख्यमन्त्रीसँगै २ मन्त्रीले लिए शपथ

बागमती प्रदेशका मुख्यमन्त्रीसँगै २ मन्त्रीले लिए शपथ

राजनीति
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै दुई मन्त्रीले शपथ लिएका छन्। मंगलबार जम्कट्टेलसँगै एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना र राप्रपाका उद्धव थापाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन्। मुख्यमन्त्री जम्कट्टेलले ११ मन्त्री बनाउने तयारी गरेका छन्।  ...
प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ। रास्वपाका एक सांसदका अनुसार विश्वासको मतका लागि आज हुने मतदानमा प्रस्तावका पक्षमा मत दिन ह्वीप जारी भएको हो। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। रास्वपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा गएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अहिले बिहान ११ बजे बस्ने भनिएको संसद बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ। ...
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न कांग्रेस संसदीय दल बैठक बस्दै

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न कांग्रेस संसदीय दल बैठक बस्दै

राजनीति
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बस्नेछ। दल नेता सभापति शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका हुन्। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री दाहालले सोमबार साँझ देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेकोले के गर्ने भन्ने विषयमा आज संसदीय दलमा छलफल गरी निर्णय गर्ने तयारीमा कांग्रेस छ। कांग्रेसभित्र प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने‍ आवाज पनि उठेको छ। उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद प्रदीप पौडेललगायत प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने अडान राखिरहेका छन्। सभापति देउवा पक्ष प्रतिपक्षी भूमिकामा ब...
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। ७ दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दल नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए। केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो। आज विश...
स्ववियु चुनावमा जान नेविसंघको आनाकानी

स्ववियु चुनावमा जान नेविसंघको आनाकानी

राजनीति
२५ पुस, काठमाडौं । सत्ता गठबन्धनको लगाम कांग्रेसबाट फुत्किएपछि त्यसको असर नेपाल विद्यार्थी संघमा परेको छ । माउ पार्टी गठबन्धनविहीन हुँदा नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्य संगठनसँग सहकार्य गर्ने अवसर गुमाएको छ । कांग्रेसको नेता उत्पादन गर्ने ‘कारखाना’ का रुपमा परिचित नेविसंघ गठबन्धन भाँडिएपछि स्ववियु निर्वाचनमा जान हिच्किचाइरहेको छ । माउ पार्टीका कारण नेविसंघ भद्रगोल अवस्थामा छ । नियमित अधिवेशन हुन सकेको छैन । कतिपय क्याम्पसमा समानान्तर समिति छन् । पार्टीभित्रका गुटहरु विद्यार्थी संगठनमा हाबी हुँदा संगठन चलायमान हुन सकेको देखिँदैन । संगठन गतिशील नहुनु तथा सत्ता गठबन्धन टुटेको सीधा असर आसन्न स्ववियू निर्वाचनमा देखिने आकलनले स्ववियू निर्वाचनप्रति संघले रुचि कम देखाएको छ । आत्मबल कमजोर भएकै कारण नेविसंघले शर्त अघि सारेको विश्लेषण हुन थालेको छ । ‘स्व...
<strong>गण्डकीका अर्थमन्त्रीले प्रस्तुत गरे प्रदेशको आर्थिक अवस्था</strong>

गण्डकीका अर्थमन्त्रीले प्रस्तुत गरे प्रदेशको आर्थिक अवस्था

राजनीति
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले राजस्व बढाउनुलाई उपलब्धिको रूपमा व्याख्या गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री बरालले राजस्व वृद्धिले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पुर्‍याउने बताएका हुन् । “यहाँहरूलाई स्मरण नै छ । हाम्रो यो प्रयासलाई विभिन्न रूपमा गलत मनसाय प्रेरित प्रचार पनि भए । यसका बाबजुद हामीले दृढतापूर्वक गरेको पहलकदमीले चालु आवको अन्त्यसम्म प्रदेश सरकारको राजस्वमा तुलनात्मक हिसाबले गुणात्मक वृद्धि हुने निश्चितप्राय छ । जसले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पुर्‍याउने नै छ,” उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । गण्डकीमा आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७, ०७७/०७८ र ०७८/०७९ मा क्रमश: दुई अर्ब ३७ करोड ९८ लाख, दुई अर्ब ४१ करोड ४ लाख, तीन अर्ब २१ करोड २३ लाख, तीन अर्ब ८० करोड ८५ लाख रुपैयाँ आन्...
नागरिक उन्मुक्ति पार्टीले भन्यो- प्रतिपक्षको लहरमा बस्छौं

नागरिक उन्मुक्ति पार्टीले भन्यो- प्रतिपक्षको लहरमा बस्छौं

राजनीति
नागरिक उन्मुक्ति पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक उन्मुक्ति पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको हो। सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जानकारी नागरिक उन्मुक्ति पार्टीले गराएकाले त्यही अनुसारको व्यवस्था गराएको संसद सचिवालयले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूले सरकारलाई विश्वासको मत दिने भए पनि सरकारमा नजाने बताइन्। ‘हामीले रेशम चौधरीको रिहा नभएसम्म सरकारमा नजाने निर्णय गरेका छौं। तर सरकारलाई विश्वासको मत दिन्छौं,’ उनले भनिन्। संसदको पहिलो अधिवेशन सुरू हुनुअघि संसद सचिवालयले राजनीतिक दलहरूलाई सत्तापक्ष र प्रतिपक्षको लहरमा कता बस्ने भनेर सोध्ने गर्छ। त्यही क्रममा सचिवालयले तीन दिनअघि नागरिक उन्मुक्ति पार्टीलाई बस्ने ठाउ...
हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

राजनीति
नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त कार्की झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आइतबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन दिएका थिए। प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब ६० जनाको समर्थनमा कार्कीको दाबी पेश भएको थियो। सोही अनुसार कार्क...
सरकारलाई समर्थन माग गर्दै प्रचण्ड र ओलीबाट प्रस्ताव आएको छैन: महन्थ ठाकुर

सरकारलाई समर्थन माग गर्दै प्रचण्ड र ओलीबाट प्रस्ताव आएको छैन: महन्थ ठाकुर

राजनीति
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समिति बैठकले उक्त अधिकार अध्यक्षलाई दिने निर्णय गरेको हो। अध्यक्ष ठाकुरले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने अहिले नै पार्टीले निर्णय गरिनसकेको बताए। सरकारलाई समर्थन गर्नेबारे आधिकारिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव नआएको बताए।‘सरकारलाई समर्थन गर्न माग गर्दै प्रचण्ड र ओलीबाट हामीलाई कुनै आधिकारिक प्रस्ताव आएको छैन,' उनले भने, 'हामी पुरानै गठबन्धनमा छौं, कांग्रेसले सरकारलाई समर्थन गर्छ कि प्रतिपक्षमा बस्छ हेर्दैछौं। कांग्रेसले पनि हामीसँग केही कुरा गरेको छैन।' उनल...