२०८२ पुष ७

राजनीति

नवनिर्वाचित उपसभामुखको प्रतिक्रिया : पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छु

नवनिर्वाचित उपसभामुखको प्रतिक्रिया : पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छु

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।  उपसभामुखमा निर्वाचित भएलगत्तै उनले विपक्ष दलका सांसदहरुलेसमेत उठाएका इस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताइन् ।  उपसभामुख राना मगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने बताइन् । नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ छ ।  “सम्पूर्ण माननीयज्यूहरुलाई उठाएका इस्यूलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्र्यादित र सुसंस्कृत गर्ने काम हुन्छ,” उनले भनिन्, “उपसभामुखले धेरै काम गर्नुपर्ने...
गृहमन्त्री रवि लामिछानेलाई तीन प्रश्न

गृहमन्त्री रवि लामिछानेलाई तीन प्रश्न

राजनीति
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नतिजा नआउन्जेल प्रश्नहरू आइरहने बताएका छन् । मन्त्रालयको कार्यसम्पादनका विषयमा गरिएको प्रश्नमा उनले रिजल्टका लागि आफूले काम गरिरहेको बताए । शनिबार उपसभामुखको निर्वाचन पछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट बाहिरिने क्रममा उनले कामको सुरुआत गरिसकेको उल्लेख गरे । नतिजा छिट्टै आउने उनको भनाइ थियो । सञ्चारकर्मीले सोधेका तीन प्रश्न–तपाईंको मन्त्रालयको कामका विषयमा प्रश्न उठेको छ नि ?– सुरुवात गरिसकेका छौँ, नतिजा आइहाल्छ । नतिजा नआउन्जेल प्रश्नहरू आइरहन्छ । एक मात्र होइन, अरू पनि छन् । हामीले रिजल्टका लागि काम गरेका छौँ ।  हिजो चार उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको भन्नुहुन्थ्यो, आज तपाईंको पालामा त्यस्तै भयो !– उपप्रधानमन्त्री हटाउने भए मेरोबाट हटाउँदा भयो । राज्यलाइ भार पर्दैन । सांसद लक्ष्मी कोइरीलाई कहिले प...
ओलीलाई जब ‘कांग्रेसले गठबन्धन भत्काउँदै छ रे नि !’ भनियो..

ओलीलाई जब ‘कांग्रेसले गठबन्धन भत्काउँदै छ रे नि !’ भनियो..

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूहरूले सत्तामा सहकार्य गरेको बताएका छन् । शनिबार उपसभामुखको निर्वाचन पछि संसद् भवनबाट बाहिरिने क्रममा उनले आफूहरूले गठबन्धन नगरेको बताए । सत्ता गठबन्धनमा आबद्ध सात दलबीच सहकार्य भएको उनको भनाइ थियो । त्यसक्रममा उनलाई सञ्चारकर्मीले ‘कांग्रेसले गठबन्धन भत्काउँदै छ रे नि !’ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, “हामीले गठबन्धन गरेकै छैन, के भत्काउने ? सहकार्य गरेको हो नि । उपसभामुख चयन भइसक्यो ।” उनले राष्ट्रपति पदको निर्वाचनका लागि पार्टीले राम्रो तयारी गरेको पनि बताए । “राष्ट्रपतिको तयारी राम्रो छ,” उनले भने । ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उमेदवारका पक्षमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । ...
प्रचण्डलाई कांग्रेस प्रवक्ताको प्रश्न : संविधानमाथि खतरा देखियो, पक्षमा उभिने कि नउभिने ?

प्रचण्डलाई कांग्रेस प्रवक्ताको प्रश्न : संविधानमाथि खतरा देखियो, पक्षमा उभिने कि नउभिने ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशशरण महतले संविधानमाथि खतरा उत्पन्न भएको बताएका छन् । उनले संविधानको पक्षमा उभिनुपर्ने बताएका छन् । संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधानको पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गरे ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनका विषयमा दिएको अभिव्यक्तिले फेरि संविधानमाथि खतरा देखिएको उनको भनाइ छ । “संविधानको पक्षमा उभिने कि नउभिने ? प्रचण्डजी गठबन्धन छोडेर जानुभयो । संविधानमाथि खतरा उत्पन्न भएको छ । ओलीजीले संसद् विघटन मुख्य मुद्दा बनाउनुभएको छ,” उनले भने, “त्यसैले हामी जागरुक भएका हौँ ।”उनले आफ्नो स्वार्थको लागि दलहरुले मुन्टो लुकाए परिणाममा फरक पर्ने बताए । भने, “स्वार्थको लागि अन्य दलले मुन्टो लुकाउनुभयो भने परिणाम फरक पार्छ ।”...
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित

उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए । त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो । विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए । नेपाली कांग्रेसका तर्फबाट सांसद मुक्ताकुमारी यादव उपसभामुखको उमेदवार बनेकी थिइन् । रानाको पक्षमा बहुमत पुगेपछि उनको प्रस्तावमा जानु परेन । रास्वपाकी सांसद रानालाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्तिसहित स्वतन्त्र सांसदले साथ दिएका थिए । यादवलाई कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको साथ थियो । उपसभामुख चयन गर्दै शनिबारको प्रतिनिधिसभा बैठक...
उपसभामुखका लागि मतदान सुरु

उपसभामुखका लागि मतदान सुरु

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि मतदान सुरु भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मत विभाजन सुरु गरिएको हो । उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उमेदवार छन् । प्रस्तावको पक्ष/विपक्षमा हस्ताक्षरका लागि नयाँ बानेश्वरस्थित संघीय संसद्मा छुट्टाछुट्टै व्यवस्था गरिएको छ । ...
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय दिइन् । उनले नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राखे । मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य सङ्ख्यामा २५ सदस्यले उनको पक्षमा विश्वासको मत दिएका थिए । जहाँ ३९ प्रदेशसभा सदस्य बैठकमा उपस्थिति थिए । १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।सभामुख गुरुङले मुख्यमन्त्रीले आफूलाई प्रदेशसभामा विश्वास छ भनी राखेको प्रस्तावमा प्रदेशसभामा तत्काल कायम...
प्रदेश १ मा अब ९ मन्त्रालय, मन्त्रीहरूको जिम्मेवारी भने अझै अनिर्णीत

प्रदेश १ मा अब ९ मन्त्रालय, मन्त्रीहरूको जिम्मेवारी भने अझै अनिर्णीत

राजनीति
प्रदेश १ सरकारले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको छ। तर, जिम्मेवारी लिएको र मन्त्रीहरू नियुक्त भएको दुई साता बित्न लाग्दासम्म पनि मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट भने अझै गर्न सकेका छैनन्।  शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले १३ वटा साविकका मन्त्रालय संख्या घटाएर ९ वटा कायम गरेको हो। ९ वटा मन्त्रालयको संरचना पनि बैठकले तोकेको छ। अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी तथा ऊर्जा मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ। अब यसअघि कायम रहेका यातायात...
संसदमा मधेस आन्दोलनका सहिदप्रति अपमान भएको भन्दै कांग्रेस मधेस प्रदेश समितिले जनायो आपत्ति

संसदमा मधेस आन्दोलनका सहिदप्रति अपमान भएको भन्दै कांग्रेस मधेस प्रदेश समितिले जनायो आपत्ति

राजनीति
प्रतिनिधि सभामा मधेस आन्दोलनका सहिदहरूप्रति भएको अपमानको घटनाप्रति नेपाली कांग्रेस मधेस प्रदेश समितिले ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार संघीय संसदमा मधेस बलिदानी दिवसका अवसरमा मधेस आन्दोलनका सहिदहरूको सम्मानका लागि प्रतिनिधिसभा सदस्य सिके राउतले गरेको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका कतिपय सांसदले अवज्ञा गर्नु दुःखद रहेको प्रदेशका सभापति कृष्णप्रसाद यादवले विज्ञप्ति जारी गरी बताएका छन्। ‘..यो घटनाबाट हाम्रा शासकहरू मधेसका सहिदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ। मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हट्टी रवैया मधेस र मधेसी जनताप्रतिको अपमान पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो घटना मधेसीजनविरूद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज हो नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाह...
उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्वीप

उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्वीप

राजनीति
नेपाली कांग्रेसले उपसभामुख पदमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्वीप जारी गरेको छ। मुख्यसचेतक रमेश लेखकले शुक्रबार सूचना निकालेर उपसभामुखमा यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्। शुक्रबार उपसभामुख पदका लागि कांग्रेसबाट सांसद यादवले उम्मेदवारी दिएकी छन्। कांग्रेसले शनिबार हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई आग्रहसमेत गरेको छ। ‘उपसभामुखको निर्वाचन सम्बन्धी प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय...